३५० केजी गाँजा बरामद
भोटराज राईउदयपुर, जेठ १८ गते । उदयपुरको बेलका नगरपालिकास्थित सशस्त्र प्रहरी बल रामपुर बेस क्याम्पले आज ठूलो मात्रामा गाँजा बरामद गरेको छ । सप्तकोशीको किनारमा बालुवाभित्र लुकाई राखेको अबस्थामा ३५० केजी गाँजा बरामद गरेको सशस्त्र प्रहरी निरीक्षक लिगम राईले बताउनुभयो । उहाँकाअनुसार सुनसरीको बराहा नगरपालिका –२ चतराको खयरटप्पु भन्ने ठाउँमा लुकाई राखिएको गाँजा फेलापरेको हो । मानिस हिडेको पाईतलाको गोहोबाट शंकास्पद देखिएपछि खोजी गर्दैजाँदा पुरेको अबस्थामा गाँजा फेला परेको प्रहरीले जनाएको छ ।सशस्त्र प्रहरीको गस्तिटोलीले विहान ९ः०० बजेतिर शंकास्पद अबस्था देखेर बालुवा खोतल्दा गाँजा फेला परेको जनाएको छ । गाँजा तस्करले भारततर्फ लैजान पहाडि क्षेत्रबाट ल्याएर त्यहाँ गाँजा लुकाएको हुनसक्ने सशसत्र प्रहरीको अनुमान रहेको छ । बरामद गाँजा थप अनुसन्धानको लागि सुनसरी जिल्ला प्रहरी कार्यालय ईनरुवामा पठाईने प्रनि राईले बताउनुभयो ।
सिस नेपाल सुर्खेतका अध्यक्षविरुद्ध १३ लाखको भ्रष्टाचार मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल नागरिक समाज (सिस नेपाल) सुर्खेतका तत्कालीन अध्यक्ष ओमप्रकाश लामिछानेविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
नदीमा डुबेर बालकको मृत्यु
जानु पाण्डेकपिलवस्तु, जेठ १८ गते । कपिलवस्तुको वाणगंगा नदीमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा महाराजगन्ज नगरपालिका २ पडेरीयाका १० वर्षीय बालक अहमद रजा रहेका छन् । नदीमा नुहाउन गएकोबेला रजाको बुधबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायव उपरीक्षक जेसी शाहले बताउनुभयो । मृतक वालकको शव पोष्टमार्टमका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
रेसुङ्गामा आवधिक योजनासम्बन्धी छलफल
गुल्मीमा पहिलो पटक रेसुङ्गा नगरपालिकामा आवधिक योजनासम्बन्धी छलफल गरिएको छ । रेसुङ्गा नगरपालिकाको सभाहलमा यस नगरपालिकाको आवधिक योजनाको अन्तिम मस्यौदासम्बन्धी अन्तरक्रिया गरिएको नगरप्रमुख खिलध्वज पन्थीले बताउनुभयो ।
पीडितलाई चाँडो न्याय दिउँ : कानूनमन्त्री शर्मा
कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला) ले द्वन्द्वको पीडालाई नलम्ब्याइ पीडितलाई समयमा न्याय दिनुपर्ने बताउनुभएको छ । जनकपुरधाममा बुधबार आयोजित ‘संक्रमणकालीन न्याय सम्बन्धी कानून तथा संरचनागत सुधार सम्बन्धी परामर्श’ कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले सो कुरा बताउनुभयो । द्वन्द्वका पीडितले समयमा न्याय नपाउँदा पीडितलाई झन् पीडा भइरहेको उहाँको भनाई छ ।
नेपालमा उद्योग खोल्न जापानलाई चेम्बरको आग्रह
काठमाडौं, जेठ १८ गते। नेपाल चेम्बर अफ कमर्सले औद्योगिक लगानीका लागि जापान समक्ष आग्रह गरेको छ। उद्योग, जलविद्युत, सडक तथा पर्यटनको क्षेत्रमा लगानीको वातावरण बनाउन चेम्बरले जापानसँग आग्रह गरेको हो। नेपालका लागि जापानी राजदूत किकुता युताकासँग बुधबार भएको भेटवार्तामा चेम्बरका अध्यक्ष राजेन्द्र मल्ले जापानी लगानीको सुरक्षाका लागि आफूहरुले सरकारसँग पहल गर्नेसमेत बताउनुभएको छ। जापानसँग मुलुकको व्यापार घाटा कम गर्ने सन्र्दभमा अध्यक्ष मल्लले नेपालमा खपत हुने वस्तु र अन्तर्राष्ट्रिय रुपमा बढी माग हुने वस्तुहरुको नेपालमै उद्योग खोल्न राजदूत समक्ष आग्रह गर्नुभयो। “वैदेशिक लगानीको सुरक्षाका लागि नेपालले पछिल्लो समय नीतिगत तहमा थुप्रै सुधार गरेको छ, आगामी वर्षको बजेटमा सरकारले ५० वर्षसम्म जग्गा भाडामा उपलब्ध गराउने घोषणा गरेको छ, जापानको लगानी सुरक्षाका लागि हामी प्रतिबद्ध छौँ,” अध्यक्ष मल्लले भन्नुभयो।अध्यक्ष मल्लले जापानसँग मुलुकको व्यापार घाटा कम गर्ने सन्दर्भमा नेपालमा खपत हुने वस्तु र अन्तर्राष्ट्रिय रुपमा बढी माग हुने वस्तुको नेपालमै उद्योग खोल्न राजदूत समक्ष आग्रह गर्नुभयो। नेपालमा जग्गाको मूल्य र श्रमको लागत सस्तो पर्ने भन्दै अध्यक्ष मल्लले जापानी लगानीमा उद्योग खोलेर भारत, चीन जस्ता राष्ट्रमा व्यापार गर्न राजदूतसमक्ष आग्रह गर्नुभयो।‘‘नेपाल र जापानबीचको कूटनीतिकसम्बन्ध स्थापना भएको ६६ वर्ष पूरा भएको छ, जापानले जाइकालगायत आफ्ना विभिन्न दातृ निकायमार्फत नेपाललाई आर्थिक र प्राविधिक सहयोग गर्दै आएको छ, दुई मुलुकबीच आर्थिक सम्बन्ध पनि उच्च छ, यसलाई व्यावसायिक गतिविधिमार्फत हामी अझै अघि बढाउन चाहान्छौँ”, उहाँले भन्नुभयो।सरकारले बजेटमार्फत कृषिलाई उच्च प्राथमिकतामा राखेको बताउँदै अध्यक्ष मल्लले नेपालको कृषि क्षेत्रमा जापानी प्रविधि भित्र्याउनका लागि पहल गरिदिन पनि राजदूतसँग आग्रह गर्नुभएको छ। भेटमा राजदूत युताकाले नेपाल र जापानबीचको दुईपक्षीय सम्बन्ध ऐतिहासिक भएको बताउनुभयो। राजदूत युताकाले भन्नुभयो, “दुई देशबीचको सम्बन्ध बलियो छ, यसलाई हामी नागरिकको तहबाट थप नजिक ल्याउन चाहान्छौँ।”उहाँले नेपालसँग आर्थिक र सामाजिक सबै तहमा सहकार्य जारी रहने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो। राजदूतले नेपाल सरकारलाई जापान सरकारको तर्फबाट र आफ्ना दातृ निकायमार्फत् लामो समयदेखि सहयोग हुँदैआएको बताउँदै आगामी दिनमा पनि यस्ता सहयोग जारी रहने बताउनुभयो।जपानको लगानी भित्र्याउनका लागि नेपालले आफ्नो अन्तर्राष्ट्रिय प्रतिस्पर्धी क्षमतामा सुधार गर्नुपर्ने राजदूत युताकाको भनाइ छ।
भू–उपयोग नियमावली कार्यान्वयनका लागि प्रतिबद्ध छौं : मन्त्री श्रेष्ठ
भूूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले भू–उपयोग नियमावली, २०७९ कार्यान्वयनका लागि मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभएको छ ।
कामु प्रधान न्यायाधीश कार्की हुुम्लामा
सर्वोच्च अदालतका कायम मुकायम प्रधान न्यायाधीश दिपककुुमार कार्की पहिलो पटक हुुम्ला आइपुुग्नुु भएको छ । बुधवार बिहान नेपाली सेनाको हेलिकोप्टरमा मुुगुुबाट आउनुभएको हो । हुुम्ला जिल्लाका जिल्ला न्यायाधीश जगतबहादुुर पौडेलकाअनुसार प्रधान न्यायाधीश कार्की जिल्ला आउनुभएको हो ।
दुर्घटनामा एक जनाको मृत्यु
संखुवासभाको खाँदबारी नगरपालिका १० घर भई हाल धनकुटा बस्ने बर्ष २४ का पुरन राईको धनकुटामा मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ । बुधबार विहान धनकुटाबाट धरानतर्फ जाँदैगरेको मे ६ प १७५६ नम्बरको मोटरसाइकल धनकुटा नगरपालिकास्थित वडा ६ मा अनियन्त्रित भई दुर्घटना भएको राईको अस्पताल पुग्नेवित्तिकै मुत्यु भएको हो ।