यातायात कार्यालयको काममा अवरोध गर्ने १० जना पक्राउ
ललितपुरको एकान्तकुनामा रहेको यातायात व्यवस्था कार्यालयमा सेवाग्राहीलाई काममा अवरोध गर्ने १० जना पक्राउ परेका छन्।
काभ्रेमा पर्यटक बोकेको गाडी र टाटासुमो ठोक्किँदा पाँच जनाको मृत्यु
काभ्रेमा पर्यटक बोकेको गाडी र टाटासोमो ठोक्किँदा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य १९ जना घाइते भएका छन् ।
मृत भेटिएका व्यक्तिको हत्या भएको खुलासा
काठमाडौँको स्वयम्भूमा मृत अवस्थामा भेटिएका एक व्यक्तिको हत्या भएको खुलेको छ।
नेपाल–स्विट्जरल्यान्ड संयन्त्रको बैठक
नेपाल–स्विट्जरल्यान्ड द्विपक्षीय परामर्श संयन्त्रको सोमबार काठमाडौँमा बसेको तेस्रो बैठकमा दुईपक्षीय सम्बन्ध र साझेदारीको समीक्षा भएको छ । परराष्ट्र मन्त्रालयको युरोप–अमेरिका महाशाखाका सहसचिव निर्मलराज काफ्ले र स्विट्जरल्यान्डका एसिया प्रशान्त क्षेत्र हेर्ने सहायक राज्य सचिव एन्ड्रियास राफेल नागेलीको सहअध्यक्षतामा भएको बैठकमा परराष्ट्र सचिव भरतराज पौड्यालले उद्घाटन गर्नुभएको थियो ।
महानिरीक्षक नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दर्ता
नेपाल प्रहरी महानिरीक्षक नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा परेको रिट निवेदन सोमबार दर्ता भएको छ ।
महानिरीक्षक नियुक्तविरुद्ध एआइजी पोखरेल सर्वोच्चमा
काठमाडौं, वैशाख १९ गते । सर्वोच्च अदालतमा नेपाल प्रहरी महानिरीक्षक नियुक्तिविरुद्ध रिट दर्ताका लागि पुगेको छ । सर्वोच्चका सूचना अधिकारी देवेन्द्र ढकालले महानिरीक्षक नियुक्तिको विषयमा एआइजी विश्वराज पोखरेलको रिट दर्ताका लागि आएको जानकारी दिनुभयो । उहाँका अनुसार रिट हाल अध्ययनको क्रममा रहेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले धीरजप्रताव सिंहलाई नेपाल प्रहरीको नयाँ महानिरीक्षककाे रूपमा नियुक्त गरेको थियो । महानिरीक्षक सिंहले सोमबार दर्ज्यानी चिह्न लगाइसक्नुभएको छ । सोमबार गृह मन्त्रालयमा आयोजित समारोहमा गृह सचिव टेकनारायण पाण्डेले नवनियुक्त महानिरीक्षक सिंहले फुली लगाउनुभएको हो ।
विकासको एजेण्डा पहिलो सूचीमा : अध्यक्ष नेपाल
सञ्जय कुमार मिश्र गौर, वैशाख १९ गते । नेकपा एकिकृत समाजवादीको अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विकासको एजेण्डालाई पहिलो प्राथमिकताको सूचीमा राखेको बताउनुभएको छ । रौतहटको गौर नगरपालिकाको महादेवपट्टीमा सोमबार विहान पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले उक्त कुरा बताउनुभएको हो ।अध्यक्ष नेपालले नेपालमै गुणस्तरीय शिक्षा, राम्रो स्वास्थ्य व्यवस्था, कृषि प्रणालीलाई वैज्ञानिकीकरण, स्वच्छ खानेपानी, बेरोजगारलाई रोजगारीको व्यवस्थापन, महिलालाई सिपमूलक तालिम दिएर आत्मनिर्भर बनाउने कार्यलाई प्राथमिकताका साथ अगाडि बढाइने चर्चा गर्नुहँदै उहाँले वृद्धवृद्धालाई समाजिक सुरक्षाको भत्ता रकममा वृद्धिसहितका यहाँको जनतालाई समृद्ध बनाउने हर उपायहरु कार्यान्वयन गरिने कुरामा जोड दिनुभयो ।देश बनाउने, समाज परिवर्तन, सांस्कृतिक परिवर्तनसँगै कृषि आधुनिकरण र व्यवसायिक गर्न तथा सहकारीको बढावा दिनुपर्ने अभियानका साथ नेकपा एस अगाडि बढिरहेको धारणा राख्दै उहाँले विगतको आन्दोलनबाट प्राप्त उपलब्धि एवं संविधानको रक्षाकालागि नयाँ शक्ति, नयाँ संकल्प तथा कम्युनिष्ट आन्दोलनको मर्म भावनालाई अगाडि बढाउने दृढताका साथ नेकपा एकीकृत समाजवादी पार्टी गठन गरिएको प्रष्ट पादैृ अध्यक्ष नेपालले अहिले देशमै नेकपा एसमा प्रवेश गर्नेहरुको लहर बढेको दावी गर्नुभयो ।सो कार्यक्रममा पूर्वमन्त्री एवं केन्द्रीय सदस्य डा. वंशिधर मिश्र, मधेश प्रदेशका उद्योग, वन तथा पर्यटन राज्यमन्त्री नागेन्द्र चौधरी, गौर नगरपालिकाका उम्मेदवार शम्भु साहसहितका नेताहरुको सहभागिता रहेको थियो ।
स्थानीय तह निर्वाचनलाई सुरक्षित र भयरहित बनाउने प्रहरी महानिरीक्षक सिंहकाे प्रतिबद्धता
काठमाडौं, वैशाख १८ गते । नेपाल प्रहरीका महानिरीक्षक धीरजप्रताप सिंहले स्थानीय तह निर्वाचनलाई सुरक्षित र भयरहित बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।सोमबार गृह मन्त्रालयमा आयोजित दर्ज्यानी चिह्न सुशोभन समारोहमा नवनियुक्त महानिरीक्षक सिंहले सो कुरा बताउनुभएको हो । ‘‘अहिलेको प्रथमिकता भनेको स्थानीय तह निर्वाचन हो । निर्वाचनलाई सुरक्षित र भयरहित तवरबाट प्रत्येक नागरिकले आफ्नो बालिक मताधिकार प्रयोग गर्न सक्ने र निर्वाचन सुरक्षा योजनाहरु सम्पूर्ण प्रहरी र स्रोत साधनहरु प्रभावकारी रुपमा परिचालित हुनेछ ।,’’ उहाँले भन्नुभयो । साथै, उहाँले नेपाल सरकारको प्रमुख लक्ष्य सफल पार्न नेपाल प्रहरी प्रतिबद्ध रहेको बताउनुभएको छ । ‘‘मानव अधिकारको संरक्षण र संवर्द्धन गर्ने, विधिको शासन स्थापना गरी आर्थिक समृद्धि हासिल गर्ने नेपाल सरकारको प्रमुख लक्ष्य सफल पार्न नेपाल प्रहरी प्रतिबद्ध छ ।,’’ उहाँले भन्नुभयो । त्यस्तै, राज्यले सुम्पेको जिम्मेवारीलाई उच्च प्राथमिकताका साथ अगाडि बढाउन प्रहरी महानिरीक्षकदेखि प्रहरी जवान र सम्पूर्ण सदस्य प्रतिबद्ध रहेको उहाँको भनाइ छ । नेपाल प्रहरीले प्रवाह गर्ने सेवाको गुणस्तरीय र प्रभावकारिता बढाउन कर्मचारीहरुको वृद्धि विकासलाई प्राथमिकताका साथ अघि बढाउँदै साङ्गठनिक सुदृढीकरणमा जोड दिनु आजको आवश्यकता रहेको उहाँले बताउनुभयो ।महानिरीक्षक सिंहले सहरकेन्द्रित अपराधका चुनौती सामना गर्न प्रहरीलाई आधुनिकीकरण गर्नुको विकल्प नरहेको बताउनुभयो ।
चुनावी चहलपहल : राजनीतिक दल मतदाताको घरदैलोमा
निर्वाचन आयोगले चुनाव चिह्न दिएपछि राजनीतिक दल मतदाताको घरदैलो कार्यक्रम सुरु गरेका छन्।