बाँधिँदै आएका पविन्द्रको उद्धार
करिब एक दशकअघिदेखि साङ्लोमा बाँधिँदै आउनुभएका पविन्द्र मगरको शनिबार उद्धार गरिएको छ । चौदण्डीगढी नगरपालिकाको पहलमा विराटनगरस्थित मानवसेवा आश्रमले उहाँको उद्धार गरेको
प्रादेशिक आर्युवेद अस्पताललाई ‘प्रदेशस्तरीय आयुर्वेद शिक्षण अस्पताल’ बनाइने
कोशी प्रदेश सरकारको आर्थिक वर्ष २०८२/०८३ को बजेटमा झापाको लखनपुरस्थित प्रादेशिक आयुर्वेद अस्पताललाई ‘प्रदेशस्तरीय आयुर्वेद शिक्षण अस्पताल’ को रूपमा स्तरोन्नति गर्ने भएको छ ।
स्वच्छ पानी उपभोग गराउन ‘बायो स्याण्ड फिल्टर’ वितरण
यहाँको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारस्थित पिपचाहीका स्थानीयलाई स्वच्छ पानी उपभोग गराउन ‘बायो स्याण्ड फिल्टर’ वितरण गरिएको छ । गाउँमा पानीको सुविधा भएपनि मुहान दूषित हुँदा स्थानीयवासी दूषित पानी पिउनुपर्ने बाध्यतामा थिए ।
झापामा पहेँलो कछुवा फेला
नेपालको चारकोशे झाडीको रुपमा परिचित झापाको जलथलस्थित चारकोशे वनमा पहेँलो कुछुवा फेला परेको छ । हल्दिबारी गाउँपालिका–४ स्थित श्री पाथिभरा कालिका सामुदायिक वनमा पहेँलो कछुवा फेला परेको हो ।
भारत लैजाँदै गरेको ३२ लाख मूल्य बराबरको चाँदी बरामद
नेपालबाट भारततर्फ लैजाँदै गरेको ३२ लाख मूल्य बराबरको चाँदी र सुन जस्तो पहेँलो देखिने साढे पाँच किलो पहेँलो धातु प्रहरीले इलामको पशुुपतिनगर चारमाईलबाट बरामद गरेको छ ।
मुन्धुमी विधिअनुरुप मुक्कुमलुङमा वृक्षरोपण
जैविक विविधता, पर्यावरण र संस्कृतिको संरक्षण गर्ने उद्देश्यसाथ ताप्लेजुङको मुक्कुलुङ क्षेत्रमा मुन्धुमी बिधिअनुसार वृक्षरोपण गरिएको छ । मुन्धुमी संस्कारअनुसार प्रकृति र प्रकृतिकी देवी ताम्भुङनासँग फेदाङमाले नागरिकको तर्फबाट माफ मागेपछि मात्र जमिन खनेर विरुवा रोप्ने परम्परा छ ।
निर्माणाधीन सडक छेउमा गाडिएको अवस्थामा शव फेला
धनकुटा महालक्ष्मी नगरपालिका – ७ धरधरेस्थित जितपुर–लेगुवा सडक खण्ड छेउमा गाडिएको अवस्थामा एक युवकको शव फेला परेको छ ।
असारका लागि पनि घट्यो ब्याजदर
पछिल्लो समय ब्याजदर निरन्तर घटाउँदै आएका वाणिज्य बैङ्कहरूले असारका लागि पनि घटाएका छन् ।
पाँचथरमा निःशुल्क क्षयरोग परीक्षण शिविर
पाँचथरमा पहिलो पटक एआई प्रविधिबाट क्षयरोग पहिचान गरिने भएको छ। फिदिम नगरपालिकाको आयोजनामा असार ३ गते पाँचथर जिल्ला अस्पतालमा एकदिने निःशुल्क क्षयरोग परीक्षण शिविर सञ्चालन हुन लागेको हो।
कोशीको बजेट ३५ अर्ब ८७ करोड ९९ लाख, पर्यटनमा जोड
कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ सालका लागि ३५ अर्ब ८७ करोड ९९ लाख रुपियाँको वार्षिक राजश्व तथा व्ययको अनुमान प्रस्तुत गरेको छ ।
कोशी प्रदेशको बजेट (प्रत्यक्ष प्रसारण)
विराटनगर, असार १ गते । कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्नुभएको हो ।
संरक्षण गरिँदै मलाहा बिरालो
कोशीटप्पु वन्यजन्तु आरक्षमा पाइने दुर्लभ र सङ्कटापन्न प्रजातिको मलाहा बिरालो (फिसिङ क्याट) को संरक्षणका लागि पहल गरिने भएको छ । कोशीटप्पुमा आयोजित मलाहा बिरालोको संरक्षण तथा व
मैवाखोलामा श्रमदानबाट काठेपुल निर्माण
मैवाखोला गाउँपालिकामा जनश्रमदान अभियानमार्फत काठेपुल निर्माण थालिएको छ । मैवाखोला-४ साँघुस्थित एकबासे नेरुवाखोला र माङमाया खोलामा अस्थायी मोटरेवल काठेपुल निर्माण सुरु गरिएको हो ।
व्यावसायिक सुन्तलाखेतीमा जुट्दै भोजपुर पालुवाका किसान
भोजपुर नगरपालिका–६ पालुवाका किसान व्यावसायिक सुन्तलाखेतीमा जुटेका छन् । एकपटक खेती विस्तार गरेपछि वर्षौँ आम्दानी लिन सकिने भएकाले किसान सुन्तलाखेतीमा आकर्षित भएका हुन् ।
औद्योगिक पार्क अनुगमनमा चिनियाँ टोली
चीन–नेपाल मैत्री औद्योगिक पार्कसम्बन्धी छलफल तथा स्थलगत अनुगमनका लागि चीनको सिजाङ सामाजिक विज्ञान प्रतिष्ठान अन्तर्गत दक्षिण एसियाली अध्ययन संस्थानका निर्देशक याङ याबोको ने
शुल्क असुल्न थालेपछि अभिभावक चिन्तित
उदयपुरका विभिन्न सामुदायिक विद्यालयले विद्याार्थीबाट चर्काे शुल्क लिन थालेपछि अविभावक चिन्तित बनेका छन् । शिक्षा ऐनविपरीत निःशुल्क तथा अनिवार्य शिक्षा पाउने कानुनी व्यवस्थाविपरीत भर्ना अभियानका व्रmममा सरकारी विद्यालयले चर्काे शुल्क लिन थालेका छन् ।
मैझारो सिली प्रदर्शन गर्दै साकेला उभौलीलाई बिदा गरियो
शनिबार दिनभरको टन्टलापुर घाम । ढोल, झ्याम्टाको तालसँगै साकेला गीतले गुञ्जयमान वातावरण । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारको माटीकोरे खेलमैदानमा भरिभराउ मानिसको भीड ।
मोटरसाइकल दुर्घटनामा सहायक प्रहरी हबल्दारको मृत्यु
मोरङस्थित पथरी–कानेपोखरी सडकखण्डमा मोटरसाइका दुर्घटनामा परी प्रहरी सहायक हबल्दारको मृत्यु भएको छ ।
बेलिब्रिज खस्दा घाइते भएका तीन मजदुरको मृत्यु
मेची राजमार्गको पाँचथर खण्ड अन्तर्गतको हेवा खोलामा निर्माणाधीन बेलिब्रिज भत्किँदा घाइते भएका तीन मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा बारा जिल्लाको सिमरा उपमहानगरपालिका–१२ निवासी २२ वर्षीय रूपलाल चौधरी, २७ वर्षीय राजन चौधरी र २२ वर्षीय राकेश चौधरी रहेका छन् ।
सामाजिक सुरक्षा भत्ता वडाबाटै पाउनुपर्ने माग
ताप्लेजुङको सदरमुकाम अवस्थित फुङ्लिङ नगरपालिका–११ फावाखोलाका स्थानीयले सामाजिक सुरक्षा भत्ता वडाबाटै पाउनुपर्ने माग गरेका छन्। नगरपालिकाकै दुर्गम वडाको रुपमा रहेको फावाखोलाका लाभग्राहीले सामाजिक सुरक्षा भत्ता बापतको रकम वडाबाटै पाउनुपर्ने माग गरेका हुन्।
हेवा खोलामा बन्दै गरेको बेलिब्रिज खस्यो : चार मजदुर गम्भीर घाइते
मेची राजमार्गमा पर्ने हेवा खोलामा निर्माणाधीन बेलिब्रिज जडानको काम अन्तिम चरणमा पुग्नासाथ खसेको छ ।
माछा मार्ने क्रममा करेन्ट लागेर श्रीमान् श्रीमतीको मृत्यु
मोरङको सुन्दरहरैँचा नगरपालिका–७ स्थित मदेली खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर आज श्रीमान् श्रीमतीको मृत्यु भएको छ।
भुल्के र लुङरुपामा अस्थायी प्रहरी पोस्ट
पाँचथर जिल्लाको तमोर काेरिडोरमा पर्ने कुम्मायक ५ भुल्के र फिदिम नगरपालिका १४ लुङरुपामा अस्थायी प्रहरी पोस्ट स्थापना भएका छन्।
पशुपालक कृषकलाई च्यापकटर वितरण
मोरङको विराटनगर महानगरपालिकाले पशुपालक कृषक समूहलाई च्यापकटर (कुटी काट्ने मेसिन) वितरण गरेको छ । पशुपालनतर्फ आकर्षित गर्ने उद्देश्यले ७५ प्रतिशत अनुदानमा च्यापकटर वितरण गरिएको महानगरका कृषि तथा पशुपंक्षी शाखाका संयोजक हीरालाल यादवले जानकारी दिनुभयो ।