• ११ जेठ २०८१, शुक्रबार

मदिराजन्य पदार्थको बिक्री वितरण तथा सेवनमा रोक

blog

फाइल तस्बिर

काठमाडौं, वैशाख २५ गते। स्थानीय तह निर्वाचनका लागि मदिराजन्य पदार्थको बिक्री वितरण तथा सेवनमा रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले यही वैशाख ३० गते हुने थानीय तह निर्वाचनका लागि मदिराजन्य पदार्थको बिक्री वितरण तथा सेवनमा रोक लगाएको हो। 

जिल्ला प्रशासन कार्यालयले आइतबार विज्ञप्ति सार्वजनिक गर्दैस्थानीय तह निर्देशिका २०७३ को दफा ७१ (मादक पदार्थ निषेध गर्ने) मा भएको व्यवस्थाको प्रभाकारी कार्यान्वयनको लागि वैशाख २७ गते (मंगलबार) राति १२ बजेदेखि मतदानकार्य सम्पन्न नभएसम्मका लागि मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवन कार्य नगर्न/नगराउन हुन अनुरोध गरिएको छ। 

मतदानको दिन अत्यावश्यक सेवामा सञ्चालित र अनुमति लिएका सवारी साधन बाहेकका सवारी साधान बिहान ६ बजेदेखि मतदान कार्य सम्पन्न नभएसम्म सञ्चालन नगर्नु/नगराउनु हुन र सूचना विपरितका कार्य तोकिएको अवधिमा गरे/गराइएको पाइएमा कानून बमोजिम बारबाही गरिनेसमेत सहायक प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुंगेलद्वारा हस्तक्षरित सूचनामा उल्लेख छ ।