• १ असार २०८२, आइतबार

भुल्के र लुङरुपामा अस्थायी प्रहरी पोस्ट

blog

पाँचथरको कुम्मायक गाउँपालिका वडा नम्बर ५ भुल्केमा स्थापित अस्थायी प्रहरी चौकी। तस्बिर : राधा लुइटेल

राधा लुइटेल

फिदिम, जेठ ३१ गते। पाँचथर जिल्लाको तमोर काेरिडोरमा पर्ने कुम्मायक ५ भुल्के  र फिदिम नगरपालिका १४ लुङरुपामा अस्थायी प्रहरी पोस्ट स्थापना भएका छन्।

तराईदेखि पहाड हुँदै हिमाल जोड्ने तमोर काेरिडोरको भुल्केमा राजमार्ग र ग्रामीण नागरिकको शान्ति सुरक्षार्थ प्रहरी पोस्ट स्थापना गरिएको हो।

हालै स्थापना गरिएको भुल्केको प्रहरी पोस्टको शुक्रबार पाँचथरका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेल र लुङरुपामा स्थापना गरिएको प्रहरी पोस्टको उद्घाटन फिदिम नगरपालिकाका मेयर मित्रप्रसाद काफ्लेले गर्नु भएको हो।

साविक लुङरुपा गाउँ विकास समितिमा पर्ने फिदिम नगरपालिका–१४ मा हालसम्म प्रहरी चौकी स्थापना भएको थिएन। पटक पटक प्रहरी चौकी स्थापना गर्न माग गर्दै आएको पाँचथरका प्रहरी नायब उपरीक्षक (डिएसपी) कौशलकुमार बुडाथोकीले जानकारी दिनुभयो।

लुङरुपाको प्रहरी चौकीको उद्घाटन गर्दै नगर प्रमुख काफ्लेले शान्ति सुरक्षा कायम गर्न नागरिक पनि उत्तिकै जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो।