जेठ २ गतेसम्म अदालत बन्द रहने
स्थानीय तहको निर्वाचन र सार्वजनिक बिदाका कारण सर्वोच्च अदालतसहित देशभरका अदालत आगामी जेठ २ गतेसम्म बन्द हुने भएको छ।
काठमाडौंका पूर्ववडाध्यक्ष नेवाःको निधन
काठमाडौं महानगरपालिका वडा नम्बर १८ का पूर्ववडाध्यक्ष चन्द्रानन्द नेवाको बिहीबार निधन भएको छ। पछिल्लो समय पनि अनवरत सेवामा रहनुभएका नेवाः को ९० वर्षको उमेरमा निधन भएको हो।
तनहुँमा अत्यावश्यक बाहेका सबै सेवा बन्द
जिल्ला प्रशासन कार्यालय तनहुँले स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै बिहीबारदेखि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको छ ।
सरकारी प्रेस पास भएका पत्रकारलाई ‘सवारी अनुमतिपत्र’ आवश्यक नपर्ने
काठमाडौं, वैशाख २९ गते। शुक्रबार हुने स्थानीय तहको निर्वाचनको दिन सरकारी निकायको प्रेस पास भएका पत्रकारलाई निर्वाचन आयोगले दिने सवारी अनुमतिपत्र आवश्यक नपर्ने भएको छ। निर्वाचन आयोगले बिहीबार यस्तो निर्णय गरेको हो। यो निर्णसँगै नेपाल सरकार र प्रदेश सरकारको आधिकारीक निकायबाट जारी भएका प्रेस पास हुने सञ्चारकर्मीले आयोगबाट सवारी साधनका लागि सवारी अनुमति पत्र लिनु नपर्ने भएको हो। ‘नेपाल सरकार वा प्रदेश सरकारको आधिकारिक निकायबाट जारी भएको प्रेस पास भएका सञ्चारकर्मीका हकमा त्यस्ता सञ्चारकर्मीले प्रयोग गर्ने सवारी साधनका लागि सवारी अनुमतिपत्र आवश्यक नपर्ने’, आयोगको निर्णयमा भनिएको छ। प्रेस पास नभएका सञ्चारकर्मीको हकमा सम्बन्धित सञ्चारगृहको आधिकारिक पत्रमार्फत् अनुरोध आएमा प्रमुख जिल्ला अधिकारी, काठमाडौंले अनुमतिपत्र जारी गर्नसक्ने आयोगले जनाएको छ। आयोगकी शाखा अधिकृत जयकला राईले सार्वजनिक गर्नुभएको विज्ञप्तिमा भनिएको छ, ‘प्रेस पास नभएका सञ्चारकर्मीको हकमा सम्बन्धित सञ्चारगृहको आधिकारिक पत्रमार्फत् अनुरोध भइ आएमा प्रमुख जिल्ला अधिकारी, काठमाडौंले सवारी अनुमतिपत्र जारी गर्न सक्ने।’’
आचारसंहिताको गम्भीर उल्लङ्घन पाइए जरिवाना र कारबाही हुन्छ : आयुक्त भण्डारी
निर्वाचन आयोगले शुक्रबार हुने स्थानीय तह निर्वाचनको मौन अवधिमा आचारसंहिताको पालनामा कडाइ गर्दै सुक्ष्म अनुगमन संयन्त्र सक्रिय तुल्याएको छ । गत चैत २५ गतेदेखि लागू भएको निर्वाचन आचारसंहिता, २०७८ निर्वाचन हुने ४८ घण्टा अघि सुरु भएको मौन अवधिका लागि थप कडाइ गरिएको हो ।
मतदाता बाेकेकाे बस दुर्घटना हुँदा ३० जना घाइते
शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि मतदान गर्न गाउँ फर्किदै गरेको यात्रु चढेको बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन् ।
पुराना मुद्दा घटाउन समितिलाई थप जिम्मेवारी
पुराना मुद्दाको फस्र्योट बढाउने उपायसहित कार्ययोजना पेस गर्न सर्वोच्च अदालतको पूर्ण बैठकले न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संयोजकत्वको मुद्दा व्यवस्थापन समितिलाई थप जिम्मेवारी तोकेको छ । आवश्यक गृहकार्य र सुधारको मार्गचित्रसहित प्रतिवेदन पेस गर्न पूर्ण बैठकले समितिलाई निर्देशन दिने निर्णय गरेको हो । न्यायाधीश तिलप्रसाद श्रेष्ठको विचाराधीन पुराना मुद्दा फस्र्योट र न्यायिक सुधारबारेको प्रस्तुतीकरणपछि बुधबारको बैठकले सो निर्णय गरेको हो ।
कतार सरकारद्वारा नेपाललाई अक्सिजन ट्यांकर प्रदान
गामी दिनमा नेपाल सरकारलाई अक्सिजनकै लागि कठिनाइको सामना गर्न नपरोस् भनेर कतार सरकारले अक्सिजन उत्पादन गर्ने ट्यांकर उपलब्ध गराएको छ ।
गाउँ फर्कनेको चापले अरनिको राजमार्गमा घण्टौँ जाम
शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि मतदान गर्न गाउँ फर्कनेको भीडका कारण अरनिको राजमार्ग खण्ड अस्तव्यस्त बनेको छ।