सन्तोष राउत
सोलुखुम्बु, जेठ ३१ गते । सोलुखुम्बुका तर्फबाट सगरमाथा आरोहण गर्ने चार जनालाई सम्मान गरिएको छ । यस वर्षको आरोहण सिजनमा सफलतापूर्वक आरोहण गरेका पेम्बा शेर्पा, मिलन खलिङ राई, दाजाङबु शेर्पा तथा कुन्साङ छोपेल शेर्पालाई सम्मान पत्रसहित मञ्चले बधाई ज्ञापन गरिएको छ ।
नेकपा (एमाले) सोलुखुम्बु–काठमाडौँ सम्पर्क मञ्चद्वारा आयोजित कार्यक्रममा नेपाल सरकारका रक्षा मन्त्री मानवीर राईले आरोहीहरूलाई सम्मान गर्नुभएको हो ।
रक्षा मन्त्री राईले सोलुखुम्बु जिल्लाको सामान्य परिवारमा जन्मेर पनि सगरमाथा आरोहणको यात्रामा निस्कने साहसिक निर्णय लिने मनहरूप्रति उच्च सम्मान रहेको बताउनुभयो । सगरमाथा आरोहण गर्न धेरै पैसा चाहिने भए पनि मध्यम परिवारबाट सहसिक निर्णय गर्दै आरोहण गर्नु गौरवको कुरा भएको उहाँको भनाइ छ । आरोही पेम्बा शेर्पा मृगौला प्रत्यारोपण गरेर हिमाल आरोहण गर्ने आराही हुनुहुन्छ ।