मधेशका ११ जना पत्रकारलाई दीर्घ सेवा सम्मान
लामो समय पत्रकारिता क्षेत्रमा कार्यरत मधेश प्रदेशका ११ जना पत्रकार दीर्घ सेवा सम्मानबाट सम्मानित हुनुभएको छ । मंगलबार जनकपुरधाममा आयोजित प्रेस युनियन प्रदेश कार्यसमिति पदस्थापन समारोहको अवसरमा सम्मानित हुनुभएको हो ।
माझी समुदायले धूमधाम मनाए लदिपूजा (फोटोफिचर)
माझी समुदायको मुख्य पर्व लदिपूजा अर्थात कोशीपूजा गरेर धनकुटाका माझी समुदायले धूमधामका साथ मनाएका छन् । प्रत्येक बर्षको फागुन महिनाको तेस्रो मंगलबार पहाडी माझी समुदायमा आफ्नो महत्वपूर्ण पर्व लदिपूजा गर्ने गरेका छन् ।
आत्मरक्षाका लागि प्रशिक्षण लिँदै विद्यालयका किशोरी
झापाको कमल गाउँपालिकाले माध्यमिक तहमा अध्यनरत किशोरीलाई लक्षित गरी ‘किशोरी आत्मरक्षा तालिम’ सुरु गरेको छ । एकान्तमा हिड्दा होस् या जुनसुकै समयमा पनि आफु्माथि आक्रमण भएको अवस्थामा उनीहरुले आफ्नो सुरक्षा आफै गर्न सक्नेगरी तालिममा सीप सिक्न लागेका हुन् ।
राष्ट्रपति पदका दुवैजनाको उम्मेदवारी कायम
राष्ट्रपति पदका उम्मेदवारको अन्तिम नामावली मंगलबार अपरान्ह प्रकाशित भएको छ ।
सबै खाले तथ्याङ्क चोरी हुने खतरा छ : डा. आरजु राणा
नेपाली काँग्रेसका सांसद एवं नेत्री आरजु राणा देउवाले नेपाली सेनाको डिजिटल अभिलेखमा छिद्र रहेको खबर आफूले पाएको बताउनुभएको छ ।
‘प्रादेशिक अस्पतालको स्वामित्व फेरिँदा पनि सुधार सुस्त’
तत्कालीन प्रादेशिक अस्पताललाई मधेश प्रदेश सरकारको महत्त्वपूर्ण गौरवको आयोजना मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहत ल्याउँदा यहाँकोस्वरुप र शैली नै फेरिने अपेक्षा थियो ।
नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज (मङ्गलबार) झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक तीन दशमलव ८१ अङ्कले ओरालो लागेर दुई हजार १९ दशमलव ७३ मा सीमित भएको छ ।
नयाँ राष्ट्रिय बालबालिका नीतिको मस्यौदा तयार
नेपाल सरकारले राष्ट्रिय बालबालिका नीति, २०७९ को मस्यौदा तयार गरेको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले बालबालिका नीति, २०६९ लाई खारेज गरी बालअधिकार र बालसंरक्षणका लागि नयाँ र समयसापेक्ष नीति ल्याउन लागेको हो ।
विश्व बैंकको सय मिलियन डलर ऋण सम्झौतालाई अन्तिम रुप दिन वार्ता समिति गठन गर्ने
सरकारले नेपाल गुणस्तरीय स्वास्थ्य सेवा प्रणाली कार्यक्रमका लागि विश्व बैङ्कबाट प्राप्त हुने १०० मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण सहायकसम्बन्धी सम्झौतालाई अन्तिम रूप दिन वार्ता टोली गठन गर्ने निर्णय गरेको छ ।