पत्रकारिताभित्रको कम्पन
पत्रकारिताको बदलिँंदो आयाम अन्यत्र झैँ नेपालमा पनि आज चासोको विषय हो । यसलाई कसैले पूर्णतः प्राविधिक, तकनिकी दृष्टिकोणले हेरेको पाइन्छ त कसैले लेखन, आवाज, तस्बिर तथा डिजाइनको प्रस्तुति र प्रदर्शनको कोणबाट विश्लेषण गरेको देखिन्छ ।
अलमलमै चार वर्ष
देश सङ्घीयतामा गइसकेपछि प्रदेश सभाको निर्वाचन भएर प्रदेश सरकार निर्माण भएको चार वर्षभन्दा बढी भइसकेको छ । प्रदेश सरकार गठन भएपछि केही राम्रा कामको सुरुवातसँगै कतिपय विकास निर्माणका कामका लागि विगतमाझै केन्द्रलाई कुरेरै बस्नुपर्ने अवस्थाको अन्त्य भएको छ ।
प्रधानमन्त्री देउवालगायत गठबन्धनका शीर्षनेता जनकपुरधाम आउँदै
नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवासहित पाँच दलीय गठबन्धनका शीर्ष नेता आज धनुषाको जनकपुरधाम आउँदै हुनुहुन्छ । पाँच दलीय गठबन्धनद्वारा आज जनकपुरधाममा आयोजना हुन लागेको चुनावीसभालाई सम्बोधन गर्न प्रधानमन्त्री देउवासहित गठबन्धनका शीर्ष नेता यहाँ आउन लाग्नुभएको छ ।
उत्कृष्ट कर्मचारी र पत्रकार पुरस्कृत
गोरखापत्र दैनिकको १२२औँ वार्षिकोत्सव एवं गोरखापत्र संस्थानको ६०औँ वार्षिकोत्सवका अवसरमा संस्थानमा कार्यरत कर्मचारी एवं पत्रकारहरूलाई विभिन्न पुरस्कार प्रदान गरिने भएको छ । संस्थानले प्रदान गर्दै आएको उत्कृष्ट कर्मचारी पुरस्कार सूचना प्रविधि विभागअन्तर्गत कम्प्युटर÷सीटीपी शाखामा कार्यरत नरेन्द्रबहादुर श्रेष्ठलाई प्रदान गरिने भएको छ ।
आलमलाई थुनामुक्त गर्न अस्वीकार
सर्वोच्च अदालतले मोहम्मद अफताब आलमलाई थुनामुक्त गर्न अस्वीकार गरेको छ । शुक्रबार न्यायाधीशद्वय सुष्मलता माथेमा र नहकुल सुवेदीको संयुक्त इजलासले आलमको रिटमा सुनुवाइ गर्दै रौतहट जिल्ला अदालतको आदेश सदर गरेको हो ।
दुई सय मेगावाट विद्युत भारतमा बेच्न टेण्डर आह्वान
प्राधिकरणले देशभित्र खपत गरी जगेडा भएकमो विद्युत पाँच महिना अर्थात १७ असारदेखि २९ कात्तिक २०७९ सम्म बिक्री गर्ने जनाएको छ । भारतको केन्द्रीय विद्युत नियमन आयोगमार्फत विद्युत व्यापारका लागि अनुमति प्राप्त ट्रेडिङ कम्पनीहरु, विद्युत वितरण कम्पनीहरुलगायतले बिद्युत खरिदका लागि प्रतिश्पर्धामा सहभागी हुन पाउने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयो ।
‘काँग्रेस र एमाले मात्रै मुख्य शक्ति’
नेपाल कम्युनिस्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले नेपाली राजनीतिको मुख्य केन्द्र नेपाल कम्युुनिस्ट पार्टी (एमाले) र नेपाली काँग्रेस मात्रै रहेको बताउनुभएको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अब सहायक शक्ति भएको उहाँले दाबी गर्नुभयो ।
सत्ता गठबन्धनले काठमाडौँमा आज चुनावी सभा गर्दै
पाँच दलीय सत्ता गठबन्धनले आज काठमाडौँमा संयुक्त चुनावी आमसभा गर्दैछ । आज दिउँसो १ बजे काठमाडौँको शान्तिबाटिकामा हुने सभामा गठबन्धनका शीर्षनेताले सम्बोधन गर्नुहुनेछ ।
भ्रममा नपर्न खनालको आग्रह
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले तत्कालीन एमाले नेतृत्व सरकारमा भएका उत्कृष्ट कार्यको अपनत्व आफूले पाउनुपर्ने बताउनुभएको छ ।