• ७ जेठ २०८१, सोमबार

मकवानपुरमा 'पिकअप' दुर्घटना : चार जनाको मृत्यु

blog

राममणि दाहाल 
हेटौंडा, जेठ ७ गते। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा वडा नम्बर २ स्थित कुलेखानी ड्याम नजिक पिकअप गाडी दुर्घटन हुँदा चार जनाको मृत्यु भएको छ।

वीरगञ्जबाट काठाडौँतर्फ जाँदै गरेको ना ४ च २३१५ नम्बरको गाडी शनिबार साँझ दुर्घटना हुँदा गम्भीर घाइते भएका तीन जनाको हेटौंडामा र एक जनाको काठमाडौँमा उपचारको क्रममा मृत्यु भएको हो।

दुर्घटनामा घाइते भएकामध्ये दुई जनालाई हेटौँडा अस्पतालमा र एक जना चुरे हिल अस्पतालमा उपचारको लागि ल्याइएकोमा चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिनुभयो। यस्तै अर्का एक जनालाई उपचारका लागि काठमाडौँस्थित ट्रमा सेन्टरमा लगिएकोमा चिकित्सकाले मृत घोषित गरेका थिए।

हेटौंडा-भीमफेदी-कुलेखानी-फाखेल-फर्पिङ सडक खण्डमा पर्ने सिमखोला पुल नजिक भएको दुर्घटनामा मृत्यु भएका सबै पुरुष भएको र पहिचान नखुलेको प्रहरी नायव उपरीक्षक कार्कीले बताउनुभयो। दुर्घटनामा घाइते भएकामध्ये चालकसहित तीन जनाको हेटौँडा अस्पतालमा र एक जनाको काठमाडौँमा उपचार भइरहेको छ।