उदयपुर सिमेन्ट उद्योगमा ४६ करोडको क्लिङ्कर हिनामिना : महाप्रबन्धकसहित ८ जनाविरुद्ध मुद्दा
उदयपुर सिमेन्ट उद्योग लिमिटेडमा ठुलो परिमाणमा क्लिङ्कर हिनामिना गरी भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन महाप्रबन्धक सुरेन्द्र कुमार पौडेलसहित ८ जनाविरुद्ध आज विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको छ।
इलाममा निर्वाचन प्रहरीको तालिम सुरु
आगामी फागुन २१ गते हुने निर्वाचनका लागि खटाइने निर्वाचन प्रहरीको तालिम इलाममा सुरु भएको छ । नेपाल प्रहरीतर्फ एक हजार सात सय ३४ जना र शसस्त्र प्रहरीतर्फ एकसय ७९ जना गरी एक हजार नौंसय १३ जना निर्वाचन प्रहरीलाई तालिम दिन थालिएको हो ।
झापा ५ को सुरक्षा व्यवस्था कडा
जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख बसुन्धरा खड्काले सुरक्षाको चिन्ता नगर्न आग्रह गर्नुभएको छ ।
सुपर काबेली ‘ए’ ले शेयर निष्कासन गर्ने
सुपर काबेली ‘ए’ जलविद्युत आयोजनाले साधारण शेयर निष्कासन गर्ने भएको छ । आयोजनाले ९ लाख ३७ हजार ५ सय कित्ता साधारण शेयर निष्कासन गर्न लागेको हो ।
झापा ५ मा निर्वाचन आचारसंहिता पालना गराउने प्रतिबद्धता
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा झापा क्षेत्र नं. ५ मा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको ध्यान केन्द्रित भएकाले यसलाई विशेष प्राथमिकतामा राखेर सुरक्षा बन्दोबस्त मिलाइएको र निष्पक्ष तथा भयरहित अवस्था सुनिश्चितता गरिने बताइएको छ ।
इलाम क्षेत्र नं. १ त्रिपक्षीय रोचक भिडन्त
पूर्वप्रधानमन्त्री झलनाथ खनालको क्षेत्र भनेर चिनिने इलाम क्षेत्र नम्बर १ मा अहिले चुनावी माहोल निकै बढेको छ । विगतमा नेकपा (एमाले)
आँखारोगीको खोजी गर्दै पौवादुङमा
ग्रामीण भेगमा रहेका आँखारोगीको पहिचान गर्दै उनीहरूलाई सहज रुपमा उपचार सेवा उपलब्ध गराउने उद्देश्यले पौवादुङमा गाउँपालिकामा निःशुल्क आँखा जाँच शिविर सञ्चालन हुने भएको छ ।
सीमावर्ती कचनकबलका मतदाता उम्मेदवारको पर्खाइमा
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरूको मनोनयन दर्ता भएसँगै देशका अधिकांश सहरी तथा ग्रामीण क्षेत्रमा चुनावी चहलपहल बढ्न थालेको छ ।
दन्तकाली मन्दिर श्रद्धालुको आस्थाको केन्द्र
धरान उपमहानगरपालिका–१४ स्थित विजयपुर क्षेत्रमा रहेको पौराणिक धार्मिकस्थल दन्तकाली मन्दिर श्रद्धालुको आस्थाको केन्द्र बन्दै गएको छ । इटहरी उपमहानगरपालिका–७ की रञ्जिता बस्नेतले हरेक वर्ष स्वस्थानी व्रत बस्दै आएको बताउनुभयो ।
अपर मेवा जलविद्युतको सुरुङ मार्ग खन्ने कार्य सुरु
ताप्लेजुङमा निर्माणाधीन अपर मेवा जलविद्युत आयोजनाको सुरुङ मार्ग खन्ने कार्य सुरु गरिएको छ । मिक्वाखोला गाउँपालिकामा निर्माणाधीन ३१.९२ मेगावाट क्षमताको उक्त जलविद्युत आयोजनाको सुरुङ मार्ग खन्ने कार्य सुरु गरिएको हो ।
सत्ताभन्दा सिद्धान्त सर्वोपरि हुन्छ : सभापति थापा
नेपाली कांग्रेसका सभापति गगन थापाले बदलिएको कांग्रेसका लागि सत्ताभन्दा पार्टीको सिद्धान्त र आदर्श प्राथमिकतामा रहेको बताउनुभएको छ ।
कर्माचार्यको स्मृतिमा मूर्ति स्थापना
धनकुटाका सामाजिक अभियन्ता तथा शिक्षाप्रेमी स्व. गणेशकुमार कर्माचार्यको स्मृतिमा अर्धकदको मूर्ति स्थापना गरिएको छ।
खयरबारीवासी भन्छन्, ‘खोलो बाँधियो अनि बाँचियो’
झापाको कमल गाउँपालिका–६ स्थित रतुवा खोलाको किनारमा रहेको खयरबारी टोल कुनै समय बाढीको स्थायी त्रासमा बाँचिरहेको बस्ती थियो । अघिल्लो दशकसम्म वर्षायाम लाग्नेबित्तिकै यहाँका बासिन्दाको रात निद्रामा बित्दैनथ्यो ।
निर्वाचन प्रहरीलाई तालिम सुरु
धनकुटामा निर्वाचन सुरक्षाका लागि छनोट भएका निर्वाचन सुरक्षा प्रहरीलाई तालिम सुरु गरिएको छ । शनिबार धनकुटाको तल्लो टुँडिखेलमा आगामी फागुन २१ गते हुने निर्वाचनका लागि छनोट भएका निर्वाचन प्रहरीलाई तालिम सुरु गरिएको हो।
मतदान केन्द्रको सुरक्षा अवस्था बुझ्दै समिति
इलामस्थित जिल्ला सुरक्षा समितिले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि तोकिएको मतदान केन्द्रहरूको स्थलगत अध्ययन थालेको छ ।
मेचीपुलमा भएको दुर्घटनामा कटुवालको मृत्यु
झापाको पूर्वी नाका मेचीनगरस्थित मेची पुलको ब्यारीकेटमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
ताप्लेजुङमा ४३ प्रतिशत मुद्दा फर्छ्यौट
ताप्लेजुङ जिल्ला अदालतले मध्ये ४३ प्रतिशत मुद्दा फछ्र्यौट गरेको छ । चालु आर्थिक वर्षको ६ महिनामा जिम्मेवारी सरी आएका र नयाँ लगतका रूपमा दर्ता भएका गरी जम्मा तीन सय ७० थान मुद्दामध्ये एक सय ६० थान मुद्दा फर्छ्यौट गरेको हो ।
अटो दुर्घटना हुँदा ६ जना घाइते
धनकुटा नगरपालिका–४ अन्तर्गत छारागाउँ पिपलडाँडास्थित भित्री सडक खण्डमा अटो दुर्घटना हुँदा ६ जना घाइते भएका छन्।
नेपाल ज्योतिष परिषद् धनकुटाको अध्यक्षमा घिमिरे
नेपाल ज्योतिष परिषद् धनकुटाको अध्यक्षमा सरोज घिमिरे सर्वसम्मत चयन हुनुभएको छ।
‘सरकारी संरचना तोडफोड गर्नेप्रति सचेत रहनुपर्छ’
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको चुनावी कमान्डर एवं एमाले केन्द्रीय सदस्य देवेन्द्र दाहालले खर्बभन्दा बढीको क्षति हुनेगरी सरकारी भौतिक संरचना तोडफोड गर्ने गराउनेप्रति नेपाली जनता सचेत रहनुपर्ने बताउनुभएको छ ।
धनकुटामा बस दुर्घटना, ६ जना घाइते
कोशी लोकमार्गस्थित धनकुटाकोे छथरजोरपाटी गाउँपालिका–२ र धनकुटा नगरपालिका–१, को सीमामा पर्ने त्रिशुलेमा यात्रुवाहक बस दुर्घटना हुदाँ छ जना घाइते भएका छन् ।
पूर्वी नेपालका सन्थाल सोहराय मनाउँदै
सतार (सन्थाल) आदिवासी समुदायले मनाउने सोहराय पर्व यस वर्ष पनि परम्परागत उल्लासका साथ मनाउन सुरु भएको छ ।
सुन र चाँदीको गहना चोरी
झापामा प्रहरी निर्वाचन केन्द्रित अभियानमा जुट्न थालेपछि चोरीका घटना बढ्न थालेको छ । बिहीबार राति झापाको बिर्तामोड र अर्जुनधारामा लाखौं रुपियाँ बराबरको धनमाल चोरी भएको छ ।
पाँच दिनदेखि सम्पर्कविहीन बेघा मृत अवस्थामा फेला
सिक्किमदेखि आफन्त भेटघाटका क्रममा पाँचथरको फिदिम आइपुग्नु भएका एक जना ज्येष्ठ नागरिक मृत अवस्थामा भेटिनुभएको छ ।