सर्वोच्चमा पाँच वर्षभन्दा बढी मुद्दा नराख्ने गरी काम गर्छौँ : कामु प्रधानन्यायाधीश
कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले न्यायलाई ढिलो हुनबाट रोक्नका लागि सर्वोच्च अदालतमा पाँच वर्षभन्दा बढी मुद्दा नराख्ने गरी काम सुरु गरेको बताउनुभएको छ ।
रास्वपाद्वारा सातै प्रदेशमा प्रदेश समिति गठन
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सातै प्रदेशमा प्रदेश समिति गठन गरेको छ । समिति गठनसँगै जिम्मेवारीसमेत तोकेको छ ।
टर्यो सम्भावित विमान दुर्घटना
अवतरणका लागि पालो पर्खिरहेका तीनवटा विमान सम्भावित दुर्घटना हुनबाट जोगिएका छन्। सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका लागि पालो पर्खिरहेका तीनवटा जहाज एक हजार फिटको समान दूरीको अन्तरमा थिए। सिमरामा रहेको ‘गुराँस होल्डिङ प्वाइन्ट’मा होल्डिङमा रहेका बुद्ध एयरलाइन्स, नेपाल वायुसेवा निगम र कतार एयरवेजको जहाज जमिनबाट ११ हजार पाँच सय फिटदेखि १३ हजार पाँच सय फिटको उचाइमा एक हजार फिटको दूरी (भर्टिकल सेप्रेसन) कायम गरी अवतरणको पालो कुरिरहेका थिए।
नो अब्जेक्सन लेटर लिनेको पनि भीड
उच्च शिक्षाका लागि विदेशिन चाहनेहरूको लर्को पनि उत्तिकै बढेको छ । अध्ययनका लागि विदेशिने गरे पनि अधिकांशको लक्ष्य रोजगारी नै हुने गरेको छ ।
मदिराजन्य विज्ञापनमा रोक
सर्वोच्च अदालतले मदिराजन्य पदार्थको विज्ञापन तत्काल बन्द गर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले जनस्वास्थ्य ऐनको व्यवस्थाअनुसार विज्ञापन रोक्न सरकारका नाममा आदेश जारी गरेको हो । अदालतले प्रेस काउन्सिल र विज्ञापन बोर्डलाई आदेश कार्यान्वयन गरी दुई महिनाभित्र प्रतिवेदन पेस गर्न पनि भनेको छ ।
मधेशका ११ जना पत्रकारलाई दीर्घ सेवा सम्मान
लामो समय पत्रकारिता क्षेत्रमा कार्यरत मधेश प्रदेशका ११ जना पत्रकार दीर्घ सेवा सम्मानबाट सम्मानित हुनुभएको छ । मंगलबार जनकपुरधाममा आयोजित प्रेस युनियन प्रदेश कार्यसमिति पदस्थापन समारोहको अवसरमा सम्मानित हुनुभएको हो ।
माझी समुदायले धूमधाम मनाए लदिपूजा (फोटोफिचर)
माझी समुदायको मुख्य पर्व लदिपूजा अर्थात कोशीपूजा गरेर धनकुटाका माझी समुदायले धूमधामका साथ मनाएका छन् । प्रत्येक बर्षको फागुन महिनाको तेस्रो मंगलबार पहाडी माझी समुदायमा आफ्नो महत्वपूर्ण पर्व लदिपूजा गर्ने गरेका छन् ।
आत्मरक्षाका लागि प्रशिक्षण लिँदै विद्यालयका किशोरी
झापाको कमल गाउँपालिकाले माध्यमिक तहमा अध्यनरत किशोरीलाई लक्षित गरी ‘किशोरी आत्मरक्षा तालिम’ सुरु गरेको छ । एकान्तमा हिड्दा होस् या जुनसुकै समयमा पनि आफु्माथि आक्रमण भएको अवस्थामा उनीहरुले आफ्नो सुरक्षा आफै गर्न सक्नेगरी तालिममा सीप सिक्न लागेका हुन् ।
राष्ट्रपति पदका दुवैजनाको उम्मेदवारी कायम
राष्ट्रपति पदका उम्मेदवारको अन्तिम नामावली मंगलबार अपरान्ह प्रकाशित भएको छ ।