उदयपुर सिमेन्ट उद्योग पुनः सञ्चालन
आठ महिनादेखि बन्द उदयपुर सिमेन्ट उद्योग पुनः सञ्चालनमा आएको छ । विगतमा पटक पटक बन्द हुँदै र सञ्चालनमा आउँदै गरेको यो उद्योग पछिल्लो समय आठ महिनादेखि पूर्ण रूपले बन्द थियो ।
सातौँ सन्तानको न्वारन
कोशीटप्पु वन्यजन्तु आरक्षको पश्चिम भाकलपुर पोस्टमा ११ दिनअघि जन्मिएको छावाको धार्मिक विधि अनुसार न्वारन गरिएको छ । आरक्षको गस्ती गर्न पालनपोषण गरी पोस्टमा राखिएकी शोभाकलीबाट सातौँ सन्तानका रूपमा जन्मेको छावाको धार्मिक विधि अनुसार न्वारन गरिएको हो । आरक्षका वरिष्ठ संरक्षण अधिकृत भूपेन्द्रप्रसाद यादवसहित नेपाली सेनाका अधिकृत तथा कर्मचारीहरूको बाक्लो उपस्थितिमा न्वारन गरिएको हो ।