समयमै सूचना प्राप्त गरेमा मात्रै समाधानको रणनीति बनाउन सकिन्छ : गृहमन्त्री खाण
गृहमन्त्री बालकृष्ण खाणले सत्य तथ्य सूचना समयमै प्राप्त गरेमा मात्रै अकल्पनीय घटना घट्न नदिन र घटना घटिहालेमा पनि समस्या समाधानका लागि तत्काल रणनीति बनाउन सक्ने बताउनुभएको छ।
राष्ट्रपतिबाट जेठ ३ गतेका लागि संसद् अधिवेशन आह्वान
काठमाडौं, वैशाख २५ गते। राष्ट्रपति विद्यादेवी भण्डारीले २०७९ साल जेठ ३ गतेका लागि सङ्घीय संसद दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ। आइतबार राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा संसद् अधिवेशन आह्वान गर्नुभएको हो। राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार २०७९ साल जेठ ३ गते मङ्गलबार दिउँसो ४ बजेका लागि संघीय संसद्को दुवै सदनको अधिवेशन राष्ट्रपतिबाट आह्वान भएको हो।
प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्ड धनगढीमा
धनगढी, वैशाख २५ गते। नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ केही समयअघि धनगढी पुग्नुभएको छ। प्रधानमन्त्री देउवा धनगढी उपमहानगरपालिका-४ स्थित आफ्नै निवासमा बस्नुभएको छ। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड धनगढीको रुबस होटेलमा बस्नुभएको छ। प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सोमबार धनगढीको रङ्गशालामा हुने सत्ता साझेदार दलको चुनावीसभालाई सम्बोधन गर्न धनगढी पुग्नुभएको हो। सोमबार हुने चुनावीसभापछि प्रधानमन्त्री देउवा डडेलधुरा जाने कार्यक्रम रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता बेदप्रकाश जोशीले जानकारी दिनुभयो। माओवादी केन्द्रका अध्यक्ष दाहाल सोमबार नै कैलालीको हसुलिया, डोटी, र कञ्चनपुरको बेलौरीलगायत क्षेत्रमा हुने चुनावीसभालाई सम्बोधन गर्नुहुने सो पार्टीका नेता रमेश भट्टराईले जानकारी दिनुभयो। स्थानीय तहको निर्वाचन आउन केही दिन मात्र बाँकी रहँदा राजनीतिक दलका शीर्ष नेताको चुनावी दौडधुप पनि ह्वात्तै बढेको छ। रासस
‘उपलब्धिको रक्षाका लागि गठबन्धनले जित्नुपर्छ’
प्रधानमन्त्री शेरबहादुर देउवाले जनताको संघर्ष र त्यागबाट प्राप्त उपलब्धिको रक्षाका लागि गठबन्धनले जित्न आवश्यक रहेको बताउनुभएको छ।
मदिराजन्य पदार्थको बिक्री वितरण तथा सेवनमा रोक
स्थानीय तह निर्वाचनका लागि मदिराजन्य पदार्थको बिक्री वितरण तथा सेवनमा रोक लगाइएको छ।
मतदातालाई उत्साहित बनाउन सत्यतथ्य समाचार सम्प्रेषण गर्न आग्रह
गोरखापत्र अनलाइनकाठमाडौं वैशाख २५ गते । निर्वाचन आयोगका सहसचिव तुलसीबहादुर श्रेष्ठले वैशाख ३० गतेको आसन्न स्थानीय तह सदस्य निर्वाचन २०७९ सफल बनाउन सरकारी सञ्चार माध्यमको प्रभावकारी भूमिका निर्वाहका लागि निर्देशन गर्नुभएको छ । सरकारी सञ्चार माध्यमका प्रमुख तथा सम्पादकहरुसँग आइतबार आयोगमा छलफल गर्नुहुँदै उहाँले सो निर्देशन गर्नुभएको हो । मतदानको दिन आउन अव केही दिन मात्र बाँकी रहेका बेला मतदातामा सही तथा सत्यतथ्य सूचना प्रवाह गर्न आवश्यक रहेको उहाँले बताउनुभयो । मतदातालाई उत्साहित गर्ने र मत बदर हुन नदिनेगरी सञ्चारमाध्यममा सूचना प्रवाह गर्न उहाँले आग्रह गर्नुभयो । निर्वाचनका विषयमा केही समस्या र परिमार्जन गर्नुपर्ने विषय भए आयोगलाई तत्काल जानकारी गराउन पनि उहाँले आग्रह गर्नुभयो । त्यस्तै, आयोगका उपसचिव तथा सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले निर्वाचनलाई सफल बनाउन सरकारी सञ्चार माध्यमको भूमिका महत्वपूर्ण रहने बताउनुहुँदै बाँकी यस अवधिमा बढीभन्दा बढी निर्वाचनसँग सम्बन्धित समाचार सम्प्रेषण गर्न आग्रह गर्नुभयो । मतदाताका लागि सही र सत्यतथ्य समाचार प्रवाह भएमात्र मतदाताहरु लाभान्वित हुने उहाँले चर्चा गर्नुभयो ।छलफल कार्यक्रममा विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईले सञ्चार माध्यममा प्रकाशन तथा प्रशारण हुने विज्ञापन मार्फत आचारसंहिता उल्लङ्घन भए नभएकोबारे बोर्डले अध्ययन गरिरहेको बताउनुभयो । निर्वाचन सफल बनाउन निजी मिडियाको पनि ठूलो भूमिका रहने हुनाले थोरै भएपनि विज्ञापन उपलब्ध गराउन सके निजी मिडियालाई पनि राहत हुने उहाँले सुझाव दिनुभयो ।छलफल कार्यक्रममा नेपाल टेलिभिजन, गोरखापत्र, राष्ट्रिय समाचार समिति (रासस) तथा निर्वाचन आयोगका प्रतिनिधिहरुको सहभागिता थियो ।
२४ घण्टामा थप १७ जनामा कोरोना पुष्टि
पछिल्लो २४ घण्टामा थप १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
सर्लाहीको हरिवन तनावग्रस्त : पूर्व-पश्चिम राजमार्ग अवरुद्ध
पूर्व-पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको हरिवन बजार तनावग्रस्त बनेको छ।
ट्याक्टर पल्टिँदा एक युवकको मृत्यु
माला कर्णकल्याणपुर, वैशाख २५ गते । सप्तरीको बोदे बरसाइन नगरपालिका ७ मा आइतबार ट्याक्टर पल्टिदाँ एक युवकको मृत्यु भएको छ ।मृत्यु हुनेमा स्थानीयवासी १९ वर्षीय शिवकुमार पौदार रहेको प्रहरीले जनाएको छ।सोही ठाउँको (केराबारी) मा माटो लिएर फर्किँदै गरेको अवस्थामा प्रदेश २-०१-००१ त २००१ नम्बरको ट्याक्टर पल्टिएर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएका छन्।