लोक सेवा विशेष विषयगत प्रश्नोत्तर
आयोजना वर्गीकरणका आधार १. वित्त नीति र मौद्रिक नीतिको परिचय दिँदै यी नीतिबिच समन्वय किन आवश्यक छ ? लेख्नुहोस् । अर्थतन्त्रमा वाञ्छित प्रभाव पार्न सरकारले जारी गर्ने नीति वित्त नीति हो । यसले आर्थिक वृद्धि, रोजगारी सिर्जना, सामाजिक न्याय र समष्टिगत आर्थिक स्थायित्वमा जोड दिन्छ । सार्वजनिक खर्च, सार्वजनिक ऋण र कर नीतिको आधारमा सरकारको वित्त नीति तय हुन्छ । सरकारले वार्षिक बजेटका रूपमा प्रस्तुत गर्ने यो नीति संसदबाट अनुमोदन भई जारी हुन्छ ।
लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर
१. ९६ औँ संस्करणको ओस्कार अवार्ड (२०२४) मा उत्कृष्ट चलचित्रको उपाधि जित्ने चलचित्र कुन हो ? ओपनहाइमर – आणविक बमका आविष्कारक भौतिकशास्त्री रोबर्ट जे ओपनहाइमरको सो बायोपिक फिल्मले सात विधामा अवार्ड जितेको छ । ओपनहाइमरले सर्वश्रेष्ठ फिल्म, निर्देशक, अभिनेता, सहायक अभिनेता, सम्पादन, छायाङ्कन, बेस्ट स्कोरसहित सात अवार्ड जितेको छ । – उत्कृष्ट चलचित्र : ओपनहाइमर – उत्कृष्ट अभिनेता : किलियन मर्फी (ओपनहाइमर)
लोक सेवा विशेष विषयगत प्रश्नोत्तर
अव्यवस्थित सहरीकरणका असर १. अव्यवस्थित सहरीकरण भनेको के हो ? अव्यवस्थित सहरीकरणका असरहरू उल्लेख गर्नुहोस् । सहरी विकाससम्बन्धी नीति, योजना, मापदण्ड तथा आधारभूत सहरी पूर्वाधारबिना नै सहर विस्तार हुने प्रक्रियालाई अव्यवस्थित सहरीकरण भनिन्छ । अव्यवस्थित सहरीकरण प्रक्रियामा योजनाबद्ध सहर बस्ती विकास गर्ने सरकारी प्रयास कामयावी बनेका हुँदैनन् । जमिन कारोबारी र सर्भेयरको सीमित समूहको हातमा सहर तथा बस्ती विकासको जिम्मेवारी पुगे जस्तो देखिन्छ । पछिल्लो समय नेपालमा सहर विस्तार हुने व्रmम तीव्र छ । योजनाबद्ध सहर र बस्ती विकासका सरकारी प्रयासहरू सीमित छन्
लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर
१. पाकिस्तानको नयाँ प्रधानमन्त्रीमा को निर्वाचित भएका छन् ? सहवाज सरिफ – पाकिस्तान मुस्लिम लिग– नवाज (पिएमएल–एन) का नेता सहवाज दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । – इमरान खानको पाकिस्तान तेहरिक–ए–इन्साफ (पिटिआई) ले समर्थन गरेका उम्मेदवार उमर अयुवलाई पराजित गर्दै सहवाज सन् २०२४ मार्च ३ मा पाकिस्तानको २४ औँ प्रधानमन्त्री चयन भएका छन् । उनी पूर्वप्रधानमन्त्री नवाज सरिफका सहोदर भाइ हुन् । – सहवाज यसअघि सन् २०२२ अप्रिलमा इमरान खानको
लोक सेवा विशेष विषयगत प्रश्नोत्तर
सङ्घीय संसद्का विशेषाधिकार १. सार्वजनिक उत्तरदायित्व भन्नाले के बुझिन्छ ? नेपालको सार्वजनिक क्षेत्रमा सार्वजनिक उत्तरदायित्व निर्वाह गर्न गरिएका व्यवस्थाहरू प्रस्तुत गर्नुहोस् । सार्वजनिक स्रोतसाधन र अधिकारको प्रयोग गर्ने निकाय वा पदाधिकारीले आफ्ना कामकारबाही, निर्णय र स्रोत परिचालनका सम्बन्धमा सरोकारवालालाई जवाफ दिनुपर्ने दायित्वलाई सार्वजनिक उत्तरदायित्व भनिन्छ । यसले सार्वजनिक पदाधिकारीलाई आफ्ना कामप्रति जिम्मेवार र जवाफदेही बन्न बाध्य पार्दछ । सार्वजनिक निकायका निर्णय र कामकारबाही स्वच्छ
लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर
१. विश्व सामाजिक मञ्चको १६ औँ सम्मेलन कहिले र कहाँ सम्पन्न भएको हो ? विसं २०८० फागुन ३–७, काठमाडौँ – ९८ राष्ट्रका एक हजार चार सयभन्दा बढी सामाजिक संस्था र त्यसमा आबद्ध अभियन्ताहरूको सहभागिता थियो । – सम्मेलनमा नवउदारवादी व्यवस्थाले ल्याएका सङ्कटहरू युद्ध, असमानता, विभेद, गरिबी, आप्रवासन, जलवायु परिवर्तन जस्ता मुद्दामा आवाज उठाइएको छ । – कार्यक्रममा ६० भन्दा बढी घोषणापत्र जारी भएका छन् ।
लोक सेवा विशेष विषयगत प्रश्नोत्तर
बसाइँसराइका नकारात्मक असर १. जलवायु उत्थानशील विकास भनेको के हो ? नेपालमा यसको आवश्यकताबारे चर्चा गर्दै नेपालले जलवायु उत्थानशील विकासका लागि चाल्नुपर्ने कदमहरू उल्लेख गर्नुहोस् । जलवायु परिवर्तनका कारण वर्तमान र भविष्यमा हुने क्षति न्यूनीकरण गर्दै तथा विकासका प्राप्त उपलब्धिहरूलाई बचाउँदै दिगो विकासको दिशामा अगाडि बढ्ने अवधारणा नै जलवायु उत्थानशील विकास हो । यसले जलवायु परिवर्तनका असरहरू सामना गर्न तथा जलवायु परिवर्तनसँग अनुकूलित हुन व्यक्ति र समुदायको क्षमता विकासमा जोड दिन्छ । यो विकासका व्रिmयाकलापहरू छुट्टै ढङ्गले सञ्चालन गर्ने नभई विकाससम्बन्धी नीति, योजना तथा कार्यक्रममा जलवायु परिवर्तन र विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापनलाई आन्तरिकीकरण गरी कार्यान्वयन गर्दै जाने भन्ने
लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर
१. विश्वको तेस्रो ठुलो अर्थतन्त्र भएको राष्ट्र कुन हो ? जर्मनी (सन् २०२४ फेब्रुअरी) – विश्वको तेस्रो ठुलो अर्थतन्त्र भएको राष्ट्र यसअघि जापान थियो । – जापानको जिडिपी अहिले ४२ खर्ब डलर रहेको छ भने जर्मनीको जिडिपी ४५ खर्ब डलर पुगेको छ । अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) ले प्रकाशित गरेको पछिल्लो तथ्याङ्क अनुसार अर्थतन्त्रका हिसाबले प्रमुख १० ठुला राष्ट्र (सन् २०२४ फेब्रुअरी) २. नेपाल र स्विट्जरल्यान्डबिच द्विपक्षीय हवाई सम्झौता कहिले भएको हो ?
लोक सेवा विशेष विषयगत प्रश्नोत्तर
राष्ट्रिय वातावरण नीतिका उद्देश्य १. वातावरणीय न्याय भनेको के हो ? राष्ट्रिय वातावरण नीति, २०७६ का उद्देश्यहरू उल्लेख गर्दै यस नीतिले वातावरणीय न्यायका सम्बन्धमा अवलम्बन गरेका रणनीति उल्लेख गर्नुहोस् । वातावरणबाट प्राप्त हुने लाभ र हानिको स्वच्छ र समतामूलक वितरण हुनुपर्ने मान्यता नै वातावरणीय न्याय हो । वातावरणीय ह्रासबाट विशेष गरेर पिछडिएका तथा आर्थिक रूपमा जोखिममा रहेका समुदाय बढी प्रभावित हुने हुँदा वातावरणसम्बन्धी नीति तर्जुमा र कार्यान्वयन गर्दा त्यस्ता समुदायको आवाज सुनिनुपर्ने र अधिकार स्थापित हुनुपर्ने मान्यता यस अवधारणाले अँगालेको पाइन्छ । यस अवधारणाले समाजमा रहेका सबै वर्ग, क्षेत्र वा समुदायका मानिस वातावरणीय जोखिमबाट समान रूपमा