हुम्लामा एक बोरा सिमेन्टको मूल्य ६ हजार ! खच्चडमा ढुवानीमा भए ६१ प्रतिशत सस्तो
सडक सञ्जालसँग सदरमुुकाम नजोडिएको हिमाली जिल्ला हुम्लामा सिमेन्टको मुल्य ६१ प्रतिशत भन्दा बढीले सस्तो भएको छ । जिल्लाको दक्षिणी क्षेत्र सडक सञ्जालसँग जोडिनुु र छोटो दुरीबाट खच्चडमा सिमेन्ट ढुवाँनी गर्न थालिएपछि मुल्य सस्तिएको हो ।
जुत्ताचप्पल क्षेत्रमा आत्मनिर्भर बन्ने सरकारको नीति सकारात्मक
फुटवेयर म्यानुफ्याक्चर्स एशोसिएशन अफ नेपालले जुत्ताचप्पलको क्षेत्रमा आत्मनिर्भर बन्ने सरकारको नीति सकारात्मक भएको जनाएको छ । एशोसिएशनका अध्यक्ष नानीराज घिमिरेले विज्ञप्ति जारी गर्दै आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्यमा आयातलाई निरुत्साहित गर्दै स्वदेशी वस्तुको बृहत् उत्पादन, बजारीकरण र प्रयोग गर्ने सरकारको नीति सकारात्मक भएको बताउनुभएको हो । “निकासी प्रवद्र्धनका लागि निजी क्षेत्रको सहकार्यमा ‘मेड इन नेपाल, मेक इन नेपाल’ अभियान सञ्चालन गर्ने र जुत्ताचप्पलको क्षेत्रमा आत्मनिर्भर बन्न सक्ने क्षेत्रलाई बजेटमा महत्वका साथ उल्लेख गरिनुले यस क्षेत्रका उद्योगी व्यवसायीमा उत्साह थपिएको छ”, विज्ञप्तिमा भनिएको छ ।
योजना अलपत्र बनाउने आठ कम्पनी कालोसूचीमा
ठेक्का सम्झौता गरी समयमै काम पुरा नगरी अलपत्र बनाउने आठ वटा कम्पनीलाई कालोसूचीमा राख्ने तयारी गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले सूचना जारी गर्दै यी कम्पनीहरुलाई सात दिने स्पष्टीकरणको समय दिएर कालोसूचिमा राख्ने तयारी थालेको हो ।
बुटवलको ‘मेलम्ची’ २६ वर्षदेखि अलपत्र
हरेक वर्ष गर्मी लागेसँगै बुटवलको दीपनगर, सुक्खानगर, बटौली, बेलबासलगायत क्षेत्रका धारामा पानी निकै कम आउँछ । त्यति मात्र होइन वर्षा लागेपछि भने बुटवलवासीले धमिलो पानी खानैपर्ने बाध्यता छ ।झुम्सा खानेपानी आयोजनामार्फत यो समस्या समाधान गर्ने वाचा वि.सं. २०५२ यताका सबैजसो निर्वाचनमा प्रायः सबै दल र ठूला–साना नेताबाट गर्ने गरिएको छ तर पनि बुटवलवासीले सफा र स्वच्छ खानेपानी पाएका छैनन् । पश्चिम नेपालकै व्यापारिक केन्द्र बन्दै गएको बुटवलमा जनप्रतिनिधिले वाचा बिर्सेकोमा स्थानीयवासी खिन्न छन् ।
‘मेट्रो तथा मोनोरेल योजना अगाडि बढाउन सकिँदैन’
भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले काठमाडौँभित्र गुरुयोजनाबिना निर्माण प्रक्रिया अगाडि बढाइएका मेट्रो तथा मोनोरेल योजना अगाडि बढाउन नसकिने बताउनुभएको छ ।गुरुयोजनाबिना नै मुलुकमा पूर्व–पश्चिम रेल मार्ग, मोनो रेल तथा मेट्रो रेल आयोजना अगाडि बढा
भिजिट भिसामा नक्कली कागजात बनाउन रोक्न छलफल
गृहमन्त्री बालकृष्ण खाण र श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठबीच वैदेशिक रोजगारीमा नेपाली श्रमिक पठाउने विषयमा देखिएका समस्या समाधानबारे छलफल भएको छ ।
समन्वय समिति अछाममा गठबन्धन र एमालेको उम्मेदवारी
अछाममा प्रमुखसहित सदस्यमा नेपाली काँग्रेस, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) को गठबन्धनले उम्मेदवारी दर्ता गराएका छन् । नेकपा (एमाले) ले प्रमुखसहित सबै पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।
अदुवा खेतीको नाममा नक्कली बिल बनाउने घिमिरेविरुद्ध अदालतमा आरोपपत्र दायर
अख्तियार दुरुपयोग अनुसन्त्रान आयोगले सुर्खेत कुनाथरीका नेपाल नागरिक समान (सिस नेपाल) का अध्यक्ष ओम प्रकाश घिमिरे र सामाजिक परिचालक यामलाल घिमिरेविरुद्ध बुधबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ ।
गोरखापत्रकर्मी चाँदनी सम्मानित
सामुदायिक वन दिवसको अवसर पारेर सामुदायिक वन उपभोक्ता महासंघले गोरखापत्रकर्मी चाँदनी हमाललाई सम्मान गरेको छ ।