• १३ जेठ २०८१, आइतबार

सर्लाहीको हरिवन तनावग्रस्त : पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

blog

जनार्जन खत्री 
सर्लाही, वैशाख २५ गते।
पूर्व-पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको हरिवन बजार तनावग्रस्त बनेको छ। 

नेकपा माओवादी केन्द्रका कार्यकर्ताले राजमार्ग बन्द गराएपछि तनाव सिर्जना भएको हो। माओवादीका कार्यकर्ताले अहिले राजमार्गमा टायर बालेर नाराबाजीसहित प्रदर्शन गरिरहेका छन्। 

आइतबार दिउँसो घरदैलोको क्रममा माओवादी केन्द्रको वडाध्यक्ष पदका उम्मेदवार शेख इस्तिहारसहितका उम्मेदवारलाई घरदैलोको क्रममा विपक्षी दलका कार्यकर्ताले मिठाइमा विष मिसाएर सेवन गराएको माओवादी केन्द्रले आरोप लगाएको छ। 

विष सेवन गराउँदा वडाध्यक्ष पदका उम्मेदवार इस्तिहारसहित चार जना बिरामी परेका माओवादी केन्द्र हरिवनका नगर कमिटी अध्यक्ष अर्जुन पन्तले गोरखापत्रलाई जानकारी दिनुभयो। 

त्यसमध्ये गम्भीर अवस्थामा रहनुभएका वडाध्यक्ष पदका उम्मेदवार इस्तिहारलाई थप उपचारका लागि हरिवनस्थित स्वाभिमान अस्पताल हरिवनमा सामान्य उपचारपछि वीरगन्ज रेफर गरिएको छ।

अन्य घाइतेको हरिवनमै उपचार चलिरहेको छ। प्रहरीले घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको जनाएको छ।