• १९ असार २०८१, बुधबार

आलमलाई थुनामुक्त गर्न अस्वीकार

blog

काठमाडौं, वैशाख २३ गते । सर्वोच्च अदालतले मोहम्मद अफताब आलमलाई थुनामुक्त गर्न अस्वीकार गरेको छ ।

शुक्रबार न्यायाधीशद्वय सुष्मलता माथेमा र नहकुल सुवेदीको संयुक्त इजलासले आलमको रिटमा सुनुवाइ गर्दै रौतहट जिल्ला अदालतको आदेश सदर गरेको हो ।

जिल्ला अदालतको आदेशविरुद्ध आलम उच्च अदालत जनकपुरको अस्थायी इजलासमा पुगेका थिए ।

उक्त इजलासले पनि जिल्ला अदालतको पुर्पक्षका लागि थुनामा राख्न दिएको आदेश सदर गरेको थियो ।

आलम जिल्ला र उच्च अदालतको आदेश उल्ट्याइ साधारण तारेखमा छाड्ने आदेश माग गर्दै सर्वोच्च अदालत पुगेका थिए ।

विसं. २०६४ चैत २७ गते संविधानसभा निर्वाचनपूर्व आलमद्वारा बम विस्फोट गराइएको र घाइतेहरूलाई इँटाभट्टामा हालेर हत्या गरिएको पुष्टि भएको थियो  ।