• २१ फागुन २०८२, बिहिबार

पूर्वप्रधानमन्त्री खनालद्वारा मतदान

blog

प्रेम अधिकारी

पशुपतिनगर(इलाम) फागुन २१ गते । पूर्वप्रधानमन्त्री  झलनाथ खनालले इलामबाट मतदान गर्नुभएको छ । खनालले इलाम निर्वाचन क्षेत्र नं. १ को रम्फोक आधारभूत विद्यालयको केन्द्र क बाट मतदान गर्नुभयो । 

मतदान पछि खनालले सञ्चारकर्मीहरू सँग प्रतिक्रिया दिँदै यो निर्वाचन विशेष निर्वाचन भएको बताउनुभयो । उहाँले यस पटकको निर्वाचनले बहुमत कुनै दलले पनि नल्याउने भएकाले सत्ता समीकरणकै सम्भावना रहने बताउनुभयो । जेनजी आन्दोलपछि पुस्तान्तरणका लागि आफुले उम्मेदवारी नदिएको खनालले प्रतिक्रिया दिनुभयो ।