लागूऔषधसहित तीन जना पक्राउ
तनहुँ प्रहरीले लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । आँबुखैरेनी गाउँपालिका–४ बेनिटारस्थित अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
सुरक्षित नागरिक आवासका लागि गाउँमै सम्झौता
रुकुमपश्चिमको चौरजहारी नगरपालिकाले गाउँमै पुगेर नागरिकको घर बनाउने सम्झौताको थालनी गरेको छ । नगरपालिकाले सञ्चालन गरेको सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत छनौट भएका लाभग्राहीहरुको सहजताका लागि वडामै गएर सम्झौताको सुरुवात गरेको नगरपालिकाले जनाएको छ ।
उपराष्ट्रपति निर्वाचनको मौन अवधि सुरु
यही चैत ३ गते हुने उपराष्ट्रपति निर्वाचनका लागि मौन अवधि सुरु भएको छ । मङ्गलबार राति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि लागू भएको हो ।
सार्क महासचिव नियुक्ति प्रक्रिया सुरु
दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)मा नयाँ महासचिवको नियुक्ति प्रक्रिया सुरु भएको छ। सार्कको नियमअनुसार महासचिवको पालोमा अफगानिस्तान रहे पनि उसको वर्तमान सदस्यताको विषय सर्वस्वीकार्य नभएका कारण नयाँ महासचिव बङ्गलादेशका लागि प्रस्ताव भएको छ।
शाहसहित छ जना थुनामा
विदेशी नागरिकलाई समेत ठगी गरेर नेपालमा रकम ल्याएको अभियोग लागेका पृथ्वीबहादुर शाहसहित छ जनालाई जिल्ला अदालत काठमाडौँले पुर्पक्षका लागि थुनामा पठाएको छ। जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालका अनुसार सोमबार थुनछेक आदेश भएको हो। शाहसहितका अभियुक्तलाई कारागार कार्यालय जगन्नाथदेवल चलान गरिएको दाहालले बताउनुभयो।
बढुवाका लागि उम्मेदवार बन्न पाउनुपर्ने माग
गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालले स्थानीय तहको सेवामा नियुक्त भएका कर्मचारी पनि प्रदेश र सङ्घीय निजामती सेवामा बढुवाका लागि उम्मेदवार बन्न पाउने व्यवस्था गर्न माग गरेको छ। उक्त व्यवस्था सङ्घीय निजामती सेवा ऐनमा नै राख्न महासङ्घले सरकारसमक्ष माग गरेको हो। मङ्गलबार महासङ्घका पदाधिकारीले सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई ज्ञापनपत्र बुझाउँदै सो व्यवस्था ऐनमा राख्न माग गरेका छन्।
उपराष्ट्रपति निर्वाचन : मौन अवधि सुरु
उपराष्ट्रपति निर्वाचनमा उम्मेदवारले प्रचारप्रसार गर्न नपाउने गरी मङ्गलबार मध्यरातिदेखि प्रचारप्रसार निषेध अवधि सुरु भएको छ। यही चैत ३ गते हुने उपराष्ट्रपतिको निर्वाचनभन्दा ४८ घण्टाअघिदेखि लागू हुने गरी सो अवधि सुरु भएको निर्वाचन आयोगले जनाएको छ। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न मतदानको दिन मतदान केन्द्र बन्द नहुञ्जेलसम्म प्रचारप्रसार निषेधको अवधि लागू हुने बताउनुभयो।
राजस्व हिनामिनामा एघार जना भ्रष्टाचारी ठहर
विशेष अदालतले यातायात कार्यालय कोशीका तत्कालीन ११ कर्मचारीलाई राजस्व हिनामिनामा दोषी ठहर गरेको छ । सङ्कलित राजस्व रकम पूरा बैङ्कमा दाखिला नगरी हिनामिना गरेको अभियोगमा विशेषले चार उपसचिव, दुई अधिकृत र पाँच सहायक स्तरका कर्मचारीलाई दोषी ठहर गरेको हो । अदालतले अभियोगपत्रमा प्रतिवादी बनाइएका सबैलाई दोषी ठहर गरेको छ ।
दस वर्षयताकै लामो खडेरी अन्त्य
काठमाडौँ, चैत १ गते । यस वर्षको मनसुनअघिको याम सुरु भएको छ । पूर्वमनसुन भनेर पनि चिनिने यस यामले नेपालमा मनसुन भित्र्याउने वातावरण बनाउँछ । यससँगै नेपालमा परेको १० वर्षयताकै लामो खडेरी अन्त्य भएको छ । यसपालि गत असोजयता फागुनको मध्यमा मात्र वर्षा भएको थियो । त्यसयता वर्षाले केही दिनको अन्तरालमा निरन्तरता दिएको छ । यस वर्ष सुरुवातमै हल्कादेखि मध्यम वर्षा हुन थालेकाले मनसुनका लागि राम्रो सङ्केत गरेको छ तर यसको निरन्तरता सन्तोषजनक नरहेको अनुमान जल तथा मौसम विज्ञान विभागले गरेको छ ।