• ७ जेठ २०८१, सोमबार

काठमाडौंका पूर्ववडाध्यक्ष नेवाःको निधन

blog

काठमाडौं, वैशाख २९ गते। काठमाडौं महानगरपालिका वडा नम्बर १८ का पूर्ववडाध्यक्ष चन्द्रानन्द नेवाको बिहीबार निधन भएको छ। पछिल्लो समय पनि अनवरत सेवामा रहनुभएका नेवाः को ९० वर्षको उमेरमा निधन भएको हो।

वि.सं. २०१९ देखि २०५९ सालसम्म उहाँले वडाध्यक्षको रुपमा निरन्तर कार्य गर्नुभएको थियो। उहाँले पञ्चायतकालमा नगर प्रधानपञ्चको जिम्मेवारी पनि सम्हाल्नुभएको थियो। 

उहाँका नातेदार तथा वडा नम्बर १८ का निवर्तमा वडाअध्यक्ष न्हुच्छेकाजी महर्जनका अनुसार पछिल्लो समय उहाँको खुट्टमा समस्या देखिएको थियो। उहाँको श्रीमतीको पनि देवाहसान भइसकेको र हाल परिवारका सदस्य कोही पनि नभएको उहाँ बताउनुहुन्छ।