अग्नी पीडितलाई २८ क्वीन्टल धान सहयोग
अविनाश चौधरीधनगढी, जेठ ११ गते । कैलालीका एक दम्पत्तीले कैलारी गाउँपालिका –७ विपतपुर मुक्त कमैया शिविरका अग्नी पीडित परिवारलाई २८ क्वीन्टल २१ किलो धान सहयोग गर्नुभएको छ । सोही वडाको रतनपुर गाउँका भरथनियाँदेवी चौधरी र भरतकुमार चौधरीले अग्नी पीडित परिवारलाई आफ्नो निजी धान सहयोग गर्नुभएको हो । गत वैशाख ११ गते भएको आगलागीबाट पूर्ण र आङ्शिक गरेर ७१ घरमा क्षति पुगेको थियो । पूर्ण क्षति भएका परिवारको खाद्यान्न, लत्ताकपडा सबै जलेर नष्ट भएको थियो । अग्नी पीडित परिवारलाई केही हद्सम्म राहत पुगोस भनेर आफ्नो कमाइबाट सकेजति सहयोग गरेको भरतकुमारले बताउनुभयो । उहाँले ५० किलो नुनसमेत सहयोग गरेको जानकारी दिनुभयो ।
आगामी निर्वाचनको तयारी गर्ने एमाले संसदीय दलको निष्कर्ष
नेकपा (एमाले) को बुधबारको संसदीय दलको बैठकले आगामी निर्वाचनको तयारी गर्ने निर्णय गरेको छ।
सयपत्रीको सुन्दरता
पाल्पाको रामपुर नगरपालिका–४, देविस्थानका युवा दिलबहादुर थापाको खेतमा ढकमक्क फुलेको सयपत्री फूल ।
नागरिक उड्डयन प्राधिकरणले एक वर्षका लागि विभिन्न छुट सुविधा दिने
नेपाल नागरिक उड्डयन प्राधिकरणले मुलुककै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा नीतिगत रुपमै एक वर्षका लागि विभिन्न सुविधाहरु दिने निर्णय गरेको छ । विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले एक वर्षसम्म अवतरण शुल्क, सुरक्षा शुल्क, सञ्चार शुल्क र उड्डयन सेवा शुल्कहरुमा शतप्रतिशत छुट दिने निर्णय नागरिक उड्डयन प्राधिकरणले गरिसकेको जानकारी दिनुभयो ।
७५ अर्बभन्दा बढीको परियोजना स्वीकृत गरिसकेका छौँ : मन्त्री रेग्मी
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले चालु आर्थिक वर्षमा समाज कल्याण परिषद्ले ७५ अर्बभन्दा बढीको परियोजना स्वीकृत गरिसकिएको बताउनुभएको छ ।
नदीजन्य पदार्थ उत्खननमा रोक
कैलालीको घोडाघोडी नगरपालिका–१० कान्द्रा नदीको पुल नजिकै सर्त विपरीत नदीजन्य पदार्थको उत्खनन् हुन थालेपछि नगरपालिकाले रोक लगाएको छ ।
चट्याङ् लागेर गुल्मीमा एक महिलाको मृत्यु
मङ्गलबार राति चट्याङ् लागेर गुल्मीको मदाने गाउँपालिकामा एक महिलाको ज्यान गएको छ ।
बसको ठक्करबाट एक युवकको मृत्यु
कपिलवस्तुमा बसको ठक्करबाट एक युवकको मृत्यु भएको छ । गोरुसिङ्गे बनगाई सडक खण्डअन्तर्गत खारखानी वन क्षेत्रमा बुधवार बिहान भएको दुर्घटनामा कपिलवस्तु नगरपालिका ९ जगदीशपुरका अशोक चौधरीको मृत्यु भएको हो ।
अवैध सालको काठसहित दुईजना पक्राउ
जिल्ला प्रहरी कार्यालय पाल्पाले अवैध सालको काठसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।