• ४ जेठ २०८१, शुक्रबार

मतदाता बाेकेकाे बस दुर्घटना हुँदा ३० जना घाइते

blog

डोटीको पूर्वीचौकी गाउँपालिका ४ सानागाउँमा दुर्घटनामा परेको बस । तस्विरः गोरखापत्र

दिपायल, २८ वैशाख गते । शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि मतदान गर्न गाउँ फर्किदै गरेको यात्रु चढेको बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन् । 

भारत, महेन्द्रनगर तथा कैलालीबाट मतदानका लागि मतदाता लिएर बाजुरा जाँदै गरेको बस डोटीको पूर्वीचौकी गाउँपालिका ४ सानागाउँमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । 

मालीका यातायातको सुपप्र ०१ ००१ ख ३१०८ नम्बरको बस बिहीबार बिहान ५ः४५ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक भोला भट्टले जानकारी दिनुभयो । बसमा सवार यात्रुहरु निर्वाचनमा सहभागी हुन आ–आफ्नो गाउँ फर्किदै गर्दा बस दुर्घटनामा परी घाइते भएको भट्टले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार घाइतेहरुमध्ये १६ जनाएको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ भने १३ जनाको स्थानीय क्लिनिकमा उपचार भइरहेको छ । गम्भीर घाइते एक जनालाई धनगढीका लागि रिफर गरिएको छ । 

बस चालक फरार रहेको र उनको खोजीकार्य भइरहेको डिएसपी भट्टले जानकारी दिनुभयो । घटना बारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


Author

केशवचन्द्र महरा