पहिरोले घरबारविहीन बनेका क्षितिजको परिवारलाई नयाँ घर
केपिलासगढी गाउँपालिका–७ सुङ्देलका १७ वर्षीय क्षितिज राईले पाँच वर्ष पहिले बुवा गुमाउनुभएको थियो । बाह्र वर्षको कलिलो उमेरका छँदा नै बुवा गुमाउनुभएका छितिजकी आमा ९४५ वर्षीया० शारदा राई शारीरिक तथा मानसिक दुवैमा कमजोर हुनुहुन्छ ।
ज्वाइँले गरे जेठी सासुको हत्या
इलामको माई नगरपालिकामा ज्वाइँले धारिलो हतियार प्रहार गरी जेठी सासुको हत्या गरेका छन् । माई नगरपालिका–४ का ४२ वर्षीय शान्तिराम दुलालले सोही स्थानकी ५२ वर्षीया भूमिका चापागाईँको हत्या गरेका हुन् ।
मेचीनगरका खाद्य उद्योगलाई रु ५० हजार जरिवाना
झापा, वैशाख १३ गते । मेचीनगर नगरपालिकाले स्थानीय बजार र सहकारीको अनुगमन तीव्र बनाएको छ । अनुगमनका क्रममा त्रुटी भेटिएका व्यवसायीलाई जरिवाना र सहकारीलाई सचेत गराइएको छ ।नगरकी उपप्रमुख मीना उप्रेतीको नेतृत्वमा गरिएको बजार अनुगमनको क्रममा मेचीनगर–९ को पूजा फुड प्रोडक्सन उद्योगमा उपभोग्य मिति गुज्रिएको पास्ता, सुजी र मैदा भेटिएको थियो ।उद्योगका सञ्चालक पुष्पा जैसवाल चौधरीलाई उपभोक्ताको हितमाथि खेलवाड गरेको अभियोगमा रु ५० हजार जरिवाना गरिएको मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले बताउनुभयो । जरिवाना तिरेपछि अबोप्रान्त लापर्वाही नगर्ने शर्तमा नगरपालिकाले अनुगमनको क्रममा उद्योगमा लगाएको ताला खोलिदिएको छ ।नगरपालिकाका खाद्य विश्लेषक दिपेन्द्र कार्कीले मेचीनगर–१० स्थित नन्दा फुड इन्डस्ट्रिज र मेचीनगर–१४ स्थित सिङ्गापुर बेभरेज नेपाल प्रालिसमेतमा अनुगमन गरिएको बताउनुभयो ।सरसफाइमा ध्यान नदिइएको पाइएका कारण नन्दा फुड इन्डस्ट्रिजका सञ्चालकलाई सचेत गराएर उद्योगमा सरसफाइको व्यवस्था मिलाउन निर्देशन दिइएको खाद्य विश्लेषक कार्कीले जानकारी दिनुभयो ।यसैबीच, नगरपालिकाद्वारा गठित सहकारी समन्वय समितिले मेचीनगरको १५ वटा सहकारी संस्थामा स्थलगत अनुमगन गरेको छ ।सहकारी समन्वय समितिको सचिवसमेत रहनुभएको नगरपालिकाका अधिकृत कार्कीले १५ सहकारीमा अनुगमन गर्दा सहकारी मूल्य र मान्यता पालना नगरेका आठ वटालाई सुध्रिनका लागि सुझाव दिइएको बताउनुभयो । समितिले मेचीनगर–१० को लङ्कासरी महिला संवृद्वि बहुउद्देश्यीय सहकारी संस्था, तारावारी शान्ति बचत तथा ऋण सहकारी संस्था, मेचीनगर–१४ को आपसी समाज बचत तथा ऋण सहकारी संस्था, विहानी बतच तथा ऋण सहकारी संस्था, मेचीनगर–१२ को सामूहिक अभियान बचत तथा ऋण सहकारी संस्था, सब्जीमण्डी कृषि सहकारी संस्था, चारआली बचत तथा ऋण सहकारी संस्था, मेचीनगर–१३ को आशावादी बहुउदेश्यीय सहकारी संस्थाको अनुगमन गरेको जनाएको छ ।यसैगरी, मेचीनगर–१ को कृष्ण थुम्की सहकारी संस्था, मेचीनगर–२ को वौद्धमोड कृषि सहकारी संस्था, प्रेरणा कृषि सहकारी संस्था र ब्रमाण्ड अपाङ्ग तथा महिला बचत तथा ऋण सहकारी संस्था, मेचीनगर–४ को पानस कृषि सहकारी संस्था र साना किसान कृषि सहकारी संस्था र मेचीनगर–५ स्थित नकलबन्दा बचत तथा ऋण सहकारी संस्थाको अनुगमन गरिएको छ ।अनुगमन गरिएकामध्ये आठ वटा सहकारीमा सञ्चालक समितिको वैठक नियमित नगरेको, विना धितो ऋण लगानी गरेको, कर्मचारीलाई नियुक्त पत्र नदिएको, तमसुकमा ऋण कार्यविधिको दफा उल्लेख नभएको, ऋण समितिले गरेको निर्णय ऋणिको फायलमा नराखेको, फायलमा स्वघोषणा अंशियारको सम्पति र ऋण स्वीकृति भएको पत्र नराखिएको, मासिक रिपोर्ट नबनाइएको, सूचना पार्टीनराखिएको, तोकिएको अवधिमा साधारणसभा नगरिएको, सदस्य शिक्षा कार्यक्रम नगरेको, कर्जा जोखिम कोषको व्यवस्था नगरिएको पाइएको थियो ।सहकारी अनुगमन टोलीमा सहकारी समन्वय समितिका सदस्य दुर्गाप्रसाद सापकोटा, वीपी भट्टराई, जगन्नाथ भट्टराई र सदस्य सचिव कार्की रहनुभएको थियो ।नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले स्थानीय सरकारलाई उपभोक्ताको अधिकार सुरक्षित गर्नका लागि अनुगमनको अधिकार दिइएको हुँदा बजार, सहकारी र अन्य क्षेत्रको अनुगमनलाई निरन्तर र प्रभावकारी बनाउने बताउनु भएको छ ।मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना पोखरेल उप्रेतीको नेतृत्वमा रहेको बजार अनुगमन टोलीमा राजश्व शाखाका प्रमुख प्रेमप्रसाद पराजुली, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय भद्रपुरकी खाद्य निरीक्षक सङ्गीता साह, जिल्ला प्रशासन कार्यालय झापाका नायव सुब्बा हरि खतिवडा, घरेलु तथा साना उद्योग कार्यालय भद्रपुरका नायव सुब्बा सुरेश गौतम, गुणस्तर तथा नापतौल कार्यालय भद्रपुरका नायव सुब्बा विजयनन्द चौधरी, मेची उद्योग बाणिज्य सङ्घका सदस्य विष्णु बुढाथोकीलगायत प्रहरीको सहभागिता रहेको थियो ।
दलित सशक्तीकरण लक्षित कोष सञ्चालनको तयारी
ताप्लेजुङको मैवाखोला गाउँपालिकामा दलित सशक्तीकरणका लागि स्थापित अध्यक्ष कोष सञ्चालनको तयारी गरिएको छ। दलित लक्षित सीप तथा चेतनामूलक कार्यक्रम गर्नेगरी स्थापना गरिएको अध्यक्ष कोष सञ्चालन गर्ने तयारी गरिएको हो।
ताप्लेजुङ उद्योग वाणिज्य सङ्घले पायो पूर्णता
ताप्लेजुङ उद्योग वाणिज्य सङ्घको कार्यसमितिले पूर्णता पाएको छ । शुक्रबार सङ्घका नवनिर्वाचित अध्यक्ष विकास गौतमले मनोनित पदाधिकारी तथा सदस्यलाई सपथग्रण गराउनु भएसँगै कार्यसमितिले पूर्णता पाएको हो ।
दुईसय केजी माछा नष्ट
इलाका प्रहरी कार्यालय उर्लाबारीले शुक्रबार बिहान नियन्त्रणमा लिएको मुङ्ग्री माछा नष्ट गरेको छ । प्रहरीले शुक्राबार बिहान दुईसय केजी मुङ्ग्री माछा नियन्त्रणमा लिएको थियो ।
टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
मोरङको सुन्दरहरैँचा–१ हरैँचा बजारमा शुक्रबार टिप्परको ठक्करबाट सुनसरी जिल्लाको दुहबी–९ का ४० वर्षीय महमद हासिम मियाँको घटनास्थलमै मृत्यु भएको छ ।
सोलुखुम्बुको थामेगाउँ बाढीले क्षतिग्रस्त पछि
सोलुखुम्बु, वैशाख १२ गते । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका ५ स्थित थामेगाउँ । गत वर्ष साउनमा हिमताल फुटेर आएको बाढीले क्षतिग्रस्त बनाएका थामेका संरचनाहरु हाल पुनर्निर्माणका कार्य जारी छ । तस्बिरः रासस
अन्तरजातीय विवाह गरेकालाई सम्मान
। खोटाङको खोटेहाङ गाउँपालिकामा अन्तरजातीय विवाह गरेका दम्पतीलाई सम्मान गरिएको छ । अन्तरजातीय विवाह गरेर घरजम बसाएका जोडीलाई नगद र सम्मानपत्रले सम्मान गरिएको हो । खोटेहाङ गाउँपालिका–१, लिकुवापोखरीका सुदेश राई र रि
कोशी प्रदेशमा लगानी गर्न आग्रह
नेपाल–भारत उद्योग वाणिज्य सङ्घ (एनआइसिसिआई) कोशी प्रदेश समितिले लगानीका लागि कोशी प्रदेशमा उपयुक्त वातावरण रहेको भन्दै लगानीका लागि भारतीय लगानीकर्तालाई आग्रह गरेको छ ।
प्रदेशस्तरीय ब्याडमिन्टन सम्पन्न
पाँचथरको फिदिममा सम्पन्न कोशी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगितामा पुरुष एकल तर्फ संखुवसभाका सुनिलजंग कार्की प्रथम हुनुभएको छ ।
प्रतिबन्धित लागु पदार्थसहित छ जना पक्राउ
कोशी प्रदेशको राजधानी विराटनगरलगायत विभिन्न जिल्लाबाट प्रहरीले प्रतिबन्धित लागु औषधिसहित ६ जनालाई पक्राउ गरेको छ । प्रहरीले मोरङ, सुनसरी र उदयपुरको विभिन्न ठाउँबाट ब्राउनसुगर र गाँजासहित उनीहरुलाई पक्राउ गरेको हो ।
शिक्षक आन्दोलन : सामुदायिक विद्यालयलाई विद्यार्थी जोगाउनै मुस्किल
नायरा पढ्ने विराटनगर ३ को सहिद आधारभूत विद्यालयले वैशाख ९ गतेबाट पठनपाठन सुरु हुने जानकारी दिएको थियो । तर शिक्षक आन्दोलन लम्बिएका कारण चाहेर पनि विद्यालय चलाउन सक्ने वातावरण भएन ।
शिक्षकलाई सारथि बनाउने अभ्यास
अभिभावक गुमाएका विद्यार्थीको पठनपाठनमा असर पुग्न नदिन मोरङको मिक्लाजुङ गाउँपालिकाले विशेष छात्रवृत्ति कार्यक्रम सञ्चालन गरेको छ । अभिभावक नहुँदा बालबालिकामा पारिवारिक र सामाजिक जिम्मेवारी बढ्दा बिचमै
सुनसान बन्दै म्याङ्लुङ
तेह्रथुमको सदरमुकाम म्याङ्लुङ बजारमा पछिल्लो समय चहलपहल घट्दै गएको छ । स्थानीय तहको पुनर्संरचना र प्रशासनिक सेवा प्रवाहमा आएको परिवर्तनपछि म्याङ्लुङ बजार सुनसान जस्तै बन्दै गएको हो ।
संरक्षणको पर्खाइमा कोलुङ्ग झरना
तराईमा पनि झरना हुन्छभन्दा धेरैलाई अचम्म लाग्नसक्छ तर मोरङको सामलिङ्गमा मनै लोभ्याउने झरना छ । यो ‘कोलुङ्ग झरना’ तराई र पहाडको फेदीमा रहेको मिक्लाजुङ्ग–५ मा पर्छ ।
पौवादुङमामा कृषि एम्बुलेन्सले किसानलाई राहत
भोजपुरको पूर्वी पौवादुङमा गाउँपालिकाले कृषि एम्बुलेन्स सञ्चालन गरेको छ । यो कार्यले पालिका भरी उत्पादन भएका कृषि उपजलाई स्थानीय र बाह्य बजारसम्म पुर्याउन सहज भएको छ ।
‘हिमालहरूमा जीवन छैन’: राजकुमारी अलथानी
सोलुखुम्बु, वैशाख ११ गते । विश्वको सर्वोच्च शिखर सगरमाथाको काखमा उभिएर कतारकी राजकुमारी तथा सगरमाथा आरोही आश्मा अलथानीले हिमाली क्षेत्रमा द्रुत रूपमा भइरहेको परिवर्तनप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ । सोलुखुम्बुको सानो तर जलवायु असरले गहिरो प्रभावमा परेको थामेमा गाउँ साथसाथै फाउन्डेसनद्वारा आयोजित हिमाली आरोही सम्मेलनलाई सम्बोधन गर्दै राजकुमारी थानीले भन्नुभयो, “सगरमाथा जस्ता हिमालहरूमा हिउँ रित्तिदै जानु केवल नेपालका लागि मात्रै होइन, सम्पूर्ण विश्व समुदायका लागि खतरा हो ।” सन् २०१९ मा पहिलो पटक नेपाल आएकी र त्यसै वर्ष सफल सगरमाथा आरोहण गरेकी राजकुमारीले यस पटकका हिमालहरूमा जीवन छैने यात्रालाई निकै भिन्न अनुभवका रूपमा लिनुभएको छ । “पहिलोपटक आएँ, त्यसबेला हिमाल उज्यालो, आकर्षक र जीवन्त लाग्यो । अहिले फर्किंदा ती हिमालहरूमा जीवन छैन जस्तो अनुभूत गरेँ । हिउँ हराउँदै गएको छ, चट्टानहरू खुला र काला देखिएका छन् । मौसम परिवर्तन भएको छ । यो सबै परिवर्तन एकदमै गम्भीर छ”, राजकुमारी अलथानीले भन्नुभयो । जलवायु परिवर्तनको प्रत्यक्ष मारमा थामे बस्तीहिमाली वातावरणमा आएको परिवर्तनको सबैभन्दा ठूलो असर थामेजस्ता बस्तीहरूले झेलिरहेका छन् । गएको वर्ष सगरमाथा क्षेत्रमा अवस्थित एक हिमताल फुट्दा आएको बाढीले थामे बस्तीमा व्यापक क्षति पु¥याएको थियो । त्यसबाट दर्जनौँ घर विस्थापित भए । विद्युत् संरचना ध्वस्त भयो । सडक सञ्जाल टुट्यो । बस्तीका बालबालिकाको शिक्षामा समेत बाधा पुग्यो । राजकुमारी थानीले यस्ता घटना जलवायु परिवर्तनको प्रत्यक्ष परिणाम भएको बताउँदै भन्नुभयो, “यस्ता हिमाली बस्तीको पुनःनिर्माणमा केवल नेपाल सरकारको प्रयास मात्रै काफी हुँदैन । यो सङ्कटसँगै लड्न सम्पूर्ण अन्तरराष्ट्रिय समुदायले हातेमालो गर्नुपर्छ ।”बाढीपहिरो, हिमताल विस्फोट, र हिउँपहिरोजस्ता विपद्बाट बच्न पूर्वसूचना प्रणाली जडान गर्नुपर्नेमा राजकुमारीको विशेष जोड थियो । “हिमाली क्षेत्रहरू संवेदनशील छन् । यहाँ यस्ता प्रणाली भए यथासमयमा सूचना प्रवाह भएर जनजीवन जोगिन सक्छ । प्रविधिको सदुपयोग जरूरी छ ।” सगरमाथाको संरक्षणमा विश्वको दायित्व राजकुमारी थानीले सगरमाथा केवल नेपालको सम्पत्ति नभई सम्पूर्ण मानवजातिको साझा धरोहर भएको उल्लेख गर्नुभयो । “हामी जस्ता आरोहीहरूले सगरमाथा चढ्दा मात्र गौरवको कुरा मान्दैनौँ, हामी त्यसको रक्षा पनि हाम्रो कर्तव्य ठान्छौँ । अब हरेक विकास योजनामा हिमालको अस्तित्वलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ, होइन भने भोलि सगरमाथा फोटोमा मात्र सीमित हुनेछ,” उहाँले चेतावनी दिनुभयो । राजकुमारीको भनाइलाई समर्थन गर्दै सम्मेलनमा सहभागी अन्य पर्यावरणविज्ञ, आरोही र स्थानीय प्रतिनिधिहरूले हिमालय संरक्षणका लागि वैश्विक सहकार्य आवश्यक भएकामा एकमत जनाए । सम्मेलनमा नेपाल सरकार, स्थानीय निकाय, गैरसरकारी संस्था तथा विदेशी पर्वतारोहण समुदायबीच सहकार्य गर्नुपर्नेमा जोड दिइएको छ । थामेमा आयोजित सम्मेलन केवल हिमाली आरोहीहरूको जमघट मात्रै थिएन, यो जलवायु चेतना, हिमाली सङ्कट र समाधानको विमर्शको थलो बन्यो । सम्मेलनमा प्रस्तुत गरिएका तथ्याङ्कअनुसार सगरमाथा क्षेत्रको औसत तापक्रम हरेक दशकमा बढ्दै गएको छ । जसको प्रत्यक्ष असर हिमनदीमा परेको छ । राजकुमारी थानीको चेतावनी, अनुभव र भावनात्मक अपिलले सम्मेलनमा गहिरो प्रभाव पारेको थियो । उहाँको अन्तिम सन्देश थियो, “हिमाल हाम्रो शिर हो, हाम्रो आत्मा हो । यदि हिउँ हरायो भने हामीले पृथ्वीको भविष्य गुमाउँछौँ । सगरमाथा बचाउन हामी सबैको साझा दायित्व हो ।”उक्त सम्मेलनको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले पठाउनुभएको शुभकामना सन्देश पनि सार्वजनिक गरिएको थियो । उहाँले सम्मेलनले सगरमाथा संवादको औपचारिक तयारीमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । प्रधानमन्त्री ओलीले वातावरणीय सङ्कटबारे जागरुकता फैलाउन आवश्यक रहेको उल्लेख गर्नुभयो । साथसाथै फाउन्डेसनले तिनै तहका सरकारसँगको समन्वयमा मङ्गलबार थामेमा आयोजना गरेको सम्मेलनलाई नेपाल सरकारले आगामी जेठ २ गतेदेखि आयोजना हुने सगरमाथा संवादको पूर्वकार्यक्रमका रूपमा अपनत्व लिएको छ ।
स्थानीय सरकारको दबाबपछि काममा तीब्रता
स्थानीय सरकारको निरन्तरको दबाबपछि तमोर कोरिडोर सडकअन्तर्गत ताप्लेजुङको निघुरादिन र पाँचथरको अमरपुर जोड्ने तमोर नदीमा निर्माण गर्न लागिएको मोटरेवल पुल (मोटर गुड्ने पुल) को कामलाई तीब्रता दिइएको छ। ठेक्का लागेको सात वर्ष बितिसक्दा पनि पुल निर्माणमा ध्यान नदिएको निर्माण कम्पनीले भर्खरैदेखि कामलाई तीब्रता दिएको हो।
ट्याक्टरले किचेर बालकको मृत्यु
भोजपुरको उत्तरी षडानन्द नगरपालिका–१४ मा टक्याकटरले किच्दा ८ वर्षीय बालकको घटनास्थलमै मृत्यु भएको छ ।
बसको ठक्करबाट महिलाको मृत्यु
पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको कानेपोखरी –७ मा यात्रुवाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ ।
कोशी राजमार्गको भोटखोला खण्ड अवरुद्ध
कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको भोटखोला खण्ड पहिरोले अवरुद्ध भएको छ ।
फेमे खोलाका लागि बेलिब्रिज उपलब्ध गराइने
सङ्घीय सरकारले पाँचथरको फिदिम नगरपालिका १ र ११ लाई सिमाना छुट्याएर बग्ने फेमे खोला दोभानमा हाल्न बेलिब्रिज उपलब्ध गराउने भएको छ ।
विद्यार्थीलाई यौन दुर्व्यवहार गर्ने शिक्षक पक्राउ
जिल्लाको एक विद्यालयमा विद्यार्थीलाई यौन दुर्व्यवहार गर्ने शिक्षक पक्राउ परेका छन् । सदरमुकाम खाँदबारीस्थित सूर्य सेकेण्डरी बोर्डिङ स्कुलमा कार्यरत शिक्षक बिवेक खत्रीलाई प्रहरीले पक्राउ गरेको हो ।