कर्णालीमा छैन रासायनिक मल, रित्तै छ गोदाम
मानो रोपेर मुरी उब्जाउने सिजन शुरु भइसकेको कर्णाली प्रदेशमा रासायनिक मलको अभाव भएको छ । कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेतमा अहिले एक सय ५० टन डीएपी र १० टन पोटास मल मात्रै मौज्दात रहेको छ । युरिया मल राख्ने गोदाम भने रित्तै छ ।
घाइते वडा सभापति भण्डारीलाई सुर्खेत लगियो
नेपाली काँग्रेस अदानचुली गाउँपालिका– २ का वडा सभापति रतन भण्डारी कुटपिटबाट गम्भीर घाईते हुनु भएपछि उपचारका लागि उहाँलाई जिल्ला बाहिर सुर्खेत रिफर गरिएको छ । गाउँपालिकाको स्वास्थ्य चौकीमा उहाँको उपचार हुन नसक्ने भएपछि स्वास्थ्यकर्मीले उहाँलाई जिल्ला बाहिर रिफर गर्नुभएको हो ।
मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन/चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने भएको छ ।
रसुवामा चोरीका घटना बढ्दै
रसुवामा शृङ्खलाबद्ध रुपमा चोरीका घटना भएका छन् । गत वैशाख पहिलो हप्तादेखि चोरीको घटनामा बढोत्तरी भएको देखिएको छ । जिल्लामा करिब दुई दर्जनभन्दा बढी घर, सहकारी, वडा कार्यालय, स्वास्थ्य संस्था लगायतमा चोरी भएको छ ।
सवारी लाइसेन्सको नयाँ आवेदन आज साँझदेखि
सवारी चालक अनुमति पत्र (लाइसेन्स)को नयाँ आवेदन प्रणाली सोमबार साँझदेखि सुरु गरिने भएको छ । यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै आज साँझ ६ बजेदेखि सवारी चालक अनुमति पत्रको नयाँ अनलाइन आवेदन प्रणाली सुरु गर्न लागिएको जानकारी गराएको हो ।
लिमीको स्रोत केन्द्रमा ११४ चौरी थपिए
नाम्खा गाउँपालिका–६ को लिमीको चौरी स्रोत केन्द्रमा ११४ वटा चौरी थपिएका छन् । चौरी पालनको राम्रो सम्भावना भएको लिमीमा तीन वर्षअघि चौरी पालन स्रोत केन्द्र स्थापना गरेर चौरी थप्ने कार्य जारी रहेको हो ।
विमान दुर्घटना स्थलमा हेलिकोप्टर अवतरण, शव सङ्कलन सुरु
तारा एयरको विमान दुर्घटनामा मृत्यु भएका यात्रुको शव सङ्कलन सुरु गरिएको छ । जहाज भीरमा ठोक्किएर दुर्घटना भएपछि विमानमा सवार यात्रु र चालकदलका सदस्यसहित २२ जनाको सव छरपष्ट अवस्थामा रहेको र सङ्कलन कार्य सुरु भएको यार्चागुन्बु सङ्कलन गर्न पुगेका बाग्लुङका विसाल मगरले घटनास्थलबाट जानकारी दिनुभयो ।
मृगलाई हानेको गोली लागेर एकको मृत्यु
ऐरावती गाउँपालिका वडा नं. १ स्थित दाङवाङमा शिकार खेल्ने क्रममा भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु भएको छ । दोबाटो सामुदायिक वनको डाँडाथरी भन्ने ठाउँमा सिकार खेल्ने क्रममा २४ वर्षीय ज्ञानबहादुर नेपालीले मृगलाई हानेको गोली लागेर ३४ वर्षीय द्रोण आलेमगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
खानेपानीका लागि ३७ अर्ब ३५ करोड
सरकारले खानेपानी क्षेत्रका लागि आर्थिक वर्ष २०७९/८० मा ३७ अर्ब ३५ करोड रकम विनियोजन गरेको छ । त्यस्तै, आगामी वर्ष चक्रपथ बाहिरसमेत मेलम्ची खानेपानी आयोजनाको पानी काठमाडौँ उपत्यकाको चक्रपथबाहिर पनि वितरण गरिने भएको छ । त्यसका लागि सरकारले एक अर्ब ९२ करोड रुपियाँ बजेट विनियोजन गरेको छ ।