शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
कविराज घिमिरे
हिले फागुन २१ गते । धनकुटामा आठ प्रतिशत मत खसेको छ । बिहीबार बिहान १० बजेसम्ममा ८ प्रतिसन मत खसेको हो । जिल्ला प्रहरी कार्यालय धनकुटाको निर्वाचन सेलले दिएको जानकारी अनुसार १० बजेर २० मिनेट जादासम्म नौ हजार ४ सय ४५ मत खसेको छ ।
जिल्लाका कुल एक लाख १८ हजार ४२५ मतदाता रहेका छन् । यो कुल मतदाता सङ्ख्याको ८ प्रतिसत हो । जिल्लाका एक सय १९ मतदान स्थलका एक सय ६६ केन्द्रमा बिहान ७ बजेदेखि शान्तिपूर्ण रुपमा मतदान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाको सूचना अधिकारी डिएसपी ज्ञान कुमार महतोले जानकारी दिनुभयो ।
मतदान केन्द्रमा निर्वाचन सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र निर्वाचन प्रहरी खटिएका छन् । सुरक्षा व्यवस्था कडा पारिएको प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्काले जानकारी दिनुभयो ।