झोरेनीमा पर्यटन महोत्सव
ताप्लेजुङस्थित विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्रमा ‘सिरिजङ्घा पर्यटन महोत्सव–२०८२’ सोमबार सम्पन्न भएको छ । कञ्चनजङ्घा क्षेत्र अन्तर्गत करिब तीन हजार चार सय मिटर उचाइ रहेको सिरिजङ्घा गाउँपालिका–८, याम्फुदिनको झोरेनीमा महोत्सव आयोजना गरिएको हो ।
पाथीभरा केबुलकारद्वारा वार्ताका लागि आह्वान
पाथीभरादेवी दर्शन केबुलकार कम्पनीले ताप्लेजुङको पाथीभरामा निर्माणाधीन केबुलकारको विरोधमा आन्दोलनरत पक्षलाई वार्ताका लागि आह्वान गरेको छ ।
महालक्ष्मीका सबै विद्यालय सञ्चालन हुँदै
धनकुटाको महालक्ष्मी नगरपालिकाका बिद्यालयहरु मंगलवारदेखि सञ्चालन हुनेभएका छन् । महालक्ष्मी नगरपालिकाका बिद्यालय ब्यबस्थापन समितिको भेलाले बिद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो ।
भोजपुर मेयर गोल्डकप : एपिएफ सेमिफाइनलमा
विभागीय टोली एपिएफ क्लब भोजपुर सदरमुकामस्थित स्थानीय कोदार फुटबल रङ्गशालामा जारी आठौँ अन्तर्राष्ट्रिय आमन्त्रित भोजपुर मेयर गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
३४ सय मिटरको उचाइमा पर्यटन महोत्सव आयोजना
ताप्लेजुङस्थित विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्रमा ‘सिरिजङ्घा पर्यटन महोत्सव–२०८२’ आयोजना गरिएको छ ।
कन्चन्जङ्घा साहसिक हाल्फ म्याराथनको उपाधि कुलुङ्लाई
कन्चनजङ्घा साहसिक हाल्फ म्याराथन प्रतियोगिताको उपाधि अर्जुन कुलुङ राईले हात पार्नुभएको छ ।
नौ सय ४६ किलोग्राम गाँजासहित एक पक्राउ
धनकुटामा अवैध लागु औषध गाँजा ट्रकमा लोड गर्दै गर्दा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको चौबिसे गाउँपालिका ५ बोधेका ४३ वर्षीय मनोज लिम्बु रहेका छन् ।
सङ्खुवासभाको मकालुमा चट्याङ लागेर सत्र वटा भैँसी मरे
सङ्खुवासभाको मकालु गाउँपालिका–३ का लोपातलमा चट्याङ लागेर १७ वटा भैसी मरेका छन् । वर्षासँगै परेको चट्याङ लागेर मकालु–३ स्थित कालोपातलमा चराउन जङ्गल लगिएका भँैसी मरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताउनुभयो ।
पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु
झापामा एक होटलको स्विमिङ पुलमा पौडी खेल्ने क्रममा डुबेर एक भारतीय बालकको मृत्यु भएको छ ।
हावाहुरीले उडायो घर गोठको छाना
ताप्लेजुङमा आइतबार साँझ आएको हावाहुरीले विभिन्न ठाउँमा स्थानीयको घर तथा गोठमा क्षति गरेको छ । प्रहरीका अनुसार जिल्लाको मिक्वाखोला गाउँपालिका र फुङ्लिङ नगरपालिकामा बढी क्षति गरेको हो ।
अपराध नियन्त्रणमा दुईदेशीय समन्वय
भारतको बिहारस्थित सुपौल जिल्ला वीरपुरमा भारत नेपाल सीमावर्ती जिल्लास्तरीय समन्वय समितिको बैठक हालै सम्पन्न भएको छ । नेपालको सप्तरी र सुनसरीका प्रमुख जिल्ला अधिकारी, जिल्ला सुरक्षा निकायका प्रमुख पदाधि
मौरीपालेर वार्षिक आठ लाख बढी आम्दानी
यहाँको इटहरी उपमहानगरपालिका–४ का युवराज भट्टराईले मौरीपालन गरेर वार्षिक रु आठ लाख बढी आम्दानी गरिरहनुभएको छ ।
कश्मीर आतङ्ककारी हमलापछि नेपाल–भारत सीमा क्षेत्रमा कडा निगरानी
सुनसरी, वैशाख १५ गते । भारतको जम्मु कश्मीर राज्यको पहलगाममा भएको आतङ्ककारी हमलापछि यहाँको नेपाल–भारत सीमा क्षेत्रमा निगरानी बढाइएको छ । खुला सीमाका कारण कुनै किसिमका अवाञ्छित गतिविधि हुन नदिन निगरानी बढाइएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिनुभयो । जिल्लाको बर्जु, हरिनगर र कोसी गाउँपालिकामा पर्ने नेपाल–भारत सीमा क्षेत्रको निरीक्षण गर्नुका साथै सुरक्षा सतर्कता बढाइएको उहाँले बताउनुभयो । सशस्त्र प्रहरी, नेपाल प्रहरी र भारतीय सीमा सुरक्षा बल एसएसबीसहितको टोलीले संयुक्त गस्ती गर्नुका साथै सीमा क्षेत्र भएर आवतजावत गर्ने मानिसलाई जाँच गरेर मात्र आवतजावत गर्न दिएको सशस्त्र प्रहरी उपरीक्षक निर्मलकुमार थापाले जानकारी दिनुभयो ।
एक हजार बढी आरोहीले सगरमाथा चढ्ने, ७ हजार मिटरसम्म बाटो बन्यो
काठमाडौँ, वैशाख १५ गते । संसारकै अग्लो शिखर सगरमाथा (८,८४८.८६ मिटर) हिमालको आरोहण गर्न विश्वका ५३ देशका आरोहीहरू आधार शिविरमा जम्मा भएका छन् । सगरमाथा आरोहणको मुख्य सिजन मानिने यस वैशाख र जेठ महिनामा मात्र चार सय भन्दा बढी आरोहीले सगरमाथाको आरोहण गर्ने भएको छ । पर्यटन विभागले दिएको अनुमतिको तथ्याङ्क हेर्दा आरोहण दलबाट अनुमति लिएर आरोहणमा जानेको सङ्ख्या मात्र चार सय भन्दा बढी छ भने उहाँको सहयोगी र गाइड समेत गरी करिब एक हजार जना चुचुरोमा पुग्ने भएको छ । एक आरोहीले कम्तिमा एक जना अथवा दुई जना सम्म गाइड प्रयोग गर्ने गर्छन् भने व्यवस्थापन र सहयोगीको रूपमा सरदार र शेर्पा गाइडहरू समेत चुचुरो पुग्ने भएकाले एक हजार बढी आरोहीको पाइला चुचुरोमा पुग्ने भएको आरोहण आयोजक कम्पनीहरूको भनाई छ । आरोहणदलबाट मात्र सगरमाथा आरोहण अनुमती लिने आरोही ४०२ जनापर्यटन विभागका निर्देशक लीलाधर अवस्थीले आइतबार सम्म सगरमाथा आरोहणका लागि ५३ देशका ४०२ आरोहीले अनुमति लिएका छन् । यी मध्ये ४१ आरोही समूहले छन । ७४ महिला आरोही छन् । अघिल्लो वर्षको यही सिजनमा सगरमाथा आरोहण गर्न ४१ आरोही समूहका ७५ महिला र ३३९ पुरुषसहित कूल चार सय १४ जनाले अनुमति लिएका थिए । यसवर्ष विभिन्न हिमाल आरोहणबाट वापत रु ६८ करोड ४० लाख रोयल्टी सङ्कलन भएको छ । आरोही आउनेक्रम जारी रहेकाले यो रकम अझै बढ्ने अनुमान छ ।सगरमाथा आरोहणलाई सुरक्षित, व्यवस्थित र नियमन गर्न पर्यटन विभागले सगरमाथा आधार शिविरमा फिल्ड कार्यालय स्थापना गरेको छ । सगरमाथा आरोहणको ७२ वर्षे दौरानमा प्रतिस्पर्धा, होडबाजी र कीर्तिमानका चाङ लागेका छन् । सगरमाथा आरोहण आफैँमा जोखिम र संवेदनशील भए पनि आरोहीले ज्यान नै दाउ लगाएर आरोहण गरिरहेका छन् ।सात हजार मिटरसम्म बाटो बन्याे सगरमाथामा आरोहणका लागि आधार शिविरदेखि तेस्रो शिविर सात हजार मिटरसम्म बाटो खुलिसकेको छ । सगरमाथाको चुचुरोसम्म डोरी टाँग्ने दक्ष शेर्पा टोलीले धमाधम बाटो बनाइरहेका छन् । अनुकूल मौसमको सदुपयोग गर्दै शेर्पा टोलीले तेस्रो शिविरभन्दा माथि बाटो बनाइरहेका छन् । तेस्रो शिविरसम्म बाटो बनेको र अब १० दिनपछि सगरमाथाको चुचुरोमा टोरी टाँगेर आरोहणको सुरुआत हुने बाटो बनाउने जिम्मा पाएको एटके कम्पनीले जनाएको छ ।सगरमाथा आधारशिविरमा दुई हजार भन्दा धेरैको भीडआरोही, गाइड, सरदार, शेर्पागाइड, सहयोगी, किचनका स्टाफ र बेसक्याम्प मेनेजर सहितको टोली आधारशिविरमा रहेको छ । यहाँ करिव दुई हजार भन्दा धेरै मानिसको भीड रहेको गाइड कुङगा शेर्पाले जानकारी दिनुभयो । रङ्गी चङ्गी पालले सजाइएका चिटिक्कका पालहरु र सुविधासम्पन्न सेवा समेत आधारशिविरमा उपलब्ध गराउदै कम्पनीहरुले प्रतिस्पर्धा गरेको पाइन्छ । अहिले आधारशिविर ठमेलको झल्को दिने गरी झकिझकाउ छ । आरोहीको भीडभाड र चहल पहलले बेग्लै रौनकता छाएको छ ।समुद्री सतहबाट पाँच हजार ३६४ मिटर उचाइमा रहेको आधारशिविर क्षेत्रमा ‘लाउन्ड्री’, ‘क्याफे’, ‘बार’ आदिको व्यवस्थापन गरिएको छ । पाँच सय भन्दा बढी पाल टाँगिएका छन् । एटके एक्सपीडिसन कम्पनीका प्रबन्ध निर्देशक लाक्पा शेर्पाले विभिन्न कम्पनीले आरोहीको खाना तथा बास व्यवस्थापनका लागि बनाइएका रङ्गी विरङ्गी पालका सजावटले आधारशिविर रमाइलो देखिएको बताउनुभयो ।लुक्लादेखि सगरमाथा आधार शिविरसम्म पर्वतारोही, पदयात्री र सहयोगीहरुको लामो लस्कर देखिन्छ । सगरमाथाको चुचुरोसम्म रोप फिक्सिङ डोरी टाँग्ने जिम्मेवारी एटके कम्पनीले पाएको छ । करिब ९० प्रतिशत आरोही सगरमाथा आधार शिविर पुगेको प्रबन्ध निर्देशक लाक्पा शेर्पाले जानकारी दिनुभयो ।
तरहरा राष्ट्रिय कविताको प्रथम ताज अविनाश भट्टराईलाई
सुनसरीको इटहरी २० तरहरामा भएको राष्ट्रिय कविता प्रतियोगितामा कवि अविनाश भट्टराईको कविता ‘झ्यालको सौन्दर्यशास्त्र’ले प्रथम पुरस्कार प्राप्त गरेको छ।
कांग्रेस सहमहामन्त्री यादवद्वारा झूठा आरोप लगाउनेलाई कारबाहीको माग
नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सदनमार्फत झूठो वक्तव्य दिएर नेपाली जनतालाई भ्रमित पार्न खोजेको दाबी गर्नुभएको छ। आइतबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस सहमहामन्त्री यादवले गत चैत १५ गते काठमाडौंमा भएको राजावादी आन्दोलनका क्रममा भाटभटेनी लुटपाट घटनामा कांग्रेसका सहमहामन्त्रीका छोराको संलग्नता रहेको भनेर कांग्रेसलाई बदनाम गर्न खोजिएको दाबी गर्दै उहाँले यस्ता प्रमाणविनाको झूठा आरोप लगाउनेलाई कारवाहीको माग समेत गर्नुभएको हो।
खरबुजाको विषादी अवशेष परीक्षण
झापाको दमक नगरपालिकाले खरबुजासहित फलफूल र तरकारीको विषादी अवशेष परीक्षण गरेको छ । अहिले गर्मी अधिक रूपमा बिक्री हुने गरेको खरबुजामा विषादीको प्रयोग भएको हुनसक्ने भन्दै उपभोक्ताहरूले गुनासो गरेपछि बजार अनुगमन गरेर नमुना परीक्षण गरिएको बताइएको छ ।
सडकको पर्खाइमा पक्की पुल
इलामको माई नगरपालिका–४ स्थित गरुवाखोलामा निर्माण भएको पक्की पुल दुुई वर्षदेखि अलपत्र अवस्थामा छ । पुल निर्माण भए पनि त्यससँग सडक नजोडिएका कारण दुई वर्षअघि बनेको सो पुल सडकको पर्खाइमा छ ।
पुनर्सञ्चालनमा आयो उदयपुर सिमेन्ट
आर्थिक सङ्कटबाट गुज्रिरहेको उदयपुर सिमेन्ट उद्योग छ महिनापछि पुनर्सञ्चालनमा आएको छ । अदालत र कर्मचारी संयन्त्रको अवरोधले छ महिनादेखि बन्द उद्योग बिहीबार रातिदेखि सञ्चालनमा आएको हो ।
तमोरमा पौडी खेल्ने क्रममा एक व्यक्ति बेपत्ता
ताप्लेजुङस्थित तमोर नदीमा पौडी खेल्ने क्रममा शनिबार एक व्यक्ति बेपत्ता हुनुभएको छ। प्रहरीका अनुसार जिल्लाको आठराई त्रिवेणी गाउँपालिका–२ फूलबारी खुवाका ५६ वर्षीय जीतबहादुर बल तामाङ तमोर नदीमा बेपत्ता हुनुभएको हो।
‘नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रप्रति विशेष जोड दिनेछु’
कोशी प्रदेशका स्वास्थ्य मन्त्री भूपेन्द्र राईले स्वास्थ्य क्षेत्रलाई विशेष जोड दिने प्रतिबद्ध गर्नुभएको छ । नेपाल स्ट्रोक एशोसिएसन र नेपाल स्ट्रोक प्रोजेक्टको संयुक्त आयोजनामा इटहरीमा सम्पन्न स्ट्रोक मास्टर क्लासमा उहाँले यस्तो प्रतिबद्ध गर्नुभएको हो ।
कफी खेतीका लागि सम्भाव्यता अध्ययन
ताप्लेजुङको मैवाखोला गाउँपालिकामा कफी खेती गर्नका लागि सम्भाव्यता अध्ययन गरिएको छ । गाउँपालिकाले छ वटै वडामा कफी खेती विस्तार गर्ने योजना बनाई सम्भाव्यता अध्ययन गरेको हो ।
६० औँ जयन्तीमा एक करोड चार लाखको अक्षय कोष
पाँचथरको कुम्मायक गाउँपालिका–१, यासोकमा सञ्चालन भइरहेको पृथ्वी माध्यमिक विद्यालयले स्थापनाको ६० औँ वर्ष उत्सव (हीरक जयन्ती) मनाएको छ।
कोशीमा पर्यटन वर्ष सुरूसँगै, पर्यटकको चहलपहल बढ्यो
प्रदेशको पर्यटन विकास र प्रवर्द्धनका लागि कोशी प्रदेश सरकारले पर्यटन वर्ष २०८२ मनाइरहेको छ । छिमेकी मुलुक भारत र तेस्रो मुलुकबाट १५ लाख पर्यटक भित्र्याउने लक्ष्यसहित सुरू गरिएको पर्यटन वर्षले प्रदेशवासीमा उत्साह थपेको छ । कोशीमा पर्यटन वर्ष सुरूसँगै, पर्यटकको चहलपहल बढ्न थालेको हो ।