मन्त्रिपरिषद् बैठकद्वारा नीति तथा कार्यक्रम पारित
मन्त्रिपरिषद् बैठकले आगामी वर्ष ०७९–८० को नीति तथा कार्यक्रम पारित गरेको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम पारित गरेको जानकारी दिनुभयो ।
ताप्लेजुङ घटनाको छानबिन हुन्छ : गृहमन्त्री खाण
गृहमन्त्री बालकृष्ण खाणले ताप्लेजुङ जिल्लाको मिक्वाखोला गाउँपालिका वडा नं २ का बिमल कार्कीको २०७९ वैशाख २८ गते राति खोक्लिङको दुङ्जामा भिरबाट लडेर मृत्यु भएको घटनाको छानबिन गर्ने बताउनुभएको छ ।
वैशाख महिनामा ११ जनाले गरे आत्महत्या
जिल्लामा रहेका सात स्थानीय तहमा एक महिनामा ११ जनाले आत्महत्या गरेका छन् । २०७९ वैशाख महिनामा ज्यान सम्बन्धी १६ वटा घटना घटेकोमा ११ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यल धनकुटाले जनाएको छ ।
युवक हत्या आरोपमा तीनजना पक्राउ
जिल्ला प्रहरी कार्यालय पर्साले युवकको हत्यामा संलग्न रहेको आरोपमा तीनजनालाई पक्राउ गरेको छ ।
एमबीबीएस डाक्टर भन्दै ठगीको आरोपमा एक युवक पक्राउ
एमबीबीएस डाक्टर भन्दै ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । मङ्गलसेन नगरपालिका–२ मिस्तुरु निवासी २९ वर्षीय चक्रबहादुर विश्वकर्मालाई न्यूरोसर्जन भएको भन्दै ठगी गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको अछाम प्रहरी प्रमुख रविराज थपलियाले जानकारी दिनुभयो ।
खाद्यवस्तुमा आत्म निर्भर बनाउने गरी बजेट ल्याउन सुझाव
दमक, जेठ १० गते । राष्ट्रिय खाद्य बैंक लिमिटेडले गुणस्तरीय खाद्यवस्तुमा नेपाललाई आत्म निर्भर बनाउनेतर्फ सहयोग पुग्ने गरी सरकारले नयाँ बजेट ल्याउनु पर्ने सुझाव दिएको छ । प्रागारिक तथा रैथाने उत्पादन प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना भएको भनिएको बैंकले जग्गाजमिनलाई चक्लाबन्दी गरेर देशभर उत्पादनको क्षेत्रमा काम गर्दै आएको छ ।बैंकका कार्यकारी अध्यक्ष शङ्करनाथ उप्रेतीका अनुसार किसानहरूको लागि आर्थिक रूपमा सुरक्षित क्षेत्र कृषि एवं उत्पादनको क्षेत्र बनाउनका लागि सबैको योगदान जरुर रहेको बताउनु भयो । प्रत्येक व्यक्तिको लागि पर्याप्त, पहुँचयोग्य र किफायती खाद्यान्न उत्पादन गर्न हामी सबै लाग्नु पर्छ, उहाँले भन्नुभयो ।दमकमा पत्रकार सम्मेलन गर्दै बैंकले देशभरि बाँझो भएका जग्गा जमिनहरुमा कृषि उत्पादन गर्न चाहने व्यक्ति, संघ संस्था, सरकारी राष्ट्रिय खाद्य बैक लगायतका संस्थाहरुलाई खेती कमाई गर्ने लिजमा लिइ काम गर्ने बातावरण बनाउन र भैरहेको विद्यामान कानुनी जटिलतालाई हटाउन बैंकको माग रहेको उप्रेतीले बताउनुभएको छ । कृषि उपजहरुमा सहज ढंगले विमा गर्ने व्यवस्थापन गर्न पनि माग गरिएको छ । अहिले खेतबारीमा सहज रुपमा बीमा नहुने गरेको अवस्था छ । नेपाल सरकारले दिने अनुदानहरुलाई किसानकोमा पुग्ने गरी व्यवस्था गर्न, कृषि औजारहरु र उत्पादित वस्तुहरुलाई आधार मानेर अनुदान दिने व्यवस्था गर्न माग अघि सारिएको छ । विदेशबाट आउने रेमिटेन्सलाई कम्तीमा २० प्रतिशत कृषि उत्पादनको काममा लगाउने गरि आवश्यक नियम कानुनको व्यवस्था गरि उत्पादनको काममा लगानी गर्ने वातावरण बनाउन आवश्यक छ, उप्रेतीले भन्नुभयो । रैथाने बालीनालीको संरक्षण गर्ने स्पष्ट नीति बनाएर साना किसानहरुलाई विउ विजन उत्पादन गर्न दिने कानुनी आधार तय गर्न पनि माग गरिएको छ ।हालसम्म नेपाली कृषि उपजहरुलाई ल्याब परीक्षण गर्नको लागि भारत लगायतका विभिन्न ठाउँहरुमा लग्ने चलन रहेकाले यसको अन्त्य गरेर नेपालभित्रै अन्तर्राष्ट्रिय स्तरको ल्यावको स्थापना गर्न माग गरिएको छ । राष्ट्रिय खाद्य बैंकले ल्याब सञ्चालन गर्ने तयारी गरेको र नीति नियमका कारण अहिले सम्भव नरहेको भन्दै यस विषयमा गम्भीर बन्न आग्रह गरिएको छ ।झापामा बैंकले आठ सय बिघाभन्दा बढीमा जग्गामा कृषि व्यवसाय गर्दै आएको छ । दुई वर्ष अघिदेखि झापामा चक्लाबन्दी खेती सुरु गरिएको हो ।
सरकारको नीति तथा कार्यक्रम आज
राष्ट्रपति विद्यादेवी भण्डारीले आज अपराह्न ४ बजे सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुहुने भएको छ । सो संयुक्त बैठकलाई सम्बोधनमार्फत आगामी आर्थिक वर्ष २०७९-८० का लागि नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुनेछ ।
बलात्कारको अपराधमा हदम्याद हटाउन माग
आठ वर्षअघि एक किशोरीलाई बलात्कार गरेको आरोप लागेका कन्सल्टेन्सी व्यवसायी मनोज पाण्डेलाई कारबाही गर्न राष्ट्रिय सभाका सांसदहरूले माग गरेका छन् । सोमबार बसेको राष्ट्रिय सभा बैठकमा सांसदहरूले बलात्कारजस्ता जघन्य हिंसा र अपराधमा भएको हदम्याद व्यवस्था हटाउनुपर्नेमा जोड दिएका छन् ।
प्रधानमन्त्री देउवाद्वारा अस्ट्रेलियाका प्रधानमन्त्रीलाई बधाइ
प्रधानमन्त्री शेरबहादुर देउवाले अस्ट्रेलियाको प्रधानमन्त्री पदमा एन्थोनी अल्बानी नियुक्त हुनु भएकोमा हार्दिक बधाइ ज्ञापन गर्नुभएको छ ।