सामुदायिक विद्यालयमा पाठ्यपुस्तक अभाव
पूर्वी नवलपरासीका सामुदायिक विद्यालयमा पाठ्यपुस्तक अभाव भएको छ । नयाँ शैक्षिकसत्र सुरु भएकोे तीन साता बितिसक्दा पनि हालसम्म विद्यार्थीहरुले पर्याप्त पाठ्यपुस्तक पाएका छैनन् ।
नेपाल–भारत जमुनाहा नाकामा सुरक्षा व्यवस्था कडा
सिराज खान नेपालगञ्ज, जेठ १६ गते । यहाँस्थित नेपाल–भारत सीमाको जमुनाहा नाकामा एक्कासि सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ । सो नाकाबाट ठूलो परिमाणको लागु औषधसहित साना हातहतियारसमेत भित्रिन सक्ने आशङ्कामा नाकामा सुरक्षा व्यवस्था कडा पारिएको इलाका प्रहरी कार्यालय, जमुनाहाले जनाएको छ । नाकामा सुरक्षा कडा० गर्ने दुबै देशका सुरक्षा अधिकारीबीच भएको सहमति र नेपालगञ्ज भित्रिने भारतीय साना गाडीबाट अवैध हातहतियार भित्रिन सक्ने आशङ्कालाई मध्यनजर गरी सुरक्षा कडा पारिएको इलाका प्रहरी कार्यालय, जमुनाहाका इन्चार्ज वरिष्ठ सई माधवप्रसाद रिजालले बताउनुभयो । विगतबाटै लागू औषध भित्र्याउने कार्य धेरै हुँदै आएकाले सो नियन्त्रण गर्नुका साथै अन्य प्रकारका गैरकानूनी सामान भित्रिन नदिन नाकामा कडाइ गरेर भारतबाट आउने सवारी साधनमाथि निगरानी बढाइएको उहाँले बताउनुभयो । इलाका प्रहरी कार्यालय, जमुनाहाका इञ्चार्ज वरिष्ठ सई रिजालले नाकामा चेकजाँचमा कडाई गर्नुका साथै आवागमन गर्ने सर्वसाधारण र भारतीय पर्यटकसँग राम्रो व्यवहार गर्न मातहतका प्रहरीलाई निर्देशन दिएको बताउनुभयो । उहाँले सीमापारि गएर घरायसी सामान किनमेल गर्ने नामबाट पनि तस्करी बढ्दै गएको पाइएको जनाउँदै त्यसमा पनि नियन्त्रण गर्ने कार्य शुरु गरिएको बताउनुभयो । सीमापारीको रुपैडिहा बजारमा लागूऔषध खुला रुपमा विक्री हुने गरेकाले सो सेवन गर्न तथा खरिद गर्न दैनिक ठूलो संख्यामा नेपाली युवा रुपैडिहा पुग्ने गरेको हुँदा उक्त कार्य रोक्न पनि निगरानी कडा पारिएको प्रहरीले जनाएको छ । दैनिक रुपमा सीमापारि गएर आउने व्यक्तिहरुको पनि पहिचान गर्न र उनीहरुलाई कडा रुपमा सोधपुछ गर्दै चेकजाँच गर्न मातहतका प्रहरीलाई निर्देशन दिएको वरिष्ठ सई रिजालले बताउनुभयो । नेपालतर्फको जमुनाहा नाकामा चेकजाँच कडा पारिएपछि भारतीय सुरक्षा निकाय एसएसबीले पनि चेकजाँच कडा गर्दै गएको जमुनाहा प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक कुलबहादुर विकले बताउनुभयो । उहाँले नाकाबाट आउजाउ गर्ने दुवै देशका नागरिकको चेकजाँचमा भारतीय सुरक्षाकर्मीले पनि कडाइ शुरु गरेको पाइएको बताउनुभयो । यसअघि स्थानीय तहको निर्वाचनको समयमा पनि नाकाको सुरक्षा व्यवस्था कडा पार्नुका साथै खुला रहेको सबै नाकामा थप सुरक्षाकर्मी परिचालन गरिएको थियो ।
त्रियुगा प्रमुखमा नेपाली कांग्रेस, उपप्रमुखमा एमालेका उम्मेदवार विजयी
जिल्ला सदरमुकाममा रहेको उदयपुरको त्रियुगा नगरपालिकाको प्रमुखमा बहुमत वडाध्यक्ष् सहित इतिहासमै पहिलोपल्ट नेपाली काँग्रेसले विजय प्राप्त गरेको छ । नेपाली काँग्रेसका उम्मेदवार वसन्तकुमार बस्नेतले दुईहजार ८६ मतको अन्तरले एमालेका उम्मेदवार भागवत राउतलाई पराजित गर्दै उहाँ नगर प्रमुखमा विजयी हुनुभएको हो ।
कर्णालीमा छैन रासायनिक मल, रित्तै छ गोदाम
मानो रोपेर मुरी उब्जाउने सिजन शुरु भइसकेको कर्णाली प्रदेशमा रासायनिक मलको अभाव भएको छ । कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेतमा अहिले एक सय ५० टन डीएपी र १० टन पोटास मल मात्रै मौज्दात रहेको छ । युरिया मल राख्ने गोदाम भने रित्तै छ ।
घाइते वडा सभापति भण्डारीलाई सुर्खेत लगियो
नेपाली काँग्रेस अदानचुली गाउँपालिका– २ का वडा सभापति रतन भण्डारी कुटपिटबाट गम्भीर घाईते हुनु भएपछि उपचारका लागि उहाँलाई जिल्ला बाहिर सुर्खेत रिफर गरिएको छ । गाउँपालिकाको स्वास्थ्य चौकीमा उहाँको उपचार हुन नसक्ने भएपछि स्वास्थ्यकर्मीले उहाँलाई जिल्ला बाहिर रिफर गर्नुभएको हो ।
मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन/चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने भएको छ ।
रसुवामा चोरीका घटना बढ्दै
रसुवामा शृङ्खलाबद्ध रुपमा चोरीका घटना भएका छन् । गत वैशाख पहिलो हप्तादेखि चोरीको घटनामा बढोत्तरी भएको देखिएको छ । जिल्लामा करिब दुई दर्जनभन्दा बढी घर, सहकारी, वडा कार्यालय, स्वास्थ्य संस्था लगायतमा चोरी भएको छ ।
सवारी लाइसेन्सको नयाँ आवेदन आज साँझदेखि
सवारी चालक अनुमति पत्र (लाइसेन्स)को नयाँ आवेदन प्रणाली सोमबार साँझदेखि सुरु गरिने भएको छ । यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै आज साँझ ६ बजेदेखि सवारी चालक अनुमति पत्रको नयाँ अनलाइन आवेदन प्रणाली सुरु गर्न लागिएको जानकारी गराएको हो ।
लिमीको स्रोत केन्द्रमा ११४ चौरी थपिए
नाम्खा गाउँपालिका–६ को लिमीको चौरी स्रोत केन्द्रमा ११४ वटा चौरी थपिएका छन् । चौरी पालनको राम्रो सम्भावना भएको लिमीमा तीन वर्षअघि चौरी पालन स्रोत केन्द्र स्थापना गरेर चौरी थप्ने कार्य जारी रहेको हो ।