• ८ मंसिर २०८१, शनिबार

सिस नेपाल सुर्खेतका अध्यक्षविरुद्ध १३ लाखको भ्रष्टाचार मुद्दा

blog

काठमाडौं, जेठ १८ गते। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल नागरिक समाज (सिस नेपाल) सुर्खेतका तत्कालीन अध्यक्ष ओमप्रकाश लामिछानेविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। 

बुधबार आयोगले अध्यक्ष लामिछाने र  सामाजिक परिचालक यामलाल घिमिरे उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेर भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरेको हो। 

सुर्खेतको गढी, लेखगाउँ, कुनाथरीमा दिगो आय आर्जन व्यवसायिक अदुवा खेतीको लागि तालिम, गोष्ठी र अभिमुखीकरण जस्ता कार्यक्रम गरेको भन्दै नक्कली बिल भरपाई बनाई रकम भुक्तानी लिएर भ्रष्टाचार गरेको भन्दै  आयोगले मुद्दा दायर गरेको हो। 

आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार अध्यक्ष लामिछाने र सामाजिक परिचालक घिमिरेविरुद्ध १३ लाख ३७ हजार बिगो दाबी गर्दै विशेष अदालत, काठमाडौंमा मुद्दा दायर भएको हो।