जनकपुरधामका अतिक्रमित जग्गा कानुनी रुपमा खाली गराइने
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २३ स्थित गुठी संस्थानअन्तर्गत बेलाकुट्टीको जग्गामा बनाइएका टहरा तथा भवन हटाउन वडा कार्यालयले सूचना जारी गर्ने भएको छ ।
टिपर दुर्घटना हुँदा चार जनाको मृत्यु
बेलिना थापा लमजुङ, जेठ १५ गते। लमजुङको मध्यनेपाल नगरपालिका ७ कोइलिनेमा टिपर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। कल्याङबेंसीबाट रामबजारतर्फ आउँदै गरेको बा ४ ख ७७८१ नम्बरको टिपर कोइलिनेमा दुर्घटना भएको प्रहरीले जनाएको छ। आइतबार दिउँसो अन्दाजी ३ बजेतिर दुर्घटना हुँदा चार पुरुषको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।इलाका प्रहरी कार्यालय भोर्लेटारका प्रहरी निरीक्षक लक्ष्मण पचभैयाका अनुसार टिपर सडकबाट अन्दाजी ३० मिटर तल खसेको हो। मृत्यु हुने मध्यपहाडी लोकमार्गमा कार्यरत कामदार छन्। मृत्यु हुनेमा चालक धादिङको गजुरी नगरपालिका ६ का २६ वर्षीय आकाश घिमिरे छन्। टिपरले च्यापिएका अन्य तीन जनाको सनाखत हुनसकेको छैन।
भूमिहीन र अव्यवस्थित बसोवासीलाई लालपुर्जा वितरण गर्ने तयारी
राष्ट्रिय भूमि आयोग पाल्पाले सुकुमवासी, दलित, भूमिहीन तथा अव्यवस्थित बसोवासीलाई लालपुर्जा वितरण गर्न काम अगाडि बढाएको छ ।
पाँच कैदीबन्दी जेलमुक्त
ओखलढुङ्गामा पाँच जना कैदीबन्दी जेलमुक्त भएका छन् । गणतन्त्र दिवसको अवसरमा आइतबार पाँच कैदीबन्दी जेलमुक्त भएका हुन् ।
बजेट भाषणको ब्रिफकेस बोकेर अर्थमन्त्री शर्मा संसद् भवनमा
आइतबार दिउँसो ४ बजे आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुतिका लागि अर्थमन्त्री जनार्दन शर्मा संघीय संसद् भवनमा प्रवेश गर्नुभएको छ।
सङ्घीय संसद्को संयुक्त बैठकमा ४ बजे बजेट भाषण
आइतबार दिउँसो ४ बजे आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक हुँदैछ।सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को राजस्व र व्यायको वार्षिक अनुमान सार्वजनिक गर्न लाग्नुभएको हो।
बागलुङ नगरपालिकामा नयाँ सडक खन्न निषेध
बागलुङ नगरपालिकामा बागलुङमा नवनिर्वाचित जनप्रतिनिधिले नगर क्षेत्रको कुनै पनि स्थानमा नयाँ सडक विस्तार गर्न कामलाई निषेध गरेका छन् ।
हराएकाे विमान खोजीका लागि नेपाली सेनाको हेलिकोप्टर सम्भावित क्षेत्रमा
पोखरादेखि जोमसोम उडेको तारा एयरको जहाज सम्पर्कविहीन भएपछि खोजी कार्य जारी छ । जहाज खोजीका लागि दुर्घटना आशङ्का रहेको क्षेत्रमा नेपाली सेनाको हेलिकोप्टर पोखराबाट मुस्ताङतर्फ उडेको छ ।
घोडाघोडीमा असुरक्षा बढ्दै, स्थानीयद्वारा सुरक्षा माग
चाँदनी आचार्यघोडाघोडी (कैलाली), जेठ १५ गते । जैविक विविधताले महत्वपूर्ण विश्व सिमसार क्षेत्र घोडाघोडी तालमा दिन प्रतिदिन असुरक्षा बढ्दैगएको भन्दै स्थानीयले सरकारसँग सुरक्षा व्यवस्था माग गरेका छन् । करिब २७ सय हेक्टर क्षेत्रफलमा फैलिएको घोडाघोडी ताल वरपर सामुदायिक वन छ । पर्यटकीय क्षेत्रको रुपमा परिचित घोडाघोडी तालमा दिनप्रतिदिन घुम्न आउनेको संख्या बढेसँगै उक्त क्षेत्रमा दिउँसै लुटपातका घटना हुन थालेपछि सुरक्षा चुनौति बढ्दैगएको स्थानीयको भनाई छ । घोडाघोडी सामुदायिक वनका अध्यक्ष दिपक शाहले महेन्द्र राजमार्गसँग जोडिएको घोडाघोडी ताल धार्मिक तथा पर्यटकीय महत्व बोकेको क्षेत्रमा हिजोआज मदिराजन्य पदार्थ विक्रिवितरण हुन थालेपछि विकृति बढ्दैगएको बताउनुभयो । धार्मिक क्षेत्रमा खुलेआम मदिरा विक्री वितरण हुँदा कसैको ध्यान नगएको उहाँले बताउनुभयो । घोडाघोडी हिजोआज लागुपदार्थ दुव्र्यशनको अखडा बन्दैगएको समेत स्थानीयले बताएका छन् । स्थानीय मैना ढकालले लागुपदार्थ सेवन गर्ने र दिनभर ताल वरपर बरालिने यु्वाबाट नै घोडाघोडीमा घुम्न आउनेहरुको मोवाईल गरगहना लुटपात हुनेगरेको बताउनुभयो । विश्व रामसार सूचीमा सूचीकृत भएर सन् २००३ देखि विश्व सिमसार क्षेत्रको रुपमा घोडाघोडी तालको पहिचान हुदै आएपनि यस क्षेत्रको सुरक्षालगायत संरक्षणको क्षेत्रमा सरकारले खासै चासो दिन नसकेको स्थानीयको आरोप छ । तालको मुख्य द्वारमा विकासका केही काम भएजस्तो देखिए पनि तालको क्षेत्रफल साँघुरै जानु, तालमा पानी सुक्दै जानु, ताल पुरिदै जानुले जैविक विविधता संकटमा पर्ने सम्भावना रहेको विज्ञहरु बताउँछन् ।घोडाघोडीमा ईको टेल रिर्सोट सञ्चालक तथा पर्यटन व्यवसायी डबल शाहले घोडाघोडीमा बढ्दैगएको असुरक्षाका कारण एक पटक घुम्न आएको मानिस अर्को पटक घुम्न आउने बातावरण नबनेको बताउनुभयो । विगतदेखि नै असुरक्षा बढ्दैगएको भन्दै स्थानीयले घोडाघोडीमा प्रहरी विटको माग गर्दै आएकाछन् । ईलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायव उपरीक्षक लक्ष्मणबहादुर शाहीले घोडाघोडीमा सुरक्षा व्यवस्था खाँचो रहेको बताउँदै स्थानीय सरकारले सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो ‘म आएको एक बर्ष पनि भएको छैन, यहाँ लागु पदार्थका ५१ वटा मुद्दा दर्ता भएका छन् । घोडाघोडीमा लुटपात मच्चाउने पनि तिनैमध्ये पर्छन् । वाबुआमा नभएका, निम्नबर्गीय परिवारका भर्खरका केटाहरु बढी घटनामा संलग्न छन् ।’