• १२ असार २०८१, बुधबार

तीन दिनदेखि उच्च रक्तश्राव भएकी सुत्केरीको उद्धार

blog

हुम्ला, जेठ ७ गते। एक जना सुत्केरीको हेलिकोप्टरबाट उद्धार गरिएको छ। सुत्केरी भएको तीन दिनसम्म लगातार रक्तश्राव नरोकिएपछि हेलिकप्टरबाट उद्धार गरिएको हो। 

जिल्ला अस्पतालकी वरिष्ठ अनमि सरिता बोहराले चङ्खेली गाउँपालिका–५ की सुत्केरी ३५ वर्षीया तुला तामाङको हेलिकोप्टरमा उद्धार गरिएको बताउनुभयो। सुत्केरी भएदेखि रक्तश्राव नरोकिएको कारण जिल्ला अस्पतालमा ल्याउनुपरेको हो। 

सुत्केरीका श्रीमान हरिचन्द्र तामाङ बच्चा जन्मिएको भए पनि श्रीमतीको ज्यान जोखिममा हुने देखिएपछि आफन्त र गाउँवासीसँग ऋण लिएर एक लाख ३५ हजारमा हेलिकोप्टर चार्टर्ड गरिएको बताउनुभयो।

वरिष्ठ अनमी बोहराले राष्ट्रपति महिला उत्थान कार्यक्रमले सुत्केरी वा गर्भवतीका लागि जिल्ला बाहिर उद्धार गर्नुपर्दा मात्र हेलिकोप्टर भाडा तिर्ने गरेको र जिल्लाभित्रै उद्धार गर्दा नदिने गरेको बताउनुुभयो। उहाँले अघिल्ला वर्ष यसरी उद्धार गर्नुपर्दा सहयोग गर्ने गरेको भए पनि अहिले कटाएको बताउनुभयो।

उत्केरीलाई बोकेर हेलिप्याडतर्फ लाँदै स्थानीय। तस्बिर : राजन रावत