नारायणी नदिमा हाम फालेका युवकको सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार
चितवनको भरतपुर महानगरपालिका–३ पुल्चोकस्थित पुलबाट नारायणी नदिमा हाम फालेका एक युवकलाई सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।
जनमत पार्टी सरकारबाट बाहिरिने अवस्था छैन : अध्यक्ष राउत
जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले आफूहरु सरकारबाट नबाहिरिने बताउनुभएको छ । मङ्गलबार काठमाडौंमा आयोजित विद्यार्थी संघको केन्द्रीय बैठक तथा प्रशिक्षण कार्यक्रमपछि सञ्चारकर्मीसँग कुराकानी गर्नुहुँदै अध्यक्ष राउतले जनमत पार्टी सरकारबाट नबाहिरिने बताउनुभएको हो ।
एकीकृत प्रणालीमार्फत सरकारी निकायका सूचना प्राप्त गर्न सकिन्छ : सञ्चारमन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सबै सरकारी निकायका आ–आफ्नै वेबसाइटहरु हुने र सर्वसाधारणले सूचना खोज्न पनि झन्झटिलो हुने भएकाले अब एकै प्रणालीमार्फत सरकारी निकायको सूचनाहरु पाउन सकिने अवस्था आएको बताउनु भयो ।
मौलिक चाडपर्वले नयाँ उमङ्ग र उत्साह पैदा गरेको छ : प्रधानमन्त्री
माझी समुदायको लदी पर्वका अवसरमा शुभकामना सन्देश दिनुहुँदै प्रधानमन्त्री प्रचण्डले माझी जाति परम्परागत रूपमा पानीसँग नै रमाउँदै र जिउँदै आएको एक विशिष्ट पहिचान भएको जातिका रुपमा उल्लेख गर्नुभएको छ ।
सन् २०२६ सम्म नेपाल जलविद्युतमा आत्मनिर्भर बन्छ : निर्देशक घिसिङ
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जलविद्युतमा नेपाल सन् २०२६ सम्म आत्मनिर्भर बन्ने बताउनुभएको छ ।
एकीकृत वेबसाइट व्यवस्थापन प्रणाली लागू
सरकारले एकीकृत वेबसाइट व्यवस्थापन प्रणाली तथा वेब मनिटरिङ प्रणाली सुरु गरेको छ । सञ्चार तथा सूचना प्राविधिमन्त्री रेखा शर्माले आज (मङ्गलबार) मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच उक्त प्रणालीको शुभारम्भ गर्नुभएको हो ।
बुधबारदेखि निर्वाचन आचारसंहिता लागू हुँदै
राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनको आचारसंहिता बुधबारदेखि लागू हुने भएको छ ।
विशेषज्ञ चिकित्सकहरूको सङ्ख्या १० हजार नाघ्यो
नेपालमा विशेषज्ञ चिकित्सकहरूको सङ्ख्या १० हजारभन्दा बढी पुगेका छन् । नेपाल मेडिकल काउन्सिलमा पुस १६ गतेसम्म दर्ता भएको तथ्याङ्क अनुसार नेपालमा विशेषज्ञ चिकित्सकहरूको सङ्ख्या १० हजार ८० पुगेको हो । यी मध्ये सात हजार ११० जना पुरुष र दुई हजार ९७० जना महिला रहेका छन् ।
सूर्यविनायक–धुलिखेल सडक विस्तारमा ढिलाइ
काभ्रेपलाञ्चोकलाई राजधानी काठमाडौँसँग जोड्ने अरनिको राजमार्गको सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तारको काममा थप ढिलाइ हुने भएको छ । करिब एक दशकदेखि नेपाल सरकारको प्राथमिकतामा परेर पनि विस्तार हुन नसकेको सूर्यविनायक–धुलिखेल सडकखण्डअन्तर्गतको १६ किलोमिटर सडकखण्ड चालू आर्थिक वर्षबाट सुरु गरिएको हो ।