• ८ मंसिर २०८१, शनिबार

नेपाल टेलिकमको सह–प्रवक्तामा उपप्रबन्धक भट्टराई

blog

काठमाडौं, फागुन ९ गते । नेपाल टेलिकमले सह–प्रवक्ता पदमा उपप्रबन्धक परमात्मा भट्टराईलाई तोकेको छ ।

कम्पनीको केन्द्रीय कार्यालयस्थित प्रमुख व्यावसायिक अधिकृतको कार्यालयमा कार्यरत उपप्रबन्धक भट्टराईलाई कम्पनीको सह–प्रवक्ता तोकिएको प्रवक्ता शोभन अधिकारीले आज (मङ्गलबार) जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख गरिएको छ । रासस