उम्मेदवारको नाम टुङ्ग्याउँदै दल
आउँदो मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि ताप्लेजुङमा राजनीतिक दलहरूले आफ्ना उम्मेदवारको नाम टुङ्गो लगाउन थालेका छन् ।
नयाँ जोडीलाई प्रजनन स्वास्थ्य सन्देशसहितको कार्ड
ताप्लेजुङको मैवाखोला गाउँपालिकामा नयाँ विवाहित जोडी (दम्पती) लाई शुभकामना कार्ड (पत्र) प्रदान गर्न थालिएको छ।
अरुनिमालाई तरुण गोल्डकप उपाधि
पाँचथरको तुम्बेवा गाउँपालिका वाड नं ५ मा सम्पन्न प्रथम तरुण गोल्डकपको उपाधि अरुनिमा फुटबल क्लबले हात पारेको छ ।
तोरी खेतीप्रति आकर्षण बढ्दाे
सुनसरीका किसानहरु केही वर्षयता तोरी खेतीप्रति आकषित भएका छन् ।
कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको सङ्ख्या वृद्धि हुँदा होटल व्यवसाय चलायमान
पछिल्ला वर्षमा ताप्लेजुङस्थित कञ्चनजङ्घा क्षेत्रमा भ्रमण गर्ने पर्यटकको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको छ । आठ हजार पाँच सय ८६ मिटरको सो हिमाल विश्वकै तेस्रो अग्लो हो । आन्तरिक तथा बाह्य पर्यटक दुवैको उपस्थितिले यस क्षेत्रको पर्यटन व्यवसायमा नयाँ उचाइ थपेको छ ।
नभएका विषयलाई अनावश्यक विवादको मुद्दा नबनाउन प्रधानमन्त्री ओलीको आग्रह
विराटनगर, कात्तिक २७ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले नभएका कतिपय विषयलाई अनावश्यक विवादको मुद्दा बनाउन नहुने बताउनुभएको छ । विराटनगरमा सोमबार साँझ पत्रकारहरूको जिज्ञासामा उहाँले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को विरोध र आन्दोलन सरकारमा नरहनुको छटपटी हो भन्नुभयो । प्रधानमन्त्री ओलीले अहिले अमेरिकी स्टेट सपोर्ट प्रोग्राम [एसपिपी]को कुनै कुरा वा चर्चा नै नभएको बताउनुभयो । संविधान संशोधनका लागि आयोग गठन हुन्छ भन्ने प्रश्नमा उहाँले यो विषय संसद्को विषय भएकाले आयोग गठन गरिरहनु नपर्ने जनाउनुभयो । सरकारको निर्देशनबमोजिम नेपाल विद्युत् प्राधिकरणले लाइन काटिएका उद्योगमा लाइन जोडिएको छैन नि भन्ने प्रश्नमा प्रधानमन्त्री ओलीले भन्नुभयो, “नजोडिएको भए हेर्दै जाउँ । हामी उद्योग र कलकारखानालाई काम गर्न सक्ने र आर्थिक समृद्धिका लागि आवश्यक काम गर्दै जानेछौँ ।”धरानस्थित बिपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठानको १३औँ दीक्षान्त समारोहबाट प्रधानमन्त्री ओली विराटनगर हुँदै काठमाडौँँ फर्कनुभएको थियो ।
‘ब्रेन डेथ’ भएकाको अङ्ग अन्यमा प्रत्यारोपण गर्ने तयारी
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले ‘ब्रेन डेथ’ भएका व्यक्तिको विभिन्न अङ्ग अन्य व्यक्तिमा प्रत्यारोपण गरेर उपचार गर्नका लागि आवश्यक तयारी भइरहेको बताउनुभएको छ ।
भिरमौरी संरक्षणमा जुटे स्थानीय
भिरमौरी संरक्षणमा खोटाङको केपिलासगढी गाउँपालिका–३, बाँसपानीका स्थानीय जुटेका छन् ।
वार्षिक चार सय पाठापाठी उत्पादन
कोशी प्रदेशकै सबैभन्दा ठुलो दाबी गरिएको युनिक लाइभस्टक इन्टरप्राइजेजले वार्षिक बाख्राका चार सय पाठापाठी बिक्री गरिरहेको छ ।
अलैँची मनको लाख
पूर्वी पहाडका किसानको आम्दानीको मुख्य स्रोत बनेको अलैँची स्थानीय बजारमा प्रतिमन एक लाख रुपियाँका दरले कारोबार भएको छ । अलैँचीले यस्तो उच्च मूल्य १२ वर्षपछि पाएको हो ।
‘उद्योगधन्दा बन्द गर्न र देश बिगार्न दिइन्न’
प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगहरुको काटिएको विद्युत लाइन नजोडिएको विषयलाई हेर्दै जाने बताउनु भएको छ ।
महिला टी–२० सिरिज विराटनगरलाई
प्रथम नेपाल हब महिला टी–२० क्रिकेटको अन्तिम खेल पाहुना टोली राजविराजले जितेको छ।
सिकलसेलको औषधी ल्याएर वितरण गर्ने प्रधानमन्त्रीको घोषणा
प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी भारतमा उत्पादन र परीक्षण भएको सिकलसेलको औषधी ल्याएर नेपालका बिरामीलाई वितरण गर्ने बताउनुभएको छ ।
बिपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठानका विद्यार्थी दीक्षित
प्रधानमन्त्री केपी शर्मा ओलीबाट बिपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठान, धरानको १३ औं दीक्षान्त समारोहमा आज ६५७ विद्यार्थी दीक्षित भएका छन् ।
पर्यटकीय सूचीमा रहेको पटेकडाँडा सुनसान (फोटो फिचर)
धनकुटाको सबैभन्दा अग्लो स्थानको रूपमा पटेकडाँडा चिनिन्छ । २ हजार ७०२ मिटरको उचाइमा रहेको यो डाँडा सरकारको १०० पर्यटकीय गन्तव्य सूचीमा रहेको छ ।
आर्थिक सुधारका काम हुँदैछः प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको आर्थिक सुधार र संविधान संशोधनको विषयमा आवश्यक छलफल भइरहेको बताउनुभएको छ ।
दिपेश र सुमित्रालाई लब्रेकुटी-शिलौती फाल्गुनन्द म्याराथनको उपाधि
पर्यटकीय स्थल लब्रेकुटीमा एथलेटिक्स सङ्घ पाँचथरले आयोजना गरेको ‘लब्रेकुटी–शिलौती फाल्गुनन्द खुल्ला हाफ म्याराथन’ को उपाधि पुरुषतर्फ दिपेश तामाङ र महिलातर्फ सुमित्राकुमारी चौधरीले जित्नुभएको छ ।
शौचालयमा शिशु जन्माएर फरार महिला पक्राउ
झापाको हल्दिबारी –१ गोलधापस्थित द नेपाल हेल्थ क्लिनिक एण्ड डाइग्नोस्टिक सेन्टरको शौचालयमा शिशु जन्माएर फरार भएकी महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
पाँच लाख नगदसहित भारतका नागरिक पक्राउ
झापामा स्रोत नखुलेको नेपाली रुपियाँ ५ लाख ३४ सहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।
किसानका प्राविधिक समस्या समाधान गर्दै वैज्ञानिक
पूर्वी नेपालका किसानले तरकारी बालीमा भोग्दै आएका विविध समस्याबारे कृषि वैज्ञानिक र किसानबिच छलफलसहित समाधानको बाटो खोजिएको छ ।
दस वर्षपछि बन्यो पुल पहुँचमार्गको भने छैन टुङ्गो
मोरङको कानेपोखरी–रङ्गेली सडकमा पर्ने गेउरिया खोलाको पुल शिलान्यास भएको १० वर्षपछि निर्माण सम्पन्न भएको छ ।
माईपोखरीमा ‘माईपोखरी बहुधार्मिक महोत्सव’
सन्दकपुर गाउँपालिका–३ स्थित धार्मिक–पर्यटकीय क्षेत्र माईपोखरीमा हरिबोधनी एकादशीका अवसरमा दुई दिने बहुधार्मिक महोत्सव आयोजना गर्न हुने भएको छ । माईपोखरीलाई धार्मिक पर्यटकीय केन्द्रको रुपमा विकास गर्ने, धार्मिक सहिष्णुता र बहुधार्मिक तीर्थका रुपमा प्रवद्र्धन तथा बहुआयमिक अनुसन्धानस्थलका रुपमा विकास गर्ने उद्देश्यका साथ महोत्सव आयोजना गरिएको आयोजक समिति अध्यक्ष प्रेम नाछिरिङ राईले बताउनुभयो ।
कञ्चनजङ्घामा बढे पर्यटक
ताप्लेजुङस्थित कञ्चनजङ्घाको भ्रमण गर्ने पर्यटकको सङ्ख्या बढेको छ ।
१२ वर्षपछि अलैंचीको मूल्य लाख पुुग्यो
पूर्वी पहाडका किसानहरुको आम्दानीको मुख्य स्रोत बनेको अलैंची आज इलाममा प्रतिमन एक लाख रुपियाँमा कारोबार भएको छ ।