• ४ जेठ २०८१, शुक्रबार

सरकारी प्रेस पास भएका पत्रकारलाई ‘सवारी अनुमतिपत्र’ आवश्यक नपर्ने

blog

काठमाडौं, वैशाख २९ गते। शुक्रबार हुने स्थानीय तहको निर्वाचनको दिन  सरकारी निकायको प्रेस पास भएका पत्रकारलाई निर्वाचन आयोगले दिने सवारी अनुमतिपत्र आवश्यक नपर्ने भएको छ। निर्वाचन आयोगले बिहीबार यस्तो निर्णय गरेको हो। 

यो निर्णसँगै नेपाल सरकार र प्रदेश सरकारको आधिकारीक निकायबाट जारी भएका प्रेस पास हुने सञ्चारकर्मीले आयोगबाट सवारी साधनका लागि सवारी अनुमति पत्र लिनु नपर्ने भएको हो। 

‘नेपाल सरकार वा प्रदेश सरकारको आधिकारिक निकायबाट जारी भएको प्रेस पास भएका सञ्चारकर्मीका हकमा त्यस्ता सञ्चारकर्मीले प्रयोग गर्ने सवारी साधनका लागि सवारी अनुमतिपत्र आवश्यक नपर्ने’, आयोगको निर्णयमा भनिएको छ। 

प्रेस पास नभएका सञ्चारकर्मीको हकमा सम्बन्धित सञ्चारगृहको आधिकारिक पत्रमार्फत् अनुरोध आएमा प्रमुख जिल्ला अधिकारी, काठमाडौंले अनुमतिपत्र जारी गर्नसक्ने आयोगले जनाएको छ। 

आयोगकी शाखा अधिकृत जयकला राईले सार्वजनिक गर्नुभएको विज्ञप्तिमा भनिएको छ, ‘प्रेस पास नभएका सञ्चारकर्मीको हकमा सम्बन्धित सञ्चारगृहको आधिकारिक पत्रमार्फत् अनुरोध भइ आएमा प्रमुख जिल्ला अधिकारी, काठमाडौंले सवारी अनुमतिपत्र जारी गर्न सक्ने।’’