भंगहा नगरपालिका मेयरमा लोसपा उपमेयरमा काँग्रेस विजयी
महोत्तरीको भंगहा नगरपालिकामा प्रमुखमा लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) नेपाल र उपमेयरयमा नेपाली काँग्रेस पार्टीका उम्मेदवार विजयी हुनुभएको छ । भंगहा नगरपालिकाको मेयरमा लोसपा नेपालका संजिव साह र उपमेयरमा नेपाली काँग्रेसका शान्तिकुमारी सिंह निर्वाचित हुनुभएको छ ।
सातै प्रदेशमा प्राविधिक शिक्षालय स्थापना गर्छाैं : श्रममन्त्री कृष्णकुमार श्रेष्ठ
कपिल ज्ञवालीसिद्धार्थनगर, जेठ ८ गते । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सातवटै मन्त्रालयमा प्राविधिक शिक्षालय स्थापना गर्ने भएको छ । शिक्षालय स्थापनाको लागि आवश्यक अध्ययनका लागि बुटवलस्थित कोरिया नेपाल बहुप्राविधिक शिक्षालयको मन्त्री कृष्णकुमार श्रेष्ठसहितको टोलीले अवलोकन गरेको छ । अवलोकनपछि मन्त्री श्रेष्ठले सात वटै प्रदेशमा प्राविधिक शिक्षालय स्थापना गर्ने सरकारको योजना रहेको बताउनुुभयो । उहाँले देशमै नमुना मानिएको शिक्षालयको अवलोकनपछि सातवटै प्रदेशमा यस्तो शिक्षालयको आवश्यकता झनै महसुस भएको बताउनुुभयो ।मन्त्री श्रेष्ठले आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेदेखि स्वदेश र विदेशमा सिपयुुक्त प्राविधिक जनशक्ति निर्माण गर्ने योजना अघि सारेको बताउनुुभयो ।मन्त्रालयका निमित्त सचिव एंव मन्त्रालयका प्रवक्ता डण्डुुराज घिमिरेले चाहेजति सिप दिन नसकेकाले त्यस्तो जनशक्ति निर्माणका लागि सात वटै प्रदेशमा प्रशिक्षण केन्द्रहरु स्थापनाका लागि अध्ययन अनुसन्धान गर्न कोरिया नेपाल बहुुप्राविधिक शिक्षालयको अवलोकन गरिएको बताउनुुभयो ।उक्त अवसरमा शिक्षालयका उपप्रमुख इञ्जिनियर किरण काफ्लेले डिप्लोमा इन इञ्जिनियरिङ कार्यक्रम अन्र्तगत अटोमोबाइल, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स, मेकानिकल र रिग्रेरिशन तथा एयर कन्डिशनका कक्षा सञ्चालनमा रहेको बताउनुुभयो । कोरिया नेपाल बहुुप्राविधिक शिक्षालयमा ८ सय विद्यार्थी अध्ययनरत छन् ।बुटवल १२ तामनगरमा रहेको कोरिया नेपाल बहुुप्राविधिक शिक्षालय अवलोकन । तस्वीर ः कपिल ज्ञवाली ।
तीन दिनदेखि चितवन अन्धकार
विद्युत अवरुद्ध हुँदा चितवन विगत तीन दिन देखि अन्धकारमय भएको छ । गत शुक्रवार पानीसँगै आएको हावाहुरीले विजुलीको पोल भाचेपछि अवरुद्ध भएको विजुली अझै मर्मत सुधार हुन नसक्दा चितवन अन्धकारमै बनेको हो ।
मकवानपुरमा 'पिकअप' दुर्घटना : चार जनाको मृत्यु
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा वडा नम्बर २ स्थित कुलेखानी ड्याम नजिक पिकअप गाडी दुर्घटन हुँदा चार जनाको मृत्यु भएको छ।
तीन दिनदेखि उच्च रक्तश्राव भएकी सुत्केरीको उद्धार
एक जना सुत्केरीको हेलिकोप्टरबाट उद्धार गरिएको छ। सुत्केरी भएको तीन दिनसम्म लगातार रक्तश्राव नरोकिएपछि हेलिकप्टरबाट उद्धार गरिएको हो।
विकास निर्माणको काम अवरुद्ध
निर्माण व्यवसायीको हडताल (कन्स्ट्रक्सन होलिडे)का कारण पूर्वाधार निर्माणको मुख्य समय (सिजन)मै विकास निर्माणको काम अवरुद्ध भएको छ । निर्माण सामग्रीको मूल्य तीन गुणासम्म बढेकाले सम्झौता भएका सम्पूर्ण आयोजनामा बढेको मूल्य समायोजन गर्नुपर्ने माग गर्दै निर्माण व्यवसायीले सम्पूर्ण निर्माण कार्य एक महिनादेखि बन्द गर्दै आएका छन् । बन्दका कारण करिब पाँच हजार ठेक्काको काम अवरुद्ध हुँदा चालू आर्थिक वर्ष २०७८/७९ मा पुँजीगत खर्चसमेत अवरुद्ध भएको छ ।
११ उपमहानगरपालिका : कहाँ कसको अग्रता ?
देशैभरमा ११ उपमहानगरपालिकामध्ये प्रमुखमा गठबन्धनका तर्फबाट मधेस प्रदेशको जीतपुर सिमरा र लुम्बिनी प्रदेशको नेपालगञ्ज गरी दुई उपमहानगरपालिका प्रमुखमा नेपाली कांग्रेस विजयी भइसकेको छ।
महिला हिंसासम्बन्धी भिडियोको छानबिन गर्न पाँच सदस्यीय समिति गठन
काठमाडौं, वैशाख ६ गते। गृह मन्त्रालयले केही दिनदेखि विभिन्न सामाजिक सञ्जालमा महिला हिंसा सम्बन्धमा प्रकाशित भिडियोबारे आफ्नो ध्यानाकर्षण भएको जनाएको छ।सो भिडियोबारे अनुसन्धान गरी आवश्यक कारबाही गर्न गृहमन्त्री बालकृष्ण खाणको निर्देशनमा प्रहरी प्रधान कार्यालयले पाँच सदस्यीय समिति बनाएको छ।प्रहरी वरिष्ठ उपरीक्षक वसन्त कुवरको नेतृत्वको समितिमा प्रहरी उपरीक्षक कृष्ण कोइराला, प्रहरी नायब उपरीक्षक कोपिला चुडाल, प्रहरी नायब उपरीक्षक हरि बस्नेत र प्रहरी निरीक्षक सपना खड्का रहनुभएको छ। समितिले शुक्रबारबाटै काम सुरु गरेको जानकारी पनि गृह मन्त्रालयले दिएको छ।
बलात्कारविरुद्ध कडा कानुन बनाउन डा. आरजुको अनुरोध
काठमाडौं, जेठ ६ गते। नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले बलात्कारसम्बन्धी कानून संशोधन गर्न संसद्लाई अनुरोध गर्नुभएको छ।उहाँले बलात्कारको कानून संशोधनका लागि समिति गठन गरेर संशोधनको प्रक्रिया जतिसक्दो चाँडै अघि बढाउन र उक्त कानून छिटो प्रक्रिया (फास्ट ट्रयाक) बाट पारित गर्न पनि संसद्लाई अनुरोध गर्नुभएको छ।यसबारे सामाजिक सञ्जालमार्फत् धारणा शुक्रबार सार्वजनिक गर्नुहुँदै डा. देउवाले भन्नुभएको छ, ‘‘बलात्कार सहेर बाँचेका महिलाले जीवनभर त्यसको चोट महसुस गर्छन्। उनीहरूका लागि जिन्दगीको सबैभन्दा त्रासद् क्षणमा पुगेर समयको घडी ठप्प रोकिएजस्तो हुन्छ।’’बलात्कारको पीडाबारे बोल्ने र कानूनी उपचार खोज्ने कुनै समय सीमा नभएको उहाँको भनाइ छ। डा. देउवाले न्यायको लडाइँ सुरु गर्ने साहस जुटाउन धेरै वर्ष लाग्नसक्ने बताउनुभयो। उहाँले भन्नुभएको छ, ‘‘अन्य राष्ट्रहरूले दशकौंपछि पनि बाल यौन दुराचारी र बलात्कारीमाथि अभियोग लगाउन र कानूनी कठघरामा ल्याउन अनुमति दिने समय सीमा रहेका कानूनहरू परिवर्तन गरेका छन्।’’बलात्कारको उजुरी दिने समय सीमाबारे प्रश्न गर्दै डा. देउवाले भन्नुभएको छ, ‘‘अपराध सबै अपराध नै हुन्, कुनै अपराधमा २० औं वर्षपछि पनि अभियोग लगाउन सकिन्छ भने बलात्कारीलाई एक वर्षभित्र अभियोग लगाउनुपर्ने समय सीमा किन ?’’नेपालले अब कानून परिवर्तन गर्दै समय सीमा हटाएर महिलालाई सुरक्षाको प्रत्याभूति दिन ढिलाइ गर्नु नहुने उहाँको भनाइ छ। ‘‘एकजना बैनीले आफूमाथि भएको बलात्कारको पीडाबारे सार्वजनिक रूपमा बोल्ने हिम्मत गरिन्, म उनको साहसलाई कदर गर्छु’’, उहाँले थप्नुभयो।यससम्बन्धी कानुनलाई शीघ्र पारित गर्न आग्रह गर्नुभएको छ। साथै उहाँले महिला हिंसाबाट बचाउन सम्बन्धित निकायलाई अनुरोधसमेत गर्नुभएको छ। उहाँले थप्नुभएको छ, ‘‘म नेपाल सरकार र विशेष गरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय महिला आयोगलाई बलात्कारको कानून संशोधनका लागि समिति गठन गरेर संशोधनको प्रक्रिया जतिसक्दो चाँडै अघि बढाउन र संसद्लाई उक्त कानून फास्ट ट्रयाकबाट पारित गर्न अनुरोध गर्दछु।’’