• १२ साउन २०८१, शनिबार

मोटरसाइकल र स्कोरपियो ठोकिँदा दुई घाइते

blog

प्रतिकइच्छुक शर्मा

सल्यान, जेठ ६ गते  । सल्यानमा मोटरसाइकल र स्कोरपियो गाडी एक आपसमा ठोकिँदा दुई जना घाइते भएका छन् । आइतबार दिउँसो सल्यान शारदा नगरपालिका-१ पटनेरी स्थित खलङ्गा श्रीनगर सडकखण्डमा श्रीनगर देखि खलङ्गातर्फ जाँदै गरेको रा ७ प २४१७ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको बा १६ च ५५५० नम्बरको स्कोरपियो आपसमा ठोकिएको हो । 

जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी भवानी प्रसाद धमलाले ठक्करबाट मोटरसाइकल चालक सल्यान कपुरकोट गाउँपालिका-१ उनवाङ बस्ने १९ वर्षीय प्रेम क्षेत्री र मोटरसाइकल पछाडि सवार सोही ठाउँका ३१ वर्षीय राकेश क्षेत्री घाइते भएको जानकारी दिनुभयो । उहाँका अनुसार घाइते दुवैको श्रीनगर स्थित सल्यान कर्णाली अस्पतालमा उपचार भइरहेको र प्रेमको अवस्था मध्यम रहेको छ भने  राकेशको अवस्था सामान्य छ ।

स्कोरपियो, चालक र मोटरसाइकललाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।