• ५ असोज २०८१, शनिबार

सवारी लाइसेन्सको नयाँ आवेदन आज साँझदेखि

blog

काठमाडौं, जेठ १६ गते । सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को नयाँ आवेदन प्रणाली सोमबार साँझदेखि सुरु गरिने भएको छ ।

यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै आज साँझ ६ बजेदेखि सवारी चालक अनुमतिपत्रको नयाँ अनलाइन आवेदन प्रणाली सुरु गर्न लागिएको जानकारी गराएको हो ।

त्यस्तै, नयाँ लाइसेन्स तथा वर्ग थपका लागि हालसम्म परेका अनलाइन आवेदनहरु आजैदेखि रद्द गरिने पनि विभागद्वारा जारी सूचनामा उल्लेख छ ।

साथै वर्ग थप गराउन चाहने सेवाग्राहीका लागि भने अर्को हप्ताको सोमबारबाट आवेदन खोलिने विभागले जनाएको छ ।