वन र वातावरण क्षेत्रमा १३ अर्ब ‘जनताको रहर : हरित सहर’
सरकारले आगामी वर्ष वन तथा वातावरणको क्षेत्रमा १३ अर्ब रुपियाँ खर्च गर्ने भएको छ । सुदूरपश्चिमको अत्तरिया र कर्णालीको सुर्खेतमा जडिबुटी प्रशोधन केन्द्र स्थापना गर्न आवश्यक बजेट छुुट्याइएको छ । आगामी वर्ष पहाडी र हिमाली क्षेत्रमा पाइने बहुमूल्य एवं बहुउपयोगी जडिबुटीको प्रशोधन उद्योगलाई प्रोत्साहन दिई जडिबुटी खेतीको बीमा गरिने छ ।
निर्वाचनका लागि बजेट
सरकारले बजेट वक्तव्यबाटै आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि बजेट विनियोजन गरेको छ । सरकारले यसअघि नै आगामी आर्थिक वर्ष चुनावी वर्ष हुने घोषणा गरिसकेको छ ।
राष्ट्रिय सुरक्षालाई प्रविधिसँग जोडिने
नेपाल सरकारले मुलुकको शान्ति सुरक्षा तथा राष्ट्रिय सुरक्षालाई थप मजवुत र प्रभावकारी बनाउन प्रविधिको विकासलाई प्राथमिकता दिने घोषणा गरेको छ । सङ्घीय संसदको दुवै सदनको संयुक्त बैठकमा आइतबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले बजेटमा सुरक्षा निकायमा कायम रहेको स्रोत साधनलाई प्रविधिसँग जोडी संस्थागत क्षमता विकास गरिने बताउनुभयो ।
बिमान दुर्घटनामा एकै परिवारका सात जना, गाउँ शोकमा
मुस्ताङको मानापाथी हिमालको फेदी स्थित थासाङ गाउँपालिका–२ न्याउरिकोटको ल्याङके खोलाको मुहान क्षेत्रमा भएको तारा एयरको विमान दुर्घटनामा एकै परिवारका सात जना रहेको खुलेको छ ।
बजेट सकारात्मक र रूपान्तरणकारी
नेपाल सरकारका तर्फबाट अर्थमन्त्री जनार्दन शर्माले सङ्घीय संसद्का दुवै संसद्मा प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्ष २०७९/८० को बजेटबारे सकारात्मक प्रतिक्रिया व्यक्त गरिएको छ । अर्थमन्त्री शर्माको बजेट मन्तव्यपछि गोरखापत्रसँग
हराइरहेको विमानको खोज उद्धार जारी छ : मन्त्री आले
काठमाडौं, जेठ १५ गते। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आइतबार बिहानदेखि हराइरहेको तारा एयरको ट्विनअटर विमानको खोज तथा उद्धार कार्य युद्धस्तरमा भइरहेको जानकारी गराउनुभएको छ।राष्ट्रियसभाको आइतबारको बैठकमा सभाअध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको रुलिङपछि उहाँले तारा एयरको पोखराबाट जोमसोमका लागि आज बिहान ९ः५५ बजे उडेको ट्विनअटर विमान १०ः११ मिनेटपछि सम्पर्कबाहिर गएको जानकारी गराउनुभयो।यात्रु र चालक दल गरी २२ जना रहेको विमान हराइरहेको सम्भावित क्षेत्रमा खोजबिन कार्यलाई तीव्रता दिए पनि मौसम प्रतिकूलका कारण कठिनाइ देखिएको बताउँदै मन्त्री आलेले उद्धारका लागि पोखरा र जोमसोममा तीन हेलिकोप्टर तयारी अवस्थामा राखिएको बताउनुभयो। अहिले मौसम प्रतिकूल रहेकाले भोलि बिहान ६ बजेअगाडि नै खोज तथा उद्धारका लागि सबै संयन्त्र परिचालन गरिने जानकारी दिनुभयो। नेपाली सेना, नेपाल प्रहरी, हिमालय उद्धार सङ्घका जवानहरु अहिले सम्भावित स्थानमा स्थलमार्गमार्फत खोज तथा उद्धारमा खटिएको पनि मन्त्री आलेले जानकारी गराउनुभयो।
प्राचीन तिलौराकोटस्थित मौर्यकालीन पोखरीको उत्खनन
भगवान गौतमबुद्धले आफ्नो जीवनको २९ वर्ष बिताएको ठाउँ प्राचीन तिलौराकोटस्थित मध्यभागमा रहेको मौर्यकालिन पोखरीको उत्खनन गरिएको छ ।
लिबाङको हाँडीखोलामा मोटरेवल पुल बन्ने
ताप्लेजुङको मिक्वाखोला गाउँपालिका वडा नम्बर ३ लिबाङस्थित हाँडीखोलामा मोटरेवल पुल निर्माण हुने भएको छ । जिल्ला सदरमुकाम फुङ्लिङ हुँदै मिक्वाखोला गाउँपालिका केन्द्र साँबा थलङ जोड्ने सडकअन्तर्गत पर्ने हाँडीखोलामा मोटरेवल पुल निर्माण गरिने भएको हो ।
जनकपुरधामका अतिक्रमित जग्गा कानुनी रुपमा खाली गराइने
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २३ स्थित गुठी संस्थानअन्तर्गत बेलाकुट्टीको जग्गामा बनाइएका टहरा तथा भवन हटाउन वडा कार्यालयले सूचना जारी गर्ने भएको छ ।