बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी टोखा नगरपालिका–२ बस्ने २७ वर्षीय रामराज खड्कीलाई प्रहरीले पक्राउ गरेको छ ।
पूर्वबजेट छलफलका लागि नियम निलम्बन गर्ने तयारी
आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकता (प्रिबजेट) सदनमा छलफल गराउन प्रतिनिधि सभाको नियमावली निलम्बनको तयारी गरिएको छ । जेठमा अधिवेशन आह्वान भएपछि प्रतिनिधि सभा नियमावलीले तोकेको बजेट पेसको १५ दिनअघि छलफल गरिसक्नुपर्ने व्यवस्था निलम्बनको तयारी गरिएको हो । सरकारसँगको परामर्शमा सङ्घीय संसद् सचिवालयले नियम निलम्बनसहितको आन्तरिक कार्यतालिका तय गरेको हो । अधिवेशन जेठ ३ गतेदेखि प्रारम्भ हुँदैछ ।
उद्घाटन हुँदै पाँच हजार क्षमताको लुम्बिनी अन्तर्राष्ट्रिय सभाहल
लुम्बिनीमा निर्माण सम्पन्न गरिएको पाँच हजार मानिस अट्ने क्षमताको सभाहल र ध्यान केन्द्रको निर्माण सम्पन्न भएको छ । निर्माण सम्पन्न भएको उक्त ध्यान केन्द्रको जेठ २ गतेको बुद्ध जयन्तीका दिन उदघाटन गरिने लुम्बिनी विकास कोषले जनाएको छ ।
हाब्रे संरक्षण गर्न कुकुरलाई खोप
विश्वमै दुर्लभ मानिएको वन्यजन्तु हाब्रे (रेडपान्डा) संरक्षण गर्न घरपालुवा जनावर कुकुरलाई रेबिजविरुद्धको खोप दिन थालिएको छ । खर्कमा गोठालासँगै बस्ने सिकारी कुकुरले हाब्रेलाई आक्रमण गर्न थालेपछि हाब्रेमा रेबिज रोग सर्न सक्ने डरले ती कुकुरलाई रेबिजविरुद्धको खोप दिन थालिएको हो ।
देशभर निर्वाचनको चहलपल (फोटो फिचर)
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि अहिले देशभर निर्वाचनको चहलपल सुरु भएको छ ।
सुन चोरीको आरोपमा तीन जना पक्राउ
बुटवलमा सुन पसल चोरी गरेको आरोपमा तीन जना पक्राउ परेका छन्।
फैसला कार्यान्वयन प्राथमिकतामा
कानुन दिवसको अवसरमा चार पूर्वप्रधानन्यायाधीशसहित १५ जनालाई सम्मान गरिएको छ । दिवसका अवसरमा सर्वोच्च अदालतले आयोजना गरेको कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले उहाँहरूलाई सम्मान गर्नुभएको हो । २०६६ चैत
एमालेको उद्देश्य देश विकास : अध्यक्ष ओली
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीको मुख्य उद्देश्य देश विकास गर्नु रहेको बताउनुभएको छ । सोमबार ललितपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्नुहुदै उहाँले देश बनाउने विषय साझा अभिभारा भएकाले यसका लागि सबैले संकल्प गर्नुपर्ने बताउनुभयो ।
राष्ट्रिय परिचयपत्र छपाइ सुरु
राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले राष्ट्रिय परिचयपत्र छपाइ प्रक्रिया सुरु गरेको छ । सिंहदरबारस्थित विभागको कार्यालयमा गृहसचिव टेकनारायण पाण्डेले एक कार्यक्रमबीच परिचयपत्र छपाइ कार्यको शुभारम्भ गर्नुभयो ।