• ६ जेठ २०८१, आइतबार

तनहुँमा अत्यावश्यक बाहेका सबै सेवा बन्द

blog

अमरराज नहर्की
तनहुँ, वैशाख २९ गते ।
जिल्ला प्रशासन कार्यालय तनहुँले स्थानीय तहको  निर्वाचनलाई मध्यनजर गर्दै बिहीबारदेखि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको छ  ।

स्थानीय तह निर्वाचनमा कर्मचारीहरु खटाउनुपर्ने भएकोले बिहीबार र शुक्रबार गरी दुई दिनको लागि बन्द गरिएको प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जानकारी दिनुभयो । यसैगरी, प्रशासनले शुक्रबारको लागि एम्बुलेन्सलगायतका अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवा बन्द गरेको छ ।

एम्बुलेन्स, दमकल, दूरञ्चार, स्वास्थ्य सेवा, विद्युतीय सेवा जस्ता अत्यावश्य सवारी साधान बाहेकका अन्य सबै यतायताका साधान बन्द हुने कार्यालयले जनाएको छ । निर्वाचनको समाचार सङ्कलनमा जाने सञ्चारकर्मी तथा निरीक्षण जाने मानव अधिकारले सवारी इजाजत प्रदान गरिएको छ ।