• १५ असार २०८१, शनिबार

शङ्कास्पद कुकरभित्र ढुङ्गा

blog

फाइल तस्बिर

अर्जुन काफ्ले
स्याङ्जा, वैशाख २६ गते ।
भीरकोट नगरपालिका–६ मा भेटिएको शङ्कास्पद वस्तु (कुकर) भित्र ढुङ्गा फेला परेको छ ।

नेकपा एमालेको तर्फबाट भीरकोट नगरपालिका प्रमुखको उम्मेदवार बन्नुभएका विश्वनाथ अर्यालको घर नजिकै कुकरमा बम जस्तो देखिने शङ्कास्पद वस्तु खोलेर हेर्दा ढुङ्गा फेला परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता रबिन्द्र खनालले बताउनुभयो ।

उहाँले निर्वाचनमा आतङ्क फैलाउन कसैले एउटा कुकरको आसा मारेर त्यसभित्र ढुङ्गा राखेको बताउनुभयो ।

गाउँमा कुकर बम जस्तै बनाउने शङ्कास्पद वस्तु भेटिएपछि गाउँले प्रहरीलाई खबर गरेपछि घटना स्थलमा नेपाली सेना र प्रहरीको टिम पुगेको थियो ।

घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले बताएको छ ।