एमालेको उद्देश्य देश विकास : अध्यक्ष ओली
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीको मुख्य उद्देश्य देश विकास गर्नु रहेको बताउनुभएको छ । सोमबार ललितपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्नुहुदै उहाँले देश बनाउने विषय साझा अभिभारा भएकाले यसका लागि सबैले संकल्प गर्नुपर्ने बताउनुभयो ।
राष्ट्रिय परिचयपत्र छपाइ सुरु
राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले राष्ट्रिय परिचयपत्र छपाइ प्रक्रिया सुरु गरेको छ । सिंहदरबारस्थित विभागको कार्यालयमा गृहसचिव टेकनारायण पाण्डेले एक कार्यक्रमबीच परिचयपत्र छपाइ कार्यको शुभारम्भ गर्नुभयो ।
बेलायतका मन्त्री लर्ड अहमद राजकीय भ्रमणकाे लागि नेपाल आउनुहुँदै
काठमाडौँ, वैशाख २६ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटले शिष्टाचार भेट गर्नुभएको छ । मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच नेपाल र बेलायतबीचको सम्बन्ध र सहयोगका विविध विषयमा छलफल भएको छ ।भेटका अवसरमा मन्त्री भुसालले नेपाल र बेलायत सरकारबीचको सम्बन्ध मात्र नभएर जनस्तरको सम्बन्ध पनि प्रगाढ रहेको बताउनुभयो । उहाँले कोभिड–१९ बाट सुरक्षति रहनका लागि बेलायत सरकारले नेपालाई पु¥याएको सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो । मन्त्री भुसालले ऊर्जा सुरक्षाका लागि लागि नेपालले जलाशाययुक्त आयोजना निर्माणलाई विशेष प्राथमिकतामा राखेको उल्लेख गर्दै बेलायत सरकार र त्यहाँका निजी क्षेत्रलाई त्यस्ता आयोजनामा लगानी गर्न पनि आग्रह गर्नुभयो ।नेपालले जलवायु परिवर्तनको नराम्रो असर भोगिरहेको उल्लेख गर्दै मन्त्री भुसालले भन्नुभयो, “जलवायु परिवर्तनको असर धेरै क्षेत्रमा देखिन थालेको छ । यो समस्या हाम्रो मात्र होइन, संसारको हो, यो विषयमा बेलायत सरकारको सहयोग रहने विश्वास लिएकी छु ।” सो अवसरमा राजदूत पोलिटले बेलायत सरकारले वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रसँग सहकार्य गरिरहेको र ऊर्जाका अन्य क्षेत्रमा पनि सहकार्य गर्न इच्छुक रहेको बताउनुभयो । उहाँले आगामी साता बेलायतका मन्त्री लर्ड अहमद नेपाल आउन लाग्नुभएको जानकारी गराउँदै मन्त्री लर्डसँगको भेटमा ऊर्जामा गरिने लगानीका विषयमा छलफल गर्न सकिने बताउनुभयो ।
जनताका अधुरा सपना पूरा गर्दै समृद्ध नेपालको निर्माणतर्फ अघि बढौँ: अध्यक्ष प्रचण्ड
काठमाडाैं, वैशाख २६ गते । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचन समृद्ध नेपाल निर्माणका लागि कोशेढुंगा बन्नुपर्ने बताउनुभएकाे छ ।स्थानीय निर्वाचनको पूर्वसन्ध्यामा उहाँले आम मतदातालाई सम्बोधन गर्दै सो धारणा व्यक्त गर्नुभएकाे हाे । उहाँले संघीयता र समावेशी समानुपातिक प्रतिनिधित्वविरोधी तथा उत्पीडित, उपेक्षित जनता अधिकार सम्पन्न भएको नरुचाउने प्रतिगामी तत्वहरुले संविधान र ऐतिहासिक उपलब्धि विरुद्ध ठूलो षड्यन्त्र गरिरहेकाे बताउँदै त्यसलाई परास्त गरी परिवर्तनका एजेण्डा स्थापित गराउन अपिल गर्नुभएकाे छ ।अपिलमा भनिएको छ, ‘यतिखेर संघीयता र समावेशी समानुपातिक प्रतिनिधित्वविरोधी तथा उत्पीडित, उपेक्षीत जनता अधिकार सम्पन्न भएको नरुचाउने प्रतिगामी तत्वहरुले संविधान र ऐतिहासिक उपलब्धि विरुद्ध ठूलो षड्यन्त्र गरिरहेका छन् , त्यसैले हामीले निर्वाचनलाई संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि अग्रगमन र प्रतिगमनको लडाईंको रुपमा लिएका छौँ।’प्रचण्डले निर्वाचनमार्फत् स्थानीय तहलाई अधिकार सम्पन्न तुल्याउँदै स्थानीय विशेषतामा आधारित विकास, शिक्षा , स्वास्थ्य, रोजगारीको सुनिश्चिततामार्फत् सामाजिक न्यायसहितको समृद्धि हासिल गर्न सकिने र त्यसको जिम्मेवारी माओवादी क्रान्तिकारीकै काँधमा आएको पनि उल्लेख गर्नुभएकाे छ ।अपिलमा अध्यक्ष प्रचण्डले यथास्थितिमै रुमल्लिन रहर र छुट दुबै नभएको बताउँदै भन्नुभएकाे छ, ‘त्यसैले आउनुस्, अग्रगमन र प्रतिगमनको यो लडाईंमा नेकपा (माओवादी केन्द्र)लाई मतदान गरी नेपाली जनताका अधुरा सपना पूरा गर्दै समृद्ध नेपालको निर्माणतर्फ अघि बढौँ।’
मादक पदार्थ बिक्रीवितरणमा कडाइ
स्थानीय तह सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गराउन तोकिएको बाहेक अन्य पादकपदार्थ ओसार पसार, बिक्रीवितरण र सेवन नगर्न सार्वजनिक अपिल गरेको छ ।
शङ्कास्पद कुकरभित्र ढुङ्गा
भीरकोट नगरपालिका–६ मा भेटिएको शङ्कास्पद वस्तु (कुकर) भित्र ढुङ्गा फेला परेको छ ।
गठबन्धनलाई अगाडि बढाउन मार्गचित्र कोरेका छौँ: प्रवक्ता महत
काठमाडौं, वैशाख २६ गते । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले गठबन्धनलाई अगाडि बढाउन मार्ग चित्र कोरेको बताउनुभयो । पार्टी कार्यालय सानेपामा सोमबार पत्रकार सम्मेलन गर्दै कांग्रेस प्रवक्ता महतले सो कुरा बताउनुभएको हो । तर, ओलीले गठबन्धन नचलोस् भन्ने चाहनु स्वाभाविक रहेको भन्दै प्रवक्ता महतले संविधान र लोकतन्त्र बलियो पार्नका लागि सहकार्य गर्ने मार्गचित्र तयार रहेको बताउनुभयो । ‘‘हामीले आगामी मार्गचित्र कोरेका छौं, गठबन्धनलाई अगाडि लैजानका लागि उहाँ त गठबन्धन तोडियोस् भन्ने चाहनुहुन्छ । उहाँ नचलोस् भन्ने चाहनुहुन्छ । कांग्रेस लोकतन्त्र, संविधान बलियो पार्नका निम्ति सहकार्य गर्न तयार छ,’ उहाँले भन्नुभयाे । उहाँका अनुसार, कांग्रेस लोकतन्त्र र संविधानलाई बलियो पार्न गठबन्धनसँग सहयात्रा गर्न तयार रहेको छ । कांग्रेसलाई विश्वास छ, हाम्रो सहयात्री दलहरु पनि यी मान्यतानुसार लोतान्त्रिकलाई सस्थागत गर्ने यात्रामा अगाडि बढ्नु हुनेछ । त्यस्तै, उहाँले पाँच वर्षका लागि निर्वाचित सरकार साढे तीन वर्षमै दुई पटक हात उठाएको बताउनुभयो । ‘‘आर्थिक सुशासन, विकास, अन्तर्राष्ट्रिय सम्बन्ध, संविधान निर्माण, कानुनको शासनको कोणबाट उहाँ असफल हुनुहुन्छ । उहाँको नेतृत्व असफल हो । के मुखले भोट माग्दै हुनुहुन्छ ?,’’ उहाँले भन्नुभयो, ‘‘पाँच वर्षका लागि निर्वाचित सरकारको नेतृत्वले साढे ती वर्षमै दुई पटक हात उठायो । पुनःस्थापना भएपछि फेरि विघटन । फेरि पनि पुनःस्थापना भएपछि कांग्रेस आउनुप¥यो ।’’ नेकपा नेतृत्वको सरकार भएका बेला तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ पुस ५ र २०७८ जेठ ८ गते प्रतिनिधिसभा विघटन गर्नुभएको थियो । दुवै विघटनलाई सर्वोच्च अदालतले उल्ट्याइदिएको थियो । ‘‘उहाँले विकास, सुशासन, भ्रष्टाचारमुक्त समाजको कुरा गर्न मिल्छ ? कमिसनलाई पर्खिदाँ–पर्खिदाँ कसले बढी दिन्छ भन्ने बाटोमा जाँदा मुलुकको याे बेहाल भएको छ ।,’’ उहाँले भन्नुभयो । त्यस्तै, कांग्रेस सरकारले कुरा होइन काम गर्ने उहाँको भनाइ छ । उहाँका अनुसार कांग्रेसले अब ६५ वर्षदेखि नै वृद्धभत्ता दिने प्रतिबद्धता जनाएको छ । ‘सरदर आयु ७१ वर्ष छ । विपन्न समुदायका मान्छेको सदर आयु ७१ वर्ष छैन । उनीहरु वृद्धभत्ताबाट बन्चित छन् । त्यसैले हामीले ६५ वर्षमा वृद्ध भत्ता दिने प्रतिवद्धता छ ।,’’ प्रवक्ता महतले भन्नुभयो ।
पानीपोखरीअघिको सडकमा पानी जम्दा आवागमनमा कठिनाइ
मेलम्ची खानेपानी आयोजनाबाट ल्याइएको पानी जम्मा गरी ग्राहकका धारामा वितरण गर्न गोकर्णेश्वर नगरपालिका–९ आरुबारीमा बनाइएको पानीपोखरीअघिको सडकमा पानी जमेर आवतजावतमा समस्या भएको छ ।
राम्रो पार्टी र राम्रो नेता छान्न सक्नुहोस्: नेता लिङ्देन
विष्णुप्रसाद पोखरेलदमक, वैशाख २६ गते । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले वैशाख ३० गते हुने स्थानीय तको निर्वाचनमा देशको भलो चिताउनेलाई जिताउन आग्रह गर्नुभएको छ । यो देश बदल्ने अवसर भएको बताउँदै उहाँले यस्तो बताउनुभएको हो ।झापाको बिर्तामोडमा सोमबार विहान चुनावी सभामा बोल्दै लिङ्देनले जनताले परिवर्तन चाहेकाले त्यो परिवर्तन सम्भव रहेको जनाउनुभयो । ‘‘राम्रो पार्टी र राम्रो नेता छान्न सक्नुहोस् ।’’ उहाँले भन्नुभयो ।भोट हाल्नु अघिसम्म नमस्कार गरेको भरमा नेतालाई भोट हालेर जिताइसकेपछि नमस्ते नगर्ने नेतालाई बेलैमा चिन्नुपर्ने धारणा उहाँले राख्नुभयो । मतदाताको हातमा मतपत्र र स्वस्तिक छाप परेको समय परिवर्तनकारी कुशल नेतृत्व छान्ने अवसर भएकाले त्यसको सदुपयोग गर्ने जिम्मेवारी स्वयं मतदाताको भएको पनि उहाँले बताउनुभयो ।झापाका अधिकांश पालिकामा राप्रपा आफू एक्लै निर्वाचनमा प्रतिस्पर्धा गर्न उम्मेद्वारी मनोनयन गरेको छ । राप्रपाका अध्यक्ष लिङ्देन केही दिनयता गृहजिल्लाका विभिन्न स्थानीय तहहरुमा चुनावी सभामा सहभागी ह'Fदै आउनुभएको छ ।