• १५ जेठ २०८१, मङ्गलबार

गोरखापत्र प्रकाशनको १२४ वर्ष : तस्बिरमा वार्षिकोत्सव

blog

गोरखापत्र प्रकाशनको १२४ औं वर्ष प्रवेश तथा संस्थानको ६२ औं वार्षिकोत्सवको अवसरमा सोमबार आयोजित विशेष कार्यक्रममा उपस्थित अतिथि ।

काठमाडौं, वैशाख २४ गते । गोरखापत्र प्रकाशनको १२४ औं वर्ष प्रवेश तथा संस्थानको ६२ औं वार्षिकोत्सवको अवसरमा सोमबार विशेष कार्यक्रम आयोजना भएको छ । 

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् नेपाल सरकारका प्रवक्ता रेखा शर्माको प्रमुख आतिथ्यतामा विशेष कार्यक्रम सम्पन्न भएको हो । 

कार्यक्रममा सञ्चार सचिव रामकृष्ण सुवेदी, समाजसेवी एवम् बागमती प्रदेशका पूर्व प्रदेश प्रमुख अनुराधा कोइराला, गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदी, महाप्रबन्धक लालबहादुर ऐरी, पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत, गोरखापत्र संस्थान सञ्चालक समिति सदस्य, सल्लाहकार र सम्पादक उपस्थित हुनुहुन्थ्यो । कार्यक्रममा पत्रकार तथा कर्मचारीलाई सम्मान गरिएको छ । 

तस्बिर:मनोजरत्न शाही /केशब गुरुङ /कविता थापा /विकास द्धारे /सागर बस्नेत/ कविन अधिकारी