अढाई दशकपछि दैजीछेला औद्योगिक क्षेत्रको कार्यालय स्थापना
अढाई दशकपछि अन्ततः सुदूरपश्चिमवासीको सपना साकार हुने भएको छ । प्रक्रियागत उल्झनका कारण लामो समयदेखि अलपत्र परेको कञ्चनपुरको दैजीछेला औद्योगिक क्षेत्र स्थापना हुने भएको छ ।
बाह्र नाउर र आठ झारलको शिकार अनुमति
नवीन शिशिर विकबागलुङ, फागुन ९ गते । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले ढोरपाटन शिकार आरक्ष केन्द्रमा दोस्रो यामको शिकार पर्यटकका लागि बाह्र नाउर र आठ झारलको शिकार अनुमति दिएको छ । विभागले सार्वजनिक सूचनामार्फत शिकार गर्न इच्छुक शिकारीका लागि दरभाउपत्र आह्वान गरेको हो । १५ दिनभित्र पेश हुने प्रस्तावबाट बढीबढाउका आधारमा शिकार कम्पनीले नाउर, झारल र बँदेलको शिकार अनुमति पाउनेछन् । विभागका अनुसार आरक्षमा तोकिएको ब्लक र निर्धारण गरिएको कोटाको आधारमा प्रतिस्पर्धाबाट नाउर, झारल र बँदेलको शिकार गरिनेछ । यस सिजनमा नेपाली नागरिकका लागि ७ बँदेल र विदेशी नागरिकका लागि ४ बँदेल गरी जम्मा ११ वटा बँदेल शिकार कोटा तोकिएको आरक्षका प्रमुख संरक्षण अधिकृत वीरेन्द्र कँडेलले जानकारी दिनुभयो ।ढोरपाटन नेपालको एक मात्र शिकार आरक्ष हो । यहाँ कात्तिक–मङ्सिर र फागुन–वैशाख गरी दुई सिजनमा शिकारको हुन्छ । आरक्षले शिकारको अनुमति दिएको सङ्ख्या, पर्यटक र उनीहरुको गतिविधिलाई नियमनको काम गर्छ । नेपालमा दुई याममा गरी सामान्यतया दुई दर्जन नाउर र एक दर्जन झारलको शिकार हुनेगरेको छ ।आरक्षमा कुल ६ वटा ब्लक छन् । ब्लकअनुसार मूल्य फरक फरक पर्छ । पर्यटकले शिकार गरेको जनावरको सिङ, छाला, खप्परजस्ता अङ्ग भने आफ्नै देश लैजान्छ । विभागले यस वर्षको पहिलो शिकार यामका लागि ८ नाउर र ५ झारलको शिकार अनुमति दिएको थियो । तीमध्ये पाँच नाउर र चार झारलको मात्रै शिकार भएको थियो । अघिल्लो याममा शिकार नभएका नाउर र झारलसमेतलाई थप गरेर वर्षको दोस्रो याममा शिकार अनुमति दिन लागिएको हो । पहिलो शिकार याममा कुनै पनि नेपाली र विदेशीले शिकारका लागि चासो नदेखाए पनि दोस्रो याममा बनेलको शिकारका लागि प्रस्ताव आव्हान गरिएको छ । नाउर र झारलको अनुमति लिएका विदेशीले निःशुल्क बनेलको शिकार गर्न पाउनेछन् । बागलुङ, रुकुम र म्याग्दी जिल्लामा फैलिएको आरक्षणमा ३२ प्रजातिका स्तनधारी जनावर पाइन्छन् । प्रमुख जनावर नाउर, झारल, थार र हिमाली भालु हुन् । यहाँ दुर्लभ एवं संरक्षित पंक्षीको सूचीमा परेका डाँफे, मुनाल, चिरलगायत १६४ प्रजातिका चरा पाइन्छन् । आरक्षलाई सुनदह, सेङ, दोगाडी, बार्से, फागुने, सुर्तिबाङ र घुस्तुङ ७ ब्लकमा विभाजन गरी शिकार खेल्न दिने व्यवस्था छ । यहाँ लिखित अनुमति लिएर तोकिएको समय र क्षेत्रमा तोकिएको जनावरको शिकार गर्न पाइन्छ । आरक्षमा व्यवस्थित शिकारको व्यवस्था मिलाइएका कारण राष्ट्रले विदेशी मुद्रा आर्जन गर्न पाएको छ । स्थानीय स्तरमा पर्यटन विकास भएको कार्यालय प्रमुख कँडेलले बताउनुभयो । व्यवसायिक विदेशी शिकारीका लागि यो आरक्ष एक प्रमुख गन्तव्य हो ।
कर्णालीमा बालगृह नहुँदा समस्या
कर्णाली प्रदेशमा बालगृह नहुँदा जेल सजाय भोगिरहेका आमाबुबासँग दश जना बालबालिकाले कारागारमा आश्रित जीवन बिताइरहेको पाइएको छ । मानव अधिकारका क्षेत्रमा काम गर्दैआएको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णालीद्वारा प्रकाशित मानव अधिकार वर्ष पुस्तक– २०२३ मा बालबालिकाहरू विभिन्न आपराधिक घटनामा जोडिएका बाबुआमासँगै कारागारमा बस्नेगरेको पाइएको हो ।
नयाँ परिवेशमा गोरखापत्रले आफूलाई रूपान्तरण गर्नुपर्छ : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले गोरखापत्रले आफ्ना प्रकाशनहरूलाई थप परिष्कृत र पठनीय बनाउँदै लैजानुपर्ने बताउनुभयो।
बिर्तामोडमा एक युवकद्वारा आत्मदाहको प्रयास
झापाको बिर्तामोडमा मङ्गलवार एक युवकले आत्मदाहको प्रयास गरेका छन् । बिर्तामोड नगरपालिका–७ का ३४ वर्षीय विजय चौधरीले दिउँसो साढे ४ बजे आफैँ शरीरमा पेट्रोल छर्केर आत्मदहको प्रयास गरेका हुन् ।
नेपाल टेलिकमको सह–प्रवक्तामा उपप्रबन्धक भट्टराई
नेपाल टेलिकमले सह–प्रवक्ता पदमा उपप्रबन्धक परमात्मा भट्टराईलाई तोकेको छ । कम्पनीको केन्द्रीय कार्यालयस्थित प्रमुख व्यावसायिक अधिकृतको कार्यालयमा कार्यरत उपप्रबन्धक भट्टराईलाई कम्पनीको सह–प्रवक्ता तोकिएको प्रवक्ता शोभन अधिकारीले आज (मङ्गलबार) जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
राष्ट्रपति भण्डारी बागलुङ आउनुहुँदै
राष्ट्रपति विद्यादेवी भण्डारी बागलुङमा धार्मिक भ्रमणका लागि आउनुहुने कार्यक्रम तयार भएको छ । राष्ट्रपति भण्डारीले प्रसिद्ध धार्मिक स्थल बागलुङ कालिका भगवती मन्दिर दर्शनका लागि भोलि (बुधबार) बागलुङ आउनुहुने क्रम तय भएको हो ।
साझा प्रकाशनका महाप्रबन्धक पोखरेलको राजीनामा स्वीकृत
साझा प्रकाशन सहकारी संस्था लिमिटेडको सञ्चालक समितिले महाप्रबन्धक प्रह्लाद पोखरेलको राजीनामा स्वीकृत गरेको छ । दुईवर्षे कार्यकालका लागि नियुक्त पोखरेलले छ महिना समय बाँकी हुँदा तीन साताअघि पदबाट राजीनामा दिनुभएको थियो ।
एमाले सत्ता गठबन्धन टुटाउने पक्षमा छैन : नेता भट्टराई
नेकपा (एमाले) का सचिव योगेश भट्टराईले सत्ता गठबन्धन टुटाउने पक्षमा एमाले नरहेको बताउनुभएको छ । मङ्गलवार प्रेस चौतारी दैलेखले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा भट्टराईले एमाले गठबन्धन तोड्ने बिजनेस नगर्ने बताउनुभएको हो ।