शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
गोकुल भुजेल
भोजपुर, फागुन २१ गते । जिल्ला कारागार भोजपुरमा शतप्रतिशत मतदान भएको छ । ४६ जना मतदाता रहेको कारागारमा ४६ जनाले नै मतदान गरेका छन् । जिल्ला निर्वाचन कार्यालय भोजपुरका प्रमुख डिकेन्द्र सुवेदीका अनुसार मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ ।
त्यस्तै, जिल्लाभरि अहिलेसम्म १३ हजार १ सय ९९ मत खसेको छ । बिहान ७ बजेबाट सुरु भएको मतदानमा अहिलेसम्म ११ प्रतिशत मत खसेको छ ।
जिल्लाबाट ५९ हजार २ सय ५३ जना महिला र ६४ हजार १ सय २५ जना गरी कुल १ लाख २३ हजार ३ सय ७९ जनाले १ सय ६१ मतदान केन्द्रमा मतदान जारी राखेका छन् । मतदान केन्द्रमा मतदान गर्न मतदाताहरूमा उत्साह रहेको बताइएको छ ।