• १५ असार २०८१, शनिबार

महानिरीक्षक नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दर्ता

blog

काठमाडौं, वैशाख १९ गते । नेपाल प्रहरी महानिरीक्षक नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा परेको रिट निवेदन सोमबार दर्ता भएको छ ।

सर्वोच्चका सूचना अधिकारी देवेन्द्र ढकालले महानिरीक्षक नियुक्तविरुद्ध एआइजी विश्वराज पोखरेलले सर्वोच्चमा दिनुभएको रिट दर्ता भएको जानकारी दिनुभयो ।

सूचना अधिकारी ढकालका अनुसार एआइजीले दायर गर्नुभएको रिटमाथि बुधबार सुनुवाइ हुनेछ । 

आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले धीरजप्रताव सिंहलाई नेपाल प्रहरीको नयाँ महानिरीक्षकको रूपमा नियुक्त गरेको थियो । महानिरीक्षक सिंहले सोमबारनै दर्ज्यानी चिह्न लगाइसक्नुभएको छ ।

सोमबार गृह मन्त्रालयमा आयोजित समारोहमा गृह सचिव टेकनारायण पाण्डेले नवनियुक्त महानिरीक्षक सिंहले फुली लगाउनुभएको हो ।