• १३ साउन २०८१, आइतबार

चट्याङ् लागेर गुल्मीमा एक महिलाको मृत्यु

blog

रमेश विश्वकर्मा
गुल्मी, जेठ ११ गते ।
मङ्गलबार राति चट्याङ् लागेर गुल्मीको मदाने गाउँपालिकामा एक महिलाको ज्यान गएको छ ।

जिल्लाको मदाने गाउँपालिका–४ म्यालपोखरीकी ४५ वर्षीया राधिका भट्टराईको चट्याङ् लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिनुभयो ।

गोठमा गाईबस्तुलाई घाँसपात गर्ने क्रममा चट्याङ् लागेर उहाँको मृत्यु भएको खरेलले बताउनुभयो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।