सप्तकोशी किनारबाट सूर्यास्तको दृश्यावलोकन
पूर्वसन्ध्याको दृश्यावलोकनका लागि पछिल्लो समय सप्तकोशी किनारमा मानिसको भिड लाग्न थालेको छ । किनार क्षेत्रबाट देखिने सूर्यास्तको दृश्य, बालुवाका कण र पानीमा पर्ने सूर्यका सुनौलो किरणका निकै मनमोहक हुने भएकाले बोराबाँधमा मानिसको भिड लाग्ने गरेको हो ।
चिसो पहाडबाट झरेर तराईमा जडीबुटी व्यावसाय
सङ्खुवासभामा जन्मेर हिमाली भेगको चिसो हावापानी र भिरालो डाँडाकाँडामा हुर्किनुभएकी आचुङ्मा भोटे विगत १६ वर्षदेखि तराई झरेर जडीबुटी व्यवसाय गर्दै आउनुभएको छ ।
भन्ज्याङ बजारमा आगलागी हुँदा ५० लाख बढीको क्षति
ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–४ भन्ज्याङ बजारमा आगलागी हुँदा ५० लाखभन्दा बढीको क्षति भएको छ ।
रुख काट्ने क्रममा एक जनाको मृत्यु
धनकुटाको छथरजोरपाटी गाउँपालिका ६, स्थित नामजाङमा रुख काट्ने क्रममा एक जनाको मृत्यु भएको छ । शुक्रबार साझ करिब ५ बजे रुख काट्दा रुखले लागेर एक जनाको मृत्यु भएको हो ।
आगजनीबाट क्षतिग्रस्त दुहवी नगरपालिकालाई प्रदेश सरकारको सहयोग
आगजनीबाट क्षतिग्रस्त बनेको सुनसरीको दुहवी नगरपालिकालाई कोशी प्रदेश सरकारले १८ लाख रुपियाँ बराबरको कम्प्युटर तथा कार्यालय प्रयोजनमा उपयोग हुने सामग्री प्रदान गरेको छ।
साब्लाखु भञ्ज्याङ बजारमा आगलागी
भञ्ज्याङ बजारका स्थानीय लक्ष्मी तामाङको घरमा शुक्रबार दिउँसो आगलागी भएको हो । भुँइतला पक्की र माथि जस्तापाता तथा काठसमेत प्रयोग गरिएको तामाङको घरमा आगलागी भएको हो ।
लागू औषधसहित इलाममा चारजना पक्राउ
आठ दशमलब ७० ग्राम लागूऔषधसहित चार जनालाई जिल्ला प्रहरी कार्यालय इलामले आज पक्राउ गरेको छ ।
एमाले ताप्लेजुङमा सर्वसम्मत प्रतिनिधि चयन
ताप्लेजुङबाट नेकपा (एमाले) को ११ औं महाधिवेशनका लागि सर्वसम्मत प्रतिनिधि चयन भएका छन् । जिल्लाबाट प्रतिनिधित्व गर्ने १२ जना महाधिवेशन प्रतिनिधि सर्वसहमतिमा चयन हुनुभएको हो ।
विराटनगरबाट सवारीचालक अनुमतिपत्र सेवा सञ्चालन
यातायात व्यवस्था कार्यालय विराटनगरले अवरुद्ध सवारीचालक अनुमतिपत्र प्रदान सेवा सञ्चालनमा ल्याएको छ ।
गोल्डकप विजेतालाई अलैँची पुरस्कार
दोस्रो फङ्फङदेन झरना पर्यटन तथा सांस्कृतिक मेलामा आयोजित अन्तर क्लबस्तरीय आमन्त्रित पुरुष फुटबल प्रतियोगिताको उपाधि पाँचथरको गणेश चोकले हात पारेको छ । विहीबार भएको फाइनल खेलमा हिमाली तोक्पेगोला युथ क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै गणेश चोकले उपाधि हात पारेको हो ।
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
धरान उपमहानगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शुक्रबार बिहान धरान –८ तिनकुनेस्थित कोशी राजमार्गमा धरानबाट ईटहरीतर्फ जाँदैगरेको प्र १–०३–००१ प १३२४ नम्बरको मोटरसाइकलले प्र.१–०२–००१ ख ८७५७ नम्बरको रोडको साईडमा रोकी राखेको ट्रकमा पछाडीबाट ठक्कर दिई दुर्घटना भएको हो ।
विवाहपञ्चमी महोत्सवमा आएका साधुसन्तको बिदाइ
सुनसरीको इनरुवामा कोशी प्रदेशमा नै पहिलो दाबी गरिएको रामजानकी रथ यात्रा तथा विवाहपञ्चमी महोत्सवमा आएका साधुसन्तको बिदाइ गरिएको छ ।
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको निर्यात भएको छ ।
पकेट क्षेत्र निर्धारण गरेर किवीखेतीमा लगानी गर्दै पौवादुङमा
पकेट क्षेत्र घोषणा गरी गाउँपालिकाले लगानी बढाएपछि भोजपुरको पौवादुङमाका किसान व्यावसायिक किबीखेतीतर्फ आकर्षित भएका छन् । श्यामशिलाका १७ किसान अहिले सङ्गठित रूपमा किबी उत्पादनमा जुट्दै दिगो आयस्रोतको नयाँ सम्भावना निर्माण गरिरहेका छन् ।
विदेशमा गर्दा आर्थिक बोझ
नेपाली अर्थोडक्स चियाका लागि निकै खर्चिलो र बाध्यात्मक रहेको अर्गानिक प्रमाणीकरणमा लाग्ने वार्षिक शुल्क चिया उत्पादकका ठुलो समस्या बन्न थालेको छ । तेस्रो मुलुक निर्यात हुने नेपाली चियाका लागि अनिवार्य रहेको अर्गानिक प्रमाणीकरणको प्रक्रिया त्यसै पनि झन्झटिलो रहेको गुनासो छ ।
प्रधानमन्त्री बन्न पार्टी खोलेको साम्पाङको भनाइ
धरान उपमहानगरपालिकाका प्रमुख तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफू प्रधानमन्त्री बन्न पार्टी खोलेको बताउनुभएको छ।
डेढ करोडको सुन्तला बिक्री गर्ने गाउँ
खोटाङको सुन्तलाको राजधानी भनेर परिचित घोर्ले गाउँबाट एक वर्षमा डेढ करोड बढीको सुन्तला बिक्री हुने गरेको छ।
तरकारी र दालको मूूल्य आकाशियो
सधैं तरकारी उत्पादनको जिल्लाका रुपमा रहेको इलाममा पछिल्लो समय तरकारीको मूूल्य आकाशिएको छ । मंसिरको दोस्रो साता हुँदै गर्दा विगत वर्षमाभन्दा तरकारी र दालको मूूल्य बढी रहेको छ ।
ट्रेड युनियन प्रजातन्त्रको जरा हो : धनराज गुरुङ
नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङले ट्रेड युनियन नै प्रजातन्त्रको जरा भएको बताउनुभएको छ ।
प्रोत्साहनका कार्यक्रमले उद्यमशील बन्दै पौवादुङमा महिला
पौवादुङमा गाउँपालिकाले ‘उपाध्यक्ष आत्मनिर्भर कार्यक्रम’मार्फत महिलालाई उद्यमशीलता, स्वरोजगार र आर्थिक आत्मनिर्भरतामा जोड दिँदै विभिन्न आयमूलक कार्यक्रम सञ्चालन गरेको छ ।
पर्यटकको रोजाइमा ‘बोराबाध’
यहाँको बराहक्षेत्र नगरपालिका–६ स्थित सप्तकोशी नदी किनारमा रहेको ‘बोराबाध’ पछिल्लो समय पर्यटकको रोजाइमा पर्न थालेको छ ।
उदयपुर सिमेन्ट उद्योग पुनः सञ्चालन
आठ महिनादेखि बन्द उदयपुर सिमेन्ट उद्योग पुनः सञ्चालनमा आएको छ । विगतमा पटक पटक बन्द हुँदै र सञ्चालनमा आउँदै गरेको यो उद्योग पछिल्लो समय आठ महिनादेखि पूर्ण रूपले बन्द थियो ।
सातौँ सन्तानको न्वारन
कोशीटप्पु वन्यजन्तु आरक्षको पश्चिम भाकलपुर पोस्टमा ११ दिनअघि जन्मिएको छावाको धार्मिक विधि अनुसार न्वारन गरिएको छ । आरक्षको गस्ती गर्न पालनपोषण गरी पोस्टमा राखिएकी शोभाकलीबाट सातौँ सन्तानका रूपमा जन्मेको छावाको धार्मिक विधि अनुसार न्वारन गरिएको हो । आरक्षका वरिष्ठ संरक्षण अधिकृत भूपेन्द्रप्रसाद यादवसहित नेपाली सेनाका अधिकृत तथा कर्मचारीहरूको बाक्लो उपस्थितिमा न्वारन गरिएको हो ।
गोरुले हानेर बृद्वको मृत्यु
पाँचथरमा आफैंले पालेको गोरुले हान्दा एकजना बृद्वको ज्यान गएको छ । फिदिम नगरपालिका –१४ का ६९ वर्षीय पदमबीर राईको मृत्यू भएको हो ।