• १ असार २०८२, आइतबार

शुल्क असुल्न थालेपछि अभिभावक चिन्तित

blog

गाईघाट समाचारदाता 

गाईघाट, असार १ गते । उदयपुरका विभिन्न सामुदायिक विद्यालयले विद्याार्थीबाट चर्काे शुल्क लिन थालेपछि अविभावक चिन्तित बनेका छन् । शिक्षा ऐनविपरीत निःशुल्क तथा अनिवार्य शिक्षा पाउने कानुनी व्यवस्थाविपरीत भर्ना अभियानका क्रममा सरकारी विद्यालयले चर्काे शुल्क लिन थालेका छन् । 

बालबालिकाका लागि निःशुल्क तथा अनिवार्य शिक्षा भनी नेपालको संविधानमा मौलिक हकका रूपमा उल्लेख गरेको भए पनि अङ्ग्रेजी माध्यमबाट कक्षा शिक्षण गर्ने शिक्षकलाई थप सुविधा दिने बहानामा सरकारी अनुदानमा सञ्चालित विद्यालयले बोर्डिङ स्कुलले झैँ धमाधम शुल्क असुल्न थालेपछि आपूmहरू आर्थिक मारमा परेको अभिभावकको भनाइ छ । 

यसैबिच जिल्लाको चौदण्डीगढी नगरपालिका–९, हडियामा रहेको जनता माध्यमिक विद्यालयले कक्षा २ देखि ९ सम्म नयाँ भर्ना हुन आउने सबै विद्यार्थीसंँग अक्षयकोष स्थापना गर्न भन्दै प्रतिविद्यार्थी १५ हजार रुपियाँका दरले शुल्क असुल्न थालेपछि स्थानीय अभिभावकबाट व्यापक गुनासो आएको सोही वडाका वडा अध्यक्ष प्रकाश राउतले बताउनुभयो ।

२०७४ सालदेखि नमुना विद्यालय कार्यक्रम सञ्चालन हुँदै आएको सो विद्यालयमा एक हजारभन्दा धेरै विद्यार्थी अध्ययनरत छन् । विद्यालयले नियमित अध्ययन गरिरहेका विद्यार्थीबाहेक कक्षा २ देखि ९ सम्म नयाँ भर्ना हुन आउने विद्यार्थीसँग अभिभावक सहयोग कार्यक्रम अन्तर्गत अक्षयकोष स्थापनाका लागि भन्दै प्रतिविद्यार्थी १५ हजार रुपियाँ लिने गरेको विद्यालय प्रशासनले जनाएको छ ।

अनिवार्य र निःशुल्क शिक्षासम्बन्धी नियमावली २०७७ ले भने स्पष्ट रूपमा सामुदायिक विद्यालयले विद्यार्थी भर्ना, मासिक पढाइ शुल्क, परीक्षा शुल्क, पाठ्यपुस्तकबापतको रकम लिन नपाउने उल्लेख गरेको छ तर जनता माध्यमिक विद्यालय हडियाले मात्र होइन, उदयपुरमा धेरै जसो सामुदायिक विद्यालयले विभिन्न बहानामा अभिभावकबाट चर्काे रकम असुल्ने गरेका छन् ।

आपूmले सरकारी विद्यालयमा निःशुल्क पढाइ हुन्छ भन्ने सुनेको भए पनि जनता मावि हडियामा भर्ना गर्न १५ हजार तिर्नुपर्ने बाध्यकारी नियम भएकाले ऋण काढेर छोराछोरी भर्ना गरेको स्थानीय कल्पना परियारले बताउनुभयो । शिक्षा विकास तथा समन्वय एकाइ उदयपुरका प्रमुख भवानी कट्टेलले त्यसरी पैसा उठाउनु कानुनविपरीत भएको र जिल्लाका धेरै सामुदायिक विद्यालयले विभिन्न बहानामा अभिभावकसँग पैसा लिने गरेको भन्ने जनगुनासो आपूmसम्म पनि आएकाले स्थानीय पालिकाबाटै यसको समाधान खोजिनुपर्ने बताउनुभयो ।

विद्यालयका प्रधानाध्यापक रामबहादुर राउतले आपूmले कुनै गलत मनसाय वा कुनै अन्य प्रयोजनका लागि अभिभावकसँग पैसा नलिएको बताउनुभयो । राउतले सबै अभिभावकलाई खुसी बनाएर पैसा लिएको दाबी पनि गर्नुभयो । उहाँले पालिकाले अनुदान कटौती गरेपछि शिक्षकलाई थप तलब सुविधा उपलब्ध गराउन कठिन भएकाले अभिभावक सहयोगमार्फत अक्षयकोष स्थापनार्थ नयाँ विद्यार्थी भर्नामा शुल्क लिएको बताउनुभयो ।